• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सप्तरीको खेलकुद विकास समिति कार्यालयमा ४ महिनादेखि ताला, तोड्ने र लगाउनेको होडबाजी

खेलाडी भन्छन्– राजनीतिक अखडा बनाइयो
64x64
नेपाल लाइभ शुक्रबार, असोज १०, २०७६  १०:५०
1140x725

राजविराज– कार्यसमितिकै पदाधिकारीले कार्यालयमा तालाबन्दी गरेपछि जिल्ला खेलकुद विकास समिति सप्तरीको क्रियाकलाप ४ महिनादेखि ठप्प भएको छ। 

आन्तरिक विवाद हुँदा उपाध्यक्ष धीरु बर्माको नेतृत्वमा समितिकै पदाधिकारीले गत जेठ ७ गते कार्यालयमा तालाबन्दी गरेका थिए। विवाद समाधान गरी तालाबन्दी खुलाउने प्रयास नहुँदा लामो समयदेखि खेलकुदका गतिविधि अवरुद्ध छन्।

समितिका पदाधिकारीबीचको किचलो तालाबन्दीसम्म पुगेको हो। तर, कार्यक्षमतामा प्रश्न उठाएर कार्यालय प्रमुख दिनेश भुजेलको कार्यकक्षमा तालाबन्दी गरिएको छ। उपाध्यक्ष धीरु बर्मा, कोषाध्यक्ष राजेश चौधरी लगायतका पदाधिकारी र सदस्यहरु तालाबन्दीमा संलग्न थिए। समितिका बहुमत सदस्यको निर्णय नमानेको, खेलकुदका गतिविधि ठप्प पारेको तथा हरहिसाब सार्वजनिक नगरेको आरोपसहित कार्यालयमा तालाबन्दी गरिएको हो।

भुजेल कार्यालय प्रमुख बन्न अयोग्य भएकाले तालाबन्दी गरिएको उपाध्यक्ष बर्माले बताए। अघिल्लो आर्थिक वर्षका धेरै कार्यक्रम उनकै कारण फ्रिज भएको उनको भनाइ छ। कञ्चनरुप नगरपालिका ९ स्थित मदन भण्डारी खेलग्राम निर्माणका लागि आएको २५ लाख तथा सप्तकोसी नगरपालिकास्थित भगनी मलेठमा कवर्ड हल निर्माणका लागि आएको १० लाख विकास बजेट खर्च गर्न नसकेको, खेलकुदका कुनै पनि गतिविधि सञ्चालन गर्न नसकेको र आव २०७१/७२ देखि हालसम्मको आयव्यय विवरण नदिएको बर्मा समूहको आरोप छ।

वास्तविकता अर्कै
उपाध्यक्ष बर्मासहितको समूहले कार्यालय प्रमुखलाई दोष दिए पनि कार्यालयमा तालाबन्दी गर्नुको कारण भने अर्कै छ। अध्यक्ष अमर खवासलाई अस्वीकार गर्ने र कोषाध्यक्ष राजेश चौधरीको नाममा खाता सञ्चालन गरी आफू अनुकूल काम गर्ने मनसायले कार्यालयमा तालाबन्दी गरिएको कर्मचारीहरु बताउँछन्।

६ महिनाअघि सप्तकोसी नगरपालिका १, फत्तेपुरका अमर खवास अध्यक्ष नियुक्त भएपछि अध्यक्षको दाबेदार रहेका उपाध्यक्ष बर्मासहित बहुमत सदस्यले खवासलाई अध्यक्ष अस्वीकार गर्‍यो। लामो समयसम्म खवासलाई कार्यालयमा उपस्थित भएर काम गर्ने मौकासमेत दिइएन। तर, कार्यालय प्रमुख अध्यक्षकै निर्देशनमा चल्न थालेपछि कार्यालयमा तालाबन्दी गरिएको उनीहरुको भनाइ छ।

बहुमत सदस्यले खवासलाई अध्यक्ष अस्वीकार गर्दै बैंक खातासमेत कार्यालय प्रमुख दिनेश भुजेल र कोषाध्यक्ष राजेश चौधरीको नाममा सञ्चालन गर्नुपर्ने अडान लिँदै आएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

अध्यक्षलाई बैठकमा बस्नै नदिने र आफू अनुकूल निर्णय गराउन खोज्ने प्रवृत्ति हाबी भएपछि तनावको स्थिति आएको र त्यसैबीचमा तालाबन्दी गरिएको कार्यालय प्रमुख भुजेल बताउँछन्। उनले आफूमाथि दोष थुपार्ने काम मात्रै भएको दाबी गरेका छन्। आरोप पुष्टि भए कारबाही भोग्न तयार रहेको उनले बताए।

कार्यालयमा तालाबन्दी भएको विषयमा राष्ट्रिय खेलकुद परिषद् र जिल्ला प्रशासन कार्यालय सप्तरीमा जानकारी गराइएको तर हालसम्म पनि समस्या समाधान ननिस्किएको उनको भनाइ छ।

अध्यक्ष अमर खवास भने समितिमा एक्का बनाउन खोजेपछि आफूले वास्ता गर्न छोडेको बताउँछन्।

राजनीतिक अखडा बनाइयो : खेलाडी
कार्यालयमा समितिकै पदाधिकारीले तालाबन्दी गरेपछि अधिकांश खेलकुदका अभ्यास प्रभावित भएका छन्। खेलकुद विकास समितिलाई खेलको विकासभन्दा पनि राजनीति गर्ने थलो बनाइएकाले आफूहरु निराश भएको भारत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी मनोजकुमार यादवले गुनासो गरे। ‘अभ्यास गर्नै नपाएपछि सप्तरीका खेलाडीहरु हरेक क्षेत्रमा असफल भइरहेका छन्,’ उनले भने, ‘पदक ल्याउनुपर्ने खलाडी प्रतिस्पर्धामा टिक्नै नसक्ने  अवस्था आइसक्यो, तर कसैलाई चिन्ता लागेको छैन।’

तालाबन्दीकै कारण डेढ महिनाअघि पोखरामा सम्पन्न भारोत्तोलन प्रतियोगितामा सहभागी भएका १३ खेलