• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ११, २०८३ Mon, May 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जीवराज कमरेडको निधनपछि चुनाव नलड्नु मेरो गल्ती रहेछ : माया न्यौपाने

64x64
नेपाल लाइभ बुधबार, फागुन २, २०७४  १८:२२
1140x725

०५० साल जेठ ३ गते भएको दासढुंगा दुर्घटनामा नेकपा एमालेका दुई प्रमुख नेता मदन भण्डारी र जीवराज आश्रितको निधन भयो। दुर्घटनाको क्षतिपछि सम्हालिएर अगाडि बढेको एमाले अहिले सबैभन्दा ठूलो दल भएको छ। भर्खरैको चुनावमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८० सिट जितेको उसले समानुपातिकतर्फ ४१ सिट जितेको छ। समानुपातिकतर्फको सिटमा छानिएकी छिन्, माया ज्ञवाली (न्यौपाने)। उनी दासढुंगा घटनामा निधन भएकी आश्रितकी श्रीमती हुन्।

अर्का नेता भण्डारी पत्नी विद्या भण्डारी मुलुकको राष्ट्रपति भइसक्दा न्यौपाने भने भर्खरै सांसद बन्दै छिन्। धेरैले यसलाई पार्टीभित्रको विभेदको रुपमा व्याख्या गर्छन्। तर, न्यौपाने आफैं यसप्रति कस्तो धारणा राख्छिन् त? पछिल्ला राजनीतिक परिवर्तनप्रति उनको बुझाइ कस्तो छ? सांसदको जिम्मेवारीलाई कसरी लिएकी छिन्? यस्ता विविध विषयमा नेपाल लाइभका किशोर दहालले उनीसँग गरेको कुराकानी:

तपाईंको राजनीतिक बुझाइ र प्रतिक्रियाहरुप्रति आम मानिसलाई जानकारी छैन। पछिल्ला राजनीतिक परिवर्तनप्रति तपाईंको बुझाइ बताइदिनुस् न!

अहिलेको राजनीति भनेको जनआन्दोलन र संविधान निर्माणपछिको राजनीति हो। यदि राजा प्रजातान्त्रिक र संघीयतामा जान मिल्ने खालका पनि हुन्थे भने राजासहितको परिवर्तन हुन्थ्यो होला। तर, राजाले निरंकुशतातिर लैजान खोजेको हुनाले ०६३ को आन्दोलन सुरु भयो। गणतन्त्र ल्याउनैपर्ने बाध्यता भयो। समयअघि नै गणतन्त्र आउने परिस्थिति बन्यो। राजा वीरेन्द्रको हत्या नभएको भए गणतन्त्र आउने थिएन। संघीयतामा जाने मौका पनि पाउने थिएनौं। यसलाई दुर्भाग्यले ल्याएको सौभाग्य भन्छु।

त्यसैले पछिल्ला परिवर्तनप्रति म सकारात्मक नै छु। खासगरी राजाले आफैंले सिर्जना गरेको परिस्थिति हो। जहाँ दबाव हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ। त्यही प्रतिरोधको प्रतिफल हो।

तपाईंमा राजनीतिक विचारहरु विकास हुनुका पछाडि कस्तो वातावरण थियो?

म कम्युनिस्ट परिवारमा जन्मेको हुँ। मेरो घरमै सेल्टर हुन्थ्यो। हाम्रोमा केशरमणिदेखि थुप्रै साथीहरु भूमिगत रुपमा जाने-आउने हुन्थ्यो। पुलिसहरु आउँथे। बाहिर भन्नुहुन्न भनेर हामी केटाकेटीलाई खबरदारी हुन्थ्यो। हामी घन्टीको रस्सी समाएर तल बस्थ्यौं। पुलिस आयो भने घन्टी बजाउनु भन्थे। घरमा मार्क्स, एंगेल्स र माओका फोटोहरु लाइन लगाएर राखिएका थिए। हाम्रो घरमा 'चीन सचित्र', बेइजिङ र कोरियन कम्युनिस्ट किताबहरु आउँथे। हामी हेर्थ्यौं। बुबाको औपचारिक अध्ययन सामान्य भए पनि भौतिकवादी दर्शन र चिन्तनका किताबहरु पढ्नुहुन्थ्यो। महात्मा गान्थीका किताबहरु पनि पढ्नुहुन्थ्यो। यसै क्रममा ममा पनि सानैदेखि कम्युनिस्ट चरित्र विकसित हुँदै आयो।

मैले एसएलसीसम्म गाउँमै बसेर पढेँ। बुवा इन्डियामा बसेको हुँदा छोरीलाई पढाउनुपर्छ भन्नुहुन्थ्यो। जवाहरलाल नेहरुले जसरी छोरीलाई चिठी लेख्नुभयो, बुवा त्यसबाट प्रभावित हुनुभएछ। त्यसैले छोरीलाई माया गर्नुपर्छ, पढाउनुपर्छ भन्ने परिवारमा हुर्किएँ।

nimb
nimb
Ncell 2
Ncell 2

पछि शिक्षण गर्न थालेँ। गाउँमा ०३३ सालदेखि ०४६ सालसम्म करिब १७ वर्ष पढाएँ। कसरी क्रान्तिकारी महिला बने भन्ने कुरा पढेँ। 'नारी : बन्धन र मुक्ति' जस्ता किताबबाट प्रभावित भएँ। त्यस्तै, पद्मरत्न (तुलाधर) कमरेडको काठमाडौंमा बोलेको भाषणको क्यासेट सुनेको थिएँ। त्यसबाट पनि प्रभावित भएँ। त्यतिबेला पार्टीको निम्ति घर छाडेर हिँड्नुपर्छ, पार्टीलाई जुन उपायबाट पनि सहयोग गर्नुपर्छ भनेर लागेँ। तर, मैले कम्युनिस्ट दर्शन नै त्यति धेरै पढेको भने होइन।

तपाईंको राजनीतिक आबद्धता चाहिँ कसरी भयो?

तत्कालीन माले र पछि एमालेको पोलिटब्युरो सदस्य हुनुभएको (जीवराज) कमरेडको परिवारकै भएकाले पनि राजनीतिसँग जोडिएको थिएँ। ०३२ सालमा विवाह भयो। मैले ०३७ सालमा पार्टी सदस्यता लिएँ। म कम्युनिस्ट पार्टीलाई बच्चैदेखि चिनेको मान्छे हुँ। तर, जीवन्त संगठनमा रहेर काम गर्ने मौका त पाइनँ। केही समय शिक्षण पेशामा रहेर पनि पार्टीका काम गरेँ। पार्टी भूमिगत हुँदा म अर्धभूमिगत थिएँ।

बहुदल आएपछि काठमाडौं आइयो। म बच्चासहित बस्नुपर्योच। कमरेडहरुको राजनीति पनि सङ्लिसकेको थिएन। त्यतिबेला मैले जागिर खाँदै कमरेडलाई सघाउन थालेँ। तर, म अनेम संघको सदस्य थिएँ। माले कालमा त म केन्द्रीय सदस्यसम्म भएको थिएँ। कहिले जिम्मेवारीमा रहँदै र कहिले जिम्मेवारीबाट बाहिरिँदै सँगसँगै रहेँ।

जीवराज कमरेडको निधन अगाडि तपाईंहरुबीच राजनीतिक छलफल, विचार-विमर्श कत्तिको हुन्थ्यो?

पटक्कै हुँदैनथ्यो। त्यो मौका नै कसरी मिल्थ्यो र? उहाँ भूमिगत भएर पार्टीको काम गर्नुहुन्थ्यो। दुई/तीन महिनामा एकपटक आउनुहुन्थ्यो। कहिले चिठी पठाउनुहुन्थ्यो। हाम्रो राजनीतिक सल्लाह भनेको बिल्कुलै बन्द भने थिएन, केही चर्चा त हुन्थ्यो। तर, समय नै कहाँ पाउनु र? बत्तीमुनिको अँध्यारो हामी त! उहाँले परिवारमा ध्यान दिन सकेको भए, शिक्षामा जोड दिन सकेको भए, राजनीतिमा माथि पुर्या उन कोसिस गरेको भए धेरै माथि गइन्थ्यो। त्यस्तो मौका उहाँलाई भएन। उहाँ मुलुक बनाउन, पार्टी बनाउन लाग्नुभयो। उहाँलाई पटक्कै समय भएन। खाना खाने समेत फुर्सद हुँदैनथ्यो।

दुर्घटनामा उहाँको निधन भएको त्यतिबेला कसरी थाहा पाउनुभयो?

