काठमाडौं- 'सरर्र चच हुईं...'।
दसैंको रौनकमा सुन्न पाइन्छ यो मिठो ध्वनि।
शरदको मनोरम हावामा रमाउँदै पिङ मच्चाइरहेका बालबालिकाहरूको यो मीठो ध्वनिमा दसैंमिश्रित खुसी भेट्न सकिन्छ।
काठमाडौंका विभिन्न ठाउँहरूमा निस्फ्रिक पिङहरू मच्चिन थालिसकेका छन्।
बालबालिका तथा युवाहरू पिङ वरिपरी झुम्मिन थालिसकेका छन्।
हिन्दु नेपालीहरूको विशेष चाड दसैंको सेरोफेरोमा पिङ हाल्ने प्रचलन सदियौंदेखिको हो।
यही प्रचलनको निरन्तरता अहिलेसम्म उत्तिकै प्रिय छ।
दसैं भन्नेबित्तिकै 'पिङ र नयाँ लुगा' सम्झने बालबालिकाहरूका निम्ति पिङले सखीहरूबीचको प्रेम र खुसी साटासाटमा समेत सहयोग पुर्याउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।