• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कैदीको दसैं : २५ टोलीबीच फुटबल लिग प्रतियोगिता, विजेतालाई खसी उपहार

सुरक्षा खतरा भन्दै सुन तस्करका नाइके ‘गोरे’लाई सहभागी गराइएन
64x64
नेपाल लाइभ आइतबार, असोज १९, २०७६  १३:००
1140x725

काठमाडौं- दसैं आउन एक महिना अघिदेखि नै केन्द्रीय कारागार सुन्धाराका कैदीहरू दिनभर फुटबल खेल्ने व्यस्त हुन्छन्। अघिपछि फाट्टफुट्ट फुटबल खेल्ने कैदीहरू दसैंको एक महिना अघिबाट भने दिनहुँ फुटबलको अभ्यास गरिरहेका हुन्छन्।

कुनै महत्वपूर्ण प्रतियोगिता अघि फुटबलका दिग्गज क्लबहरूले अभ्यास गरेजस्तो दसैंको एक महिनाअघिदेखि अभ्यास गरिरहेका हुन्छन् केन्द्रीय कारागारका कैदीहरू।

विभिन्न टिम बनाएर टिम क्याप्टेनले भनेझैं उनीहरू अभ्यास गरिरहेका हुन्छन्। यो तयारी कारागार बाहिर हुने फुटबल प्रतियोगिता खेल्नका लागि भएको होइन। कारागारको चौघेराभित्रै हुने फुटबल लिग प्रतियोगिताको भाग लिनका लागि हो। 

परिवारका सदस्य एकै ठाउँ जम्मा हुने, टिका लगाउने, खसी काट्ने, साथीभाइ भेटघाट गर्ने, पिङ खेल्ने, रमाइलो गर्ने। अक्सर नेपालीको दसैं यसैगरी बित्छ। तर, कैदीहरुले यो मौका पाउँदैनन्।

त्यसैले आम नागरिकको भन्दा कैदीहरूको दसैं भिन्न छ। हरेक वर्षजस्तो यस वर्ष पनि केन्द्रीय कारागारमा दसैंको अवसरमा फुटबल प्रतियोगिता चलिरहेको छ। ४४ रोपनी क्षेत्रफल ओगटेको केन्द्रीय कारागारमा अस्पतालदेखि फुटबल, भलिबल मैदान, स्कुल-कलेज, जिम हलसम्म भित्रै छ। जहाँ दसैंको अवसरमा फुटबल सलग प्रतियोगिता हुन्छ। अहिले पनि कारागारमा फुटबल लिग प्रतियोगिता भइरहेको कारागारका सहायक जेलर गोकर्ण खनाल बताउँछन्। 

यसवर्ष कैदीका विभिन्न विभागका २५ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। ‘नयाँ भवन बनाउँदै गरेका केही डिस्टर्ब हुने गरेको कैदीको गुनासो छ,’ जेलर खनाल सुनाउँछन्, ‘पहिलाको भन्दा केही सानो मैदान भए पनि यसवर्ष निकै उत्साहका साथ फुटबल प्रतियोगिता भइरहेको छ।’

विभन्न अपराधमा कैद भुक्तान गरेकाले खेल्ने क्रममा झै–झगडा हुनसक्ने भन्दै प्रहरीले पनि निगरानी बढाउने गरेको छ। तर, अन्य खेलाडी जस्तै अनुशासनमा रहेर अहिलेसम्म फुटबल प्रतियोगिता भइरहेको खानल बताउँछन्।

फुटबल लिग प्रतियोगितामा उपहारको समेत व्यवस्था हुने गरेको छ। यसपाली प्रथम हुने टिमलाई खसी उपहार र प्रमाणपत्रको व्यवस्था रहेको कारागार स्रोतले जानकारी दियो। यसरी उपहार दिने पैसा कैदीलाई कहाँबाट आउँछ? यसबारे सहायक जेलर खनाल भन्छन्, ‘यो कारागारले उपलब्ध गराएको होइन। दसैं खर्च वापत ३ सय रुपैयाँ भत्ता मात्रै दिने हो। उनीहरू आफैंले रकम उठाएर गर्ने प्रतियोगिता हो। यसमा हामीले सुरक्षा हिसाबले मात्रै सहयोग गर्छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

गत वर्ष बन्दीगृहका फुटबल टिमको कप्तान ३८ सय क्विन्टल सुन तस्करका अभियुक्त भुजुङ गुरुङ थिए। उनी निकै राम्रो फुटबल खेलाडीमा गनिन्थे। यसवर्ष उनी डिल्लीबजार कारागार सरुवा भएकाले उनले त्यो अवसर पाएनन्। सुन तस्करीमै संलग्न भएको आरोपमा थुनामा रहेका ‘गोरे’ भनिने चुडामणि उप्रेतीले सहभागिता जनाउने लागेका थिए।