कमरेडको मृत्यु भएको मैले त्यही दिन थाहा पाएँ। म भर्खर अफिसबाट आएको थिएँ। केटाकेटी पनि स्कुलबाट आएका थिए। कसैले झापाबाट फोन गर्नुभयो। आश्रितजी कहाँ जानुभयो त भन्नुभयो। मैले पोखराबाट फर्किंदै हुनुहुन्छ, पूर्व जाने कार्यक्रम छ भनेँ। मैले फोन गर्ने मान्छेको स्वर अहिले पनि चिन्दिनँ, आवाज पनि रेकर्ड छैन। तर, फोन राख्नुभन्दा अगाडि उहाँले भन्नुभयो– अब उहाँ खोलैखोला जानुभयो। 'अब थाहा पाउनुस्, उहाँ खोलैखोला जानुभयो' भनेर फोन राखिदिनुभयो। मैले पहिलो फोन त्यस्तो सुनेँ। तर, मैले त्यतिबेला कुरा बुझिनँ। मैले पनि कसैलाई फोन गरिनँ। केहीबेरमा मनमोहन अधिकारी, प्रदीप नेपाल आउनुभयो। पछि माधव नेपाल पनि आउनुभयो। पछि कुरा बुझियो।

कमरेडको मृत्युपछि तपाईं सार्वजनिक रुपमा बाहिर त्यति देखिनु/सुनिनुभएन। पछिल्लो पुस्ताका धेरैलाई त तपाईंबारे थाहै छैन। दिनहरु कसरी बितिरहेका थिए?

मैले कृषि सामग्री संस्थानमा पाँचौं तहमा रहेर काम गरेँ। कमरेडलाई आएर बस्ने वातावरण होस् भनेर जेएन (झलनाथ खनाल) कृषिमन्त्री हुँदा उहाँले मलाई त्यो मौका दिनुभएको थियो। ०५० देखि जागिर खाएँ। ०५३ को आधाआधीबाट जागिर गयो। हाम्रै पार्टीको आरे मैनाली (राधाकृष्ण) भूमिसुधार मन्त्री हुनुहुन्थ्यो। त्यतिखेर के पुगेन होला, म त्यहाँबाट निकालिएँ। साथीहरुले 'भन्न जानुस्, त्रुटि भएछ' भन्नुभयो। म गइनँ।

जागिर छाडेपछि के गर्ने भन्ने अन्यौल भयो। एकजना कमरेडले बैंकमा काम गर्नुस्, म सिफारिस गर्छु भन्नुभयो। एक हप्ताजति काम गरेँ। तर, मलाई चित्त बुझेन। अब राजनीतिमै केही गर्नुपर्छ भन्नेतिर लागेँ। त्यतिबेलै पार्टीभित्र विद्रोहको स्थिति आयो। पार्टी फुट्यो। म माले भएँ। मेरो जीवन अब राजनीतिमै सक्रिय भएर जान्छ भन्ने लागेको थियो। तर, मालेमा जस्तो यता एकीकृत भइसकेपछि भइएन। फेरि बच्चाहरुको समस्या पनि भयो। पार्टीबाट पनि सहयोग नभएपछि मलाई केही असन्तुष्टि भयो। कतिपय शुभचिन्तक, शुभेच्छुकहरुले सहयोग गर्नुभयो र बाँच्ने आधार भयो।

पार्टी नफुटुञ्जेल महिनाको २७ सय रुपैयाँ पैसा दिइन्थ्यो। पार्टी फुटेपछि त्यो बन्द भयो। त्यसपछि आर्थिक रुपले पनि नाकाबन्दी जस्तो भयो। राजनीतिक रुपले पनि अवरोध भयो। जन्मेदेखि कम्युनिस्ट पार्टीमा लागिएको छ। छाड्न पनि सकिन्न। लाग्दा पनि अवस्था छैन। बीचको अवस्था चाहिँ मलाई खाली महसुस भएको थियो। पार्टी जोडिएपछि पनि मलाई खास सहयोग भएन। तर, ०६५ अगाडिसम्म त्यहाँभित्रका कतिपय शुभचिन्तक साथीहरुले बच्चाको पढाइ, कहिलेकाहीँ घरभाडा जस्ता कुरामा सहयोग गर्नुभएको थियो। त्यसपछि चाहिँ छैन। हुन त मानिसले लगातार सहयोग गर्न पनि सक्दैन।

लामो समयसम्म तपाईं कुनै राजनीतिक पदमा देखिनुभएन। किन?

मनमोहन अधिकारी र सहाना प्रधानहरु जीवित हुँदै, जतिबेला कमरेडको भर्खरै मृत्यु भएको थियो, त्यतिबेला मलाई जीवराजको जन्मथलोमा गएर चुनाव लड्न आग्रह गर्नुभएको थियो। पार्टीले सहयोग गर्छ पनि भनिएको थियो। सहानाले महिलाले पनि चुनाव लड्नुपर्छ भनेर कर गर्नुभएको थियो। म त्यहाँ गएर चुनाव लड्न चाहिनँ। बरु राष्ट्रियसभामा जाने रुचि देखाएँ। त्यो क्षेत्रबाट रामनाथ ढकालले जित्नुभयो। तर, मलाई राष्ट्रियसभामा भने लगिएन। त्यतिबेला चुनाव नलड्नु मेरो गल्ती रहेछ।

पछि पार्टी 'ब्रेक' भयो, म मालेबाट चुनाव लडेँ। तर, पराजित भएँ। ०६४ र ०७० सालको चुनावमा पनि मलाई उम्मेदवार बन्न भनिएको थियो। तर, मैले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरिनँ। मबाट प्राविधिक त्रुटि भएको थियो।

तर, अब सांसदको जिम्मेवारी पाउँदै हुनुहुन्छ। कस्तो लाग्दै छ?

आश्चर्यजनक घटना त होइन, तर अहिले यो जिम्मेवारी आएको छ। मलाई खुसी नै लागेको छ। मलाई जिम्मेवारीबोध पनि भएको छ। तर, त्यति धेरै रोमाञ्चकता भने छैन। मैले नेकपा एमालेको संसदीय दलमा काम गरिसकेको छु। त्यहाँ मैले ०४८ सालका सांसद झापाका द्रोण आचार्यदेखि लिएर भीम रावलसम्म देखेको छु, फोन नम्बर कण्ठ थिए। धेरैसँग सम्पर्क हुन्थ्यो। मनमोहन अधिकारी विपक्षी दलको नेता हुँदा पनि काम गरेको थिएँ। संसद् कस्तो हुन्छ, संसदीय दल कस्तो हुन्छ, सांसदले कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरा मेरा लागि नौला छैनन्। म त्यसमा भिजिसकेको छु। अब हलमा गएर मेरो प्रस्तुतिलाई कसरी लैजाने भन्ने मात्रै नयाँ कुरा हो।

केके बोलौंला भन्ने लागेको छ, तपाईंलाई?

त्यो त आफूलाई के एजेन्डा आउँछन्, कस्तो कार्यक्रम दिइन्छ, कस्तो समितिमा परिन्छ, त्यसमा भर पर्छ। एक दिनको भाषण गर्ने ठाउँ होइन। तर, त्यहाँको लागि म विद्यार्थी हो। मभन्दा अग्रजसँग सिक्नेछु।

कहिल्यै भाषण गर्नुभएको छ?

मेरो पृष्ठभूमि शिक्षकको हो। मलाई जानी-नजानी भाषण गर्न भने आउँछ। मैले पहिलो पटक खुलामञ्चमा भाषण गर्दाखेरी सहाना कमरेड र आरके मैनालीले 'माया, तिमीलाई यस्तो भाषण गर्न आउँदो रहेछ, कहाँबाट सिक्यौ' भनेर सोध्नुभएको थियो। यो सर (जीवराज) को घटना भएको केही पछिको कुरा हो। 

तपाईंलाई यस पटक सांसद बन्नुपर्छ भनेर कसले प्रस्ताव गर्‍यो?

यस पटक पार्टीका सबै तहका साथीहरुले मायालाई लैजानुपर्छ भन्नुभयो। विशेषगरी पार्टी केन्द्र, पार्टी अध्यक्ष र स्वयं राष्ट्रपतिज्यू सबैतिरबाट मेरो सिफारिस भएको थियो।

तपाईंलाई समानुपातिकमा तपाईंको नाम राख्दै छौं भनेर कसले जानकारी दियो?

