• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मुटुका रोगीले दसैंमा के खाने के नखाने ?

64x64
नेपाल लाइभ सोमबार, असोज २०, २०७६  ०७:३०
1140x725

यसै पनि चाडपर्वमा अत्यधिक क्यालोरी, नुन, गुलियो खानेकुरा धेरै खाने गरिन्छ। दसैँको बेला नखाए कहिले खाने भनेर धेरै रातो मासु खाने चलन पनि छ। स्वस्थ व्यक्तिले पनि यस्ता खानेकुरा धेरै खाँदा समस्या निम्त्याउँछ भने बिरामीले दसैँजस्ता चाडबाडको समय खानेकुरामा अझ ध्यान दिनुपर्छ। यो समयमा पनि सन्तुलित भोजनमै जोड दिनुपर्छ।

दसैँको समयमा पनि सागपात, ताजा फलफूल, तरकारी, पर्याप्त पानी पिउने गर्नुपर्छ। आजकाल व्यस्तताको कारण देखाउँदै शारीरिक व्यायाम नगर्ने चलन छ। दसैँ छुट्टीको समयमा पनि व्यायाम, शारीरिक अभ्यास गर्ने गनुपर्छ।

मुटुका बिरामीले त झन् विशेष ध्यान दिनुपर्छ। मुटुका बिरामी भन्नेबित्तिकै सबै एकै प्रकारका रोगी हँुदैनन्। रोगअनुसार सबैलाई फरकफरक खाना बार्नुपर्ने हुन्छ। सबै मुटु रोगीलाई चिल्लोपिरो बार्नु नै पर्छ भन्ने हुँदैन। धेरै खानुपर्ने वा कम खानुपर्ने धेरैथरीका रोगी हुन्छन्।

मुटु रोगीलाई धेरै खानेकुरा, माछामासु, अण्डा खान दिनु हुँदैन भनेर खानै नदिने पनि गरिन्छ। तर, सबै मुटु रोगीमा यसो गर्नु गलत हो। बाथ ज्वरोका बच्चालाई हुने मुटु रोग हो। ५ देखि १५ वर्ष उमेरका बाथ ज्वरोका बिरामी बच्चालाई मासु, चिल्लो, अण्डा दिनु हुँदैन भनेर केही खानै नदिँदा उल्टै कुपोषणका सिकार भइरहेको पनि देखिएको छ।

मुटुको भल्ब खराबीको रोग छ, मुटु खराब छैन भने उनीहरुले खासै केही बार्नु पर्दैन। तर, मुटुको भल्बमा खराबी भएका बिरामीले भने खानेकुरा बार्नुपर्छ।

भल्बको समस्या छ, हार्ट फेलियर छ भने पानी एकदम कम खाने अर्थात् दिनमा दुई लिटर भन्दा कम पानी पिउने, नुन कम खाने, चिल्लोपिरो कम गर्ने गर्नुपर्छ। उच्च रक्तचाप भएका मानिसले पनि नुन, चिल्लो खाने गर्नुपर्छ।

नुन कम खाने अर्थात् दिनमा पाँच ग्रामभन्दा कम नुन खानेभन्दा कसरी नाप लिने भन्ने जिज्ञासा हुनसक्छ। एकजनाले पाँच ग्रामभन्दा कम भनेपछि एक महिनामा १५० ग्राम भयो। ६ जनाको परिवारमा एक केजी नुन जान्छ भने ठिकै हो। त्यसरी अनुमान गर्न सकिन्छ। 

तेल पनि एकजना स्वस्थ मानिसको लागि महिनामा एक लिटर ठिक हुन्छ। तर, मधुमेह, मुटुको बिरामी भएको घरमा एक लिटरभन्दा कम नै प्रयोग गर्नुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

मासु सकेसम्म कुखुरा, माछाको खानुपर्छ। खसीको मासु खाँदै नखाने भन्ने त होइन। तर, खानै परे निकै कम, त्यो पनि छाला निकालेर मात्र खानुपर्छ। बोसो, छाला भएको मासु टेष्टी हुन्छ। जिब्रोमा मिठास भए पनि त्यस्तो मासुले स्वास्थ्यमा समस्या ल्याउँछ। छाला, बोसो नखाएको राम्रो हो मुटुका लागि। बिरामीले २÷३ टुक्रा खाएर खासै फरक पर्दैन। सामान्य व्यक्तिले मासु मिठैसँग पकाएर खाँदा हुन्छ तर धेरै नखाने मात्र हो। 

दसैँमा धेरै मासु खाने, तारेको, भुटेको, भित्रीलगायतको मासु धेरै खाने गरिन्छ। मासु निकै कम खाने, बढी हरियो सागपात, फलफूलमा जोड दिनुपर्छ। मासुमा कम तेल राखेर राम्रोसँग पकाएर खान हुन्छ। गुलियो कम खाने गर्नुपर्छ। चाडवाडमा गुलियो धेरै प्रयोग हुन्छ। जसले तौल बढाउने, कोलेस्टोल बढाउँछ। 

हामीकहाँ खाना खाँदा भातको मात्रा निकै बढी हुन्छ। दाल राख्ने कचौराको एक कचौरा भात खाने गर्नुपर्छ। हाम्रो नेपाली खानामा भातको मात्रा कम गर्ने हो भने निकै स्वस्थ्यवद्र्धक हुन्छ। 
चिकित्सकले बिरामीको रोग र अवस्था हेरी खान हुने/नहुने, बार्नु पर्ने/नपर्ने सम्झाएर पठाएका हुन्छन्।

दसैँमा धेरै रक्सी, मासु खाएर बिरामी हुनेको संख्या पनि बढी नै हुन्छ। दसैँका समयमा हृदयघातलगायतका मुटुसम्बन्धी समस्या भएर अस्पताल आउने धेरै हुन्छन्। त्यसमा ४० वर्ष आसपास र त्योभन्दा बढी उमेरका व्यक्तिको संख्या बढी हुन्छ।

Xtrem

Xtrem

दसैँको समयमा बिरामी भएर कम मान्छे अस्पताल आउनुनपर्ने हो तर हामीकहाँ इमरजेन्सीमा मुटुमा समस्या लिएर आउने बिरामी धेरै हुन्छन्। गंगालालमा दिनमैं ठूलो खालको हृदयघात भएर आउने बिरामीको संख्या ३/४ हुन्छ। मुटुको विभिन्न रोगमध्ये क्रोनरी मुटु रोग भन्ने हृदयघात बढ्दै छ। एउटा बढ्दै छ भने अर्को कम उमेरका मान्छेलाई हुँदैछ। पहिले ४० वर्षभन्दा कम उमेरकालाई विरलै हुन्थ्यो तर अहिले २४/२५ वर्षभन्दा कम युवामा यो रोग देखिँदै छ।

हामीलाई चिन्ता छ, अहिलेका बच्चाहरुको एक्टिभिटी र खाना हेर्दा यो उमेर झन् अघि सर्छ भन्ने छ। किनकि यो सम्भावना धेरै छ। वृद्धवृद्धालाई शाकाहारी भोजनमा जोड दिनुपर्छ। 
मुटुको भल्बसम्बन्धी समस्या सहरी क्षेत्रमा घटेको छ। ग्रामीण क्षेत्रमा बढी देखिएको छ। आर्थिक, मेडिकल पहुँच, सुविधा राम्रो भएको र पोषण सहरमा राम्रो भएकोले यो समस्या कम छ। गाउँमा अझै पनि उच्च नै छ। 

जन्मजात हुने मुटुसम्बन्धी समस्या, उच्च रक्तचाप पछिल्लो समय झन् बढेको छ। हामीले १०/१२ वर्षअघि गरेको सर्भेले २० प्रतिशतमा उच्च रक्तचाप थियो भने केही समयअघि गरिएको सर्भे ३० प्रतिशतभन्दा बढी युवामा उच्च रक्तचाप बढेको देखिएको छ। स्ट्रोक पनि अर्को समस्याको रुपमा देखिँदै गएको छ।

रेस्टुरेन्टमा पाइने जंकफुड, प्याकेटको खानेकुराको प्रयोग बढ्दो छ। यसले पनि समस्या बढाउँदै छ। खासमा हृदयघाट एकैपटक आउँछ भनिन्छ, तर त्यस्तो होइन। यो त अरु बेलाको जीवनशैलीमा भर पर्छ। त्यसैले दसैँको समयमा पनि नियमित जस्तै हल्का र स्वस्थ खाना खाउँ। धुमपान र मदिरापानबाट टाढै बसौँ। शारीरिक व्यायाम गरौँ।  

(लेखक सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, मुटुरोग विभाग प्रमुख प्राध्यापक हुन्।)

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्