तर, सुरक्षा खतरा भन्दै उनलाई भने फुटबल खेल्न प्रतिबन्ध लगाइएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। ‘गोरेसहित सुरक्षा खतरा हुन सक्ने ठानिएका अन्य कैदीले पनि फुटबलमा सहभागिता जनाउन लागेका थिए। सुरक्षा खतराकै कारण उनीहरूलाई सहभागिता हुन नदिएको हो,’ स्रोतले भन्यो।

त्यस्तै अन्य कार्यक्रमको समेत आयोजना हुने गरेको छ। कैदीहरू आ–आफ्नो कला पनि प्रस्तुत गर्छन्। नाचगानदेखि कथा–कविताभन्नेसम्मका कार्यक्रम हुने गरेको कारागार स्रोतले जानकारी दियो। तिहारमा कारागारभित्र देउसी–भैलो पनि हुँदै आएको छ। 

दसैंमा साधारण मानिसले टिका लगाएजस्तै कैदीका आफन्त आएर टीका लगाइदिने चलन छ। टाढा भएकाहरूको पनि कैदीका साथीका आफन्तले टीका लगाउँछन्। ‘टीकाको दिन बिहानैदेखि कारागारबाहिर लामो लाइन हुन्छ। आफन्त आएका छन् भन्ने खबर आएपछि पुलिसले माइकिङ गरेर बोलाउँछ,’ सहायक जेलरर खनाल  भन्छन्, ‘आफन्तले टीका लगाइदिन्छन्। एकछिन गफगाफ गर्छन्, खानेकुरा दिन्छन्, फर्किन्छन्।’

सरकारले दसैंको अवसरमा कैदी मिनाहा गर्दै छुट गर्ने चलन थियो। तर, वर्षदेखि दसैंमा कैदी मिनाहा नगरेपछि दसैं खल्लो भएको कैदीको गुनासो पनि आउने गरेको कारागारहरूले जनाएका छन्। यस वर्ष सरकारले संविधान दिवसको अवसरमा देशभरबाट यसपाली २ सय ६० जनाले कैद मिनाहा पाएका थिए। 

स्वयंसेवकको बिरामी स्याहार्दै बित्छ दसैं 
केन्द्रीय कारागारा भदौ १३ गतेको डाटाअनुसार ३ हजार १ सय ५७ जना कैदीहरू छन्। ती मध्ये १ हजारको हाराहारीमा बिरामी कैदीको संख्या रहेको सहायक जेलर खनाल बताउँछन्। कारागारभित्रै अस्पताल समेत रहेकाले अन्य ठाउँका कैदीहरू बिरामी हुने बित्तिकै केन्द्रीय कारागार ल्याउने गरेकाले बिरामीको संख्या बढ्ने गरेको कारागार स्रोत बताउँछ।

३० शैयाको अस्पातलमा ठूलो संख्यामा बिरामी राख्नुपर्दा समस्या हुने गरेको कारागारको गुनासो समेत छ। केही कैदीहरू फुटबल र अन्य प्रतियोगितामा रमाइरहेका बेला स्वयंसेवक कैदीको दसैं भने बिरामी स्याहार्दै बित्ने गर्छ।

नाइके, चौकीदार बन्ने आशामा कैदीको सेवा गरेका स्वयंसेवक कैदीहरू अघिपछि जस्तै चाडपर्वको बेला पनि बिरामी स्याहार्न व्यस्त हुन्छन्। उनीहरूले बिरामीको कपडा धुने, नुहाइदिने लगायत काम गर्नुपर्छ।

स्वयंसेवकको रुपमा राम्रो काम गरेपछि सह–नाइके, नाइके र चौकीदारसम्म हुन सक्ने प्रावधान छ। जसकारण स्वयंमसेवकहरू बिरामीको स्याहारमा जुट्ने गरेका छन्। 

स्वयंसेवकले अन्य कैदीको स्याहार गर्नुपर्ने हुन्छ। जसकारण अन्य कैदीहरुसरह उनीहरूको फुर्सद नहुने भएकाले रमाइलो गर्ने समय हुँदैन।

राम्रो अनुशासन देखाएको कैदीलाई स्वयंसेवकाको रुपमा राखिन्छ। स्वयंसेवक पनि राम्रो अनुसाशन देखाएर राम्रो काम गरेपछि सह–नाइके पदमा बढुवा गरिन्छ।

सह–नाइके भएपछि नाइकेमा प्रमोसन हुने पालो आउँछ। त्यसका लागि नाइके पद पनि खाली हुनुपर्छ। नाइके बैदारमा प्रमोसन हुन्छ। बैदार चौकीदारमा प्रमोसन हुन्छ। सहनाइकेले १ वर्ष त्यसरी काम गरेबापत १ महिनाको कैद मिनाहा हुन्छ।

नाइकेको १ वर्षमा डेढ महिना कैद मिनाहा पाउँछन्। चौकीदारले २ महिना छुट पाउँछन्।

प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  १३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्