मैले बामदेव कमरेडलाई पनि सोधेको थिएँ। विष्णु पौडेललाई पनि सोधेको थिएँ। अलि सकारात्मक कुरा आयो। म ढुक्क थिएँ। तर, भएन भने पनि केही छैन भन्ने थियो। 

सरले छाडेर जानुभएको एमाले र अहिलेको एमालेमा तपाईं कत्तिको फरक देख्नहुन्छ?

त्यतिबेला पार्टीमा भावनात्मक सम्बन्ध राम्रो थियो। अहिले भावनामा कमी देख्छु, अहिले अहम् बढेको छ। 'तपाईं' भन्दा पनि 'मपाईं'को भावना बढेको छ। मूल्यांकनको अभाव पनि देखिन्छ। तर, पार्टी अहिले फेरि सुध्रेको पनि छ।

तर अहिले वैचारिक रुपमा पार्टी कमजोर भएको, व्यक्तिगत स्वार्थमा नेताहरु अल्झेको देखिन्छ नि, होइन र?

पहिले भूमिगत हुँदा पेसेवर साथीलाई निश्चित रकम दिएर उहाँहरुलाई खाने, बाँच्नेको व्यवस्था हुन्थ्यो। अहिले सबै खुला हुनुभयो। अहिले सबैको परिवार भए, साना छोराछोरी ठूला भए। घर नहुनेको पनि घर भयो। समय र परिस्थितिअनुकूल हुन खोज्दा यस्तो भएको होला। तर पनि अभाव भएका र केही नहुनेहरुको क्याटागोरी छुट्याउनुपर्ने हो, त्यस्तो भएको छैन। गैरी खेत र पाखो खेतलाई एउटै पानीले हुँदैन। सबैलाई समान रुपले सिँचाइ गरेमा मात्रै खेती हुन्छ। बहुदल आउनेबित्तिकै ती कुरा छुटे। हामी राजनीतिक आन्दोलनमा लाग्यौं। कार्यकर्तालाई ट्र्याकमा राखिरहने खालको अनुशासन भएन।

धेरै मानिसको कुरा सुनिन्छ, एउटै दुर्घटनामा बित्नुभएको मदन कमरेड र जीवराज आश्रितको परिवारमा धेरै असमानता छ। मदनजीको श्रीमतीले पटकपटक अवसर पाउनुभयो। अहिले राष्ट्रपति पनि हुनुभयो। तर, तपाईं चाहिँ गुमनाम हुनुभयो। यस्तो किन भयो?

झट्ट हेर्दा त विभेद जस्तो देखिन्छ। वास्तवमा त्यस्तो होइन। मेरा पनि कति कमजोरी होलान्। मैले पार्टी छाडेँ। कतिपय बेला कम मात्रै सम्पर्कमा रहेँ हुँला। मैले हिजोकै पार्टी सम्झिएँ, वर्तमान परिस्थितिको पार्टी सोचिनँ। यावत् कमजोरी रहे होलान्। नत्र १० वर्षै अगाडि नै मैले पनि मन्त्री बन्ने परिस्थिति बन्थ्यो होला। तर आफ्नो चतुर्‍याइँ पनि भएन। नेता कमरेडहरुको दृष्टि पनि पुगेन होला। तर, मलाई गुनासो पनि छैन, पछुतो पनि छैन। ठीकै छ, एकजना कमरेडको पत्नी राष्ट्रपति हुनुभएको छ, उहाँलाई म सम्मान गर्छु।

अहिले एमाले र माओवादीबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको छ, कसरी हेरिरहनुभएको छ?

नेपालको मात्रै होइन, विश्व कम्युनिस्ट नै एक हुनुपर्छ भन्छु म त। आजको माओवादी मात्रै होइन, भोलि कोही वामपन्थी बनेर आउनुहुन्छ भने उहाँहरु पनि आउनुपर्छ। मोहन वैद्य, विप्लवजीहरु पनि आउनुपर्छ। जनताको मुक्तिका निम्ति लागेका हौं, कार्ल मार्क्सका चेलाहरु हौं हामी। विश्वलाई साम्यवादमा लगेर नयाँ पुस्तालाई सुम्पने हो।

प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  १८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्