• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ३, २०८२ Mon, Oct 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मुटुका रोगीले दसैंमा के खाने के नखाने ?

64x64
नेपाल लाइभ सोमबार, असोज २०, २०७६  ०७:३०
1140x725

यसै पनि चाडपर्वमा अत्यधिक क्यालोरी, नुन, गुलियो खानेकुरा धेरै खाने गरिन्छ। दसैँको बेला नखाए कहिले खाने भनेर धेरै रातो मासु खाने चलन पनि छ। स्वस्थ व्यक्तिले पनि यस्ता खानेकुरा धेरै खाँदा समस्या निम्त्याउँछ भने बिरामीले दसैँजस्ता चाडबाडको समय खानेकुरामा अझ ध्यान दिनुपर्छ। यो समयमा पनि सन्तुलित भोजनमै जोड दिनुपर्छ।

दसैँको समयमा पनि सागपात, ताजा फलफूल, तरकारी, पर्याप्त पानी पिउने गर्नुपर्छ। आजकाल व्यस्तताको कारण देखाउँदै शारीरिक व्यायाम नगर्ने चलन छ। दसैँ छुट्टीको समयमा पनि व्यायाम, शारीरिक अभ्यास गर्ने गनुपर्छ।

मुटुका बिरामीले त झन् विशेष ध्यान दिनुपर्छ। मुटुका बिरामी भन्नेबित्तिकै सबै एकै प्रकारका रोगी हँुदैनन्। रोगअनुसार सबैलाई फरकफरक खाना बार्नुपर्ने हुन्छ। सबै मुटु रोगीलाई चिल्लोपिरो बार्नु नै पर्छ भन्ने हुँदैन। धेरै खानुपर्ने वा कम खानुपर्ने धेरैथरीका रोगी हुन्छन्।

मुटु रोगीलाई धेरै खानेकुरा, माछामासु, अण्डा खान दिनु हुँदैन भनेर खानै नदिने पनि गरिन्छ। तर, सबै मुटु रोगीमा यसो गर्नु गलत हो। बाथ ज्वरोका बच्चालाई हुने मुटु रोग हो। ५ देखि १५ वर्ष उमेरका बाथ ज्वरोका बिरामी बच्चालाई मासु, चिल्लो, अण्डा दिनु हुँदैन भनेर केही खानै नदिँदा उल्टै कुपोषणका सिकार भइरहेको पनि देखिएको छ।

मुटुको भल्ब खराबीको रोग छ, मुटु खराब छैन भने उनीहरुले खासै केही बार्नु पर्दैन। तर, मुटुको भल्बमा खराबी भएका बिरामीले भने खानेकुरा बार्नुपर्छ।

भल्बको समस्या छ, हार्ट फेलियर छ भने पानी एकदम कम खाने अर्थात् दिनमा दुई लिटर भन्दा कम पानी पिउने, नुन कम खाने, चिल्लोपिरो कम गर्ने गर्नुपर्छ। उच्च रक्तचाप भएका मानिसले पनि नुन, चिल्लो खाने गर्नुपर्छ।

नुन कम खाने अर्थात् दिनमा पाँच ग्रामभन्दा कम नुन खानेभन्दा कसरी नाप लिने भन्ने जिज्ञासा हुनसक्छ। एकजनाले पाँच ग्रामभन्दा कम भनेपछि एक महिनामा १५० ग्राम भयो। ६ जनाको परिवारमा एक केजी नुन जान्छ भने ठिकै हो। त्यसरी अनुमान गर्न सकिन्छ। 

तेल पनि एकजना स्वस्थ मानिसको लागि महिनामा एक लिटर ठिक हुन्छ। तर, मधुमेह, मुटुको बिरामी भएको घरमा एक लिटरभन्दा कम नै प्रयोग गर्नुपर्छ।

Ncell 2
Ncell 2

मासु सकेसम्म कुखुरा, माछाको खानुपर्छ। खसीको मासु खाँदै नखाने भन्ने त होइन। तर, खानै परे निकै कम, त्यो पनि छाला निकालेर मात्र खानुपर्छ। बोसो, छाला भएको मासु टेष्टी हुन्छ। जिब्रोमा मिठास भए पनि त्यस्तो मासुले स्वास्थ्यमा समस्या ल्याउँछ। छाला, बोसो नखाएको राम्रो हो मुटुका लागि। बिरामीले २÷३ टुक्रा खाएर खासै फरक पर्दैन। सामान्य व्यक्तिले मासु मिठैसँग पकाएर खाँदा हुन्छ तर धेरै नखाने मात्र हो। 

दसैँमा धेरै मासु खाने, तारेको, भुटेको, भित्रीलगायतको मासु धेरै खाने गरिन्छ। मासु निकै कम खाने, बढी हरियो सागपात, फलफूलमा जोड दिनुपर्छ। मासुमा कम तेल राखेर राम्रोसँग पकाएर खान हुन्छ। गुलियो कम खाने गर्नुपर्छ। चाडवाडमा गुलियो धेरै प्रयोग हुन्छ। जसले तौल बढाउने, कोलेस्टोल बढाउँछ। 

हामीकहाँ खाना खाँदा भातको मात्रा निकै बढी हुन्छ। दाल राख्ने कचौराको एक कचौरा भात खाने गर्नुपर्छ। हाम्रो नेपाली खानामा भातको मात्रा कम गर्ने हो भने निकै स्वस्थ्यवद्र्धक हुन्छ। 
चिकित्सकले बिरामीको रोग र अवस्था हेरी खान हुने/नहुने, बार्नु पर्ने/नपर्ने सम्झाएर पठाएका हुन्छन्।

दसैँमा धेरै रक्सी, मासु खाएर बिरामी हुनेको संख्या पनि बढी नै हुन्छ। दसैँका समयमा हृदयघातलगायतका मुटुसम्बन्धी समस्या भएर अस्पताल आउने धेरै हुन्छन्। त्यसमा ४० वर्ष आसपास र त्योभन्दा बढी उमेरका व्यक्तिको संख्या बढी हुन्छ।

दसैँको समयमा बिरामी भएर कम मान्छे अस्पताल आउनुनपर्ने हो तर हामीकहाँ इमरजेन्सीमा मुटुमा समस्या लिएर आउने बिरामी धेरै हुन्छन्। गंगालालमा दिनमैं ठूलो खालको हृदयघात भएर आउने बिरामीको संख्या ३/४ हुन्छ। मुटुको विभिन्न रोगमध्ये क्रोनरी मुटु रोग भन्ने हृदयघात बढ्दै छ। एउटा बढ्दै छ भने अर्को कम उमेरका मान्छेलाई हुँदैछ। पहिले ४० वर्षभन्दा कम उमेरकालाई विरलै हुन्थ्यो तर अहिले २४/२५ वर्षभन्दा कम युवामा यो रोग देखिँदै छ।

हामीलाई चिन्ता छ, अहिलेका बच्चाहरुको एक्टिभिटी र खाना हेर्दा यो उमेर झन् अघि सर्छ भन्ने छ। किनकि यो सम्भावना धेरै छ। वृद्धवृद्धालाई शाकाहारी भोजनमा जोड दिनुपर्छ। 
मुटुको भल्बसम्बन्धी समस्या सहरी क्षेत्रमा घटेको छ। ग्रामीण क्षेत्रमा बढी देखिएको छ। आर्थिक, मेडिकल पहुँच, सुविधा राम्रो भएको र पोषण सहरमा राम्रो भएकोले यो समस्या कम छ। गाउँमा अझै पनि उच्च नै छ। 

जन्मजात हुने मुटुसम्बन्धी समस्या, उच्च रक्तचाप पछिल्लो समय झन् बढेको छ। हामीले १०/१२ वर्षअघि गरेको सर्भेले २० प्रतिशतमा उच्च रक्तचाप थियो भने केही समयअघि गरिएको सर्भे ३० प्रतिशतभन्दा बढी युवामा उच्च रक्तचाप बढेको देखिएको छ। स्ट्रोक पनि अर्को समस्याको रुपमा देखिँदै गएको छ।

रेस्टुरेन्टमा पाइने जंकफुड, प्याकेटको खानेकुराको प्रयोग बढ्दो छ। यसले पनि समस्या बढाउँदै छ। खासमा हृदयघाट एकैपटक आउँछ भनिन्छ, तर त्यस्तो होइन। यो त अरु बेलाको जीवनशैलीमा भर पर्छ। त्यसैले दसैँको समयमा पनि नियमित जस्तै हल्का र स्वस्थ खाना खाउँ। धुमपान र मदिरापानबाट टाढै बसौँ। शारीरिक व्यायाम गरौँ।  

(लेखक सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, मुटुरोग विभाग प्रमुख प्राध्यापक हुन्।)

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा
सम्बन्धित सामग्री
फ्याटी लिभर के हो? कलेजो शरीरको प्रमुख अंग हो जसले विषाक्त पदार्थ हटाउने, पाचनमा सहयोग गर्ने, रक्त शुद्ध गर्ने, भिटामिन तथा खनिज सन्तुलन गर्ने काम गर्द... सोमबार, असोज २७, २०८२
पोषणविद्को सुझावः दसैं भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ। तर के दशैंमा टन्न खानैपर्छ? सोमबार, असोज १३, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
ताजा समाचारसबै
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन सोमबार, कात्तिक ३, २०८२
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा सोमबार, कात्तिक ३, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सेनाको सुरक्षामा बस्दा मेरो मोबाइल सिज गरियो : ओली, पार्टीमा आफ्नो अझै खाँचो रहेकाले उमेरले नेतृत्व नछेक्ने दाबी आइतबार, कात्तिक २, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब सोमबार, कात्तिक ३, २०८२
मोहन वैद्यले दिए राजीनामा, महासचिवमा सीपी गजुरेल आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्