• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सप्तरीको खेलकुद विकास समिति कार्यालयमा ४ महिनादेखि ताला, तोड्ने र लगाउनेको होडबाजी

खेलाडी भन्छन्– राजनीतिक अखडा बनाइयो
64x64
नेपाल लाइभ शुक्रबार, असोज १०, २०७६  १०:५०
1140x725

राजविराज– कार्यसमितिकै पदाधिकारीले कार्यालयमा तालाबन्दी गरेपछि जिल्ला खेलकुद विकास समिति सप्तरीको क्रियाकलाप ४ महिनादेखि ठप्प भएको छ। 

आन्तरिक विवाद हुँदा उपाध्यक्ष धीरु बर्माको नेतृत्वमा समितिकै पदाधिकारीले गत जेठ ७ गते कार्यालयमा तालाबन्दी गरेका थिए। विवाद समाधान गरी तालाबन्दी खुलाउने प्रयास नहुँदा लामो समयदेखि खेलकुदका गतिविधि अवरुद्ध छन्।

समितिका पदाधिकारीबीचको किचलो तालाबन्दीसम्म पुगेको हो। तर, कार्यक्षमतामा प्रश्न उठाएर कार्यालय प्रमुख दिनेश भुजेलको कार्यकक्षमा तालाबन्दी गरिएको छ। उपाध्यक्ष धीरु बर्मा, कोषाध्यक्ष राजेश चौधरी लगायतका पदाधिकारी र सदस्यहरु तालाबन्दीमा संलग्न थिए। समितिका बहुमत सदस्यको निर्णय नमानेको, खेलकुदका गतिविधि ठप्प पारेको तथा हरहिसाब सार्वजनिक नगरेको आरोपसहित कार्यालयमा तालाबन्दी गरिएको हो।

भुजेल कार्यालय प्रमुख बन्न अयोग्य भएकाले तालाबन्दी गरिएको उपाध्यक्ष बर्माले बताए। अघिल्लो आर्थिक वर्षका धेरै कार्यक्रम उनकै कारण फ्रिज भएको उनको भनाइ छ। कञ्चनरुप नगरपालिका ९ स्थित मदन भण्डारी खेलग्राम निर्माणका लागि आएको २५ लाख तथा सप्तकोसी नगरपालिकास्थित भगनी मलेठमा कवर्ड हल निर्माणका लागि आएको १० लाख विकास बजेट खर्च गर्न नसकेको, खेलकुदका कुनै पनि गतिविधि सञ्चालन गर्न नसकेको र आव २०७१/७२ देखि हालसम्मको आयव्यय विवरण नदिएको बर्मा समूहको आरोप छ।

वास्तविकता अर्कै
उपाध्यक्ष बर्मासहितको समूहले कार्यालय प्रमुखलाई दोष दिए पनि कार्यालयमा तालाबन्दी गर्नुको कारण भने अर्कै छ। अध्यक्ष अमर खवासलाई अस्वीकार गर्ने र कोषाध्यक्ष राजेश चौधरीको नाममा खाता सञ्चालन गरी आफू अनुकूल काम गर्ने मनसायले कार्यालयमा तालाबन्दी गरिएको कर्मचारीहरु बताउँछन्।

६ महिनाअघि सप्तकोसी नगरपालिका १, फत्तेपुरका अमर खवास अध्यक्ष नियुक्त भएपछि अध्यक्षको दाबेदार रहेका उपाध्यक्ष बर्मासहित बहुमत सदस्यले खवासलाई अध्यक्ष अस्वीकार गर्‍यो। लामो समयसम्म खवासलाई कार्यालयमा उपस्थित भएर काम गर्ने मौकासमेत दिइएन। तर, कार्यालय प्रमुख अध्यक्षकै निर्देशनमा चल्न थालेपछि कार्यालयमा तालाबन्दी गरिएको उनीहरुको भनाइ छ।

बहुमत सदस्यले खवासलाई अध्यक्ष अस्वीकार गर्दै बैंक खातासमेत कार्यालय प्रमुख दिनेश भुजेल र कोषाध्यक्ष राजेश चौधरीको नाममा सञ्चालन गर्नुपर्ने अडान लिँदै आएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्षलाई बैठकमा बस्नै नदिने र आफू अनुकूल निर्णय गराउन खोज्ने प्रवृत्ति हाबी भएपछि तनावको स्थिति आएको र त्यसैबीचमा तालाबन्दी गरिएको कार्यालय प्रमुख भुजेल बताउँछन्। उनले आफूमाथि दोष थुपार्ने काम मात्रै भएको दाबी गरेका छन्। आरोप पुष्टि भए कारबाही भोग्न तयार रहेको उनले बताए।

कार्यालयमा तालाबन्दी भएको विषयमा राष्ट्रिय खेलकुद परिषद् र जिल्ला प्रशासन कार्यालय सप्तरीमा जानकारी गराइएको तर हालसम्म पनि समस्या समाधान ननिस्किएको उनको भनाइ छ।

अध्यक्ष अमर खवास भने समितिमा एक्का बनाउन खोजेपछि आफूले वास्ता गर्न छोडेको बताउँछन्।

राजनीतिक अखडा बनाइयो : खेलाडी
कार्यालयमा समितिकै पदाधिकारीले तालाबन्दी गरेपछि अधिकांश खेलकुदका अभ्यास प्रभावित भएका छन्। खेलकुद विकास समितिलाई खेलको विकासभन्दा पनि राजनीति गर्ने थलो बनाइएकाले आफूहरु निराश भएको भारत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी मनोजकुमार यादवले गुनासो गरे। ‘अभ्यास गर्नै नपाएपछि सप्तरीका खेलाडीहरु हरेक क्षेत्रमा असफल भइरहेका छन्,’ उनले भने, ‘पदक ल्याउनुपर्ने खलाडी प्रतिस्पर्धामा टिक्नै नसक्ने  अवस्था आइसक्यो, तर कसैलाई चिन्ता लागेको छैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तालाबन्दीकै कारण डेढ महिनाअघि पोखरामा सम्पन्न भारोत्तोलन प्रतियोगितामा सहभागी भएका १३ खेलाडीमध्ये १२ जना रित्तो हात फर्किनुपरेको उनले गुनासो गरे।

यसैगरी, मंसिर १५ देखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पनि प्रभावित हुन लागेकाले थप चिन्ता बढेको खेलाडीहरु बताउँछन्। सागमा सप्तरीबाट भारत्तोलनका मात्रै ३ जना खेलाडी सहभागि हुँदैछन्।

ताला तोड्ने र लगाउनेको होडबाजी
चार महिनादेखि लगातार कार्यालयमा तालाबन्दी भएर अभ्यास गर्न नपाएका खेलाडीहरुले बिहीबार मुल गेटको ताला तोडेका छन्। भारोत्तोलनका खेलाडी मनोजकुमार यादव, जिमका कमल साह, कबड्डीका शम्भु यादव, क्रिकेटका मो. मस्तकिम र हरिओम यादव लगायतको नेतृत्वमा ताला तोडिएको हो।

खेलकुद विकास समितिका पदाधिकारी र कार्यालय प्रमुखले खेलकुदका सामग्री माग्दासमेत नदिएपछि ताला तोड्न परेको उनीहरुले बताए। मुल गेटको ताला तोडेर आफूहरुले कर्मचारीलाई कामकाज गर्न सहज वातावरण बनाइदिएको बताउँदै तीन दिनभित्र कार्यालय सञ्चालनमा आए सबै कार्यालयका ताला पनि तोड्ने उनीहरुले चेतावनी दिएका छन्।

अर्कोतर्फ खेलाडीले गेटको ताला तोडेको जानकारी पाउनासाथ समितिका उपाध्यक्ष धीरु बर्माले पुनः गेटमा तालाबन्दी गरेका छन्। कार्यालयमा लागेको ताला आफूहरुको आन्तरिक समस्या भएकाले हस्तक्षेप नगर्न उनले खेलाडीलाई चेतावनीसमेत दिए।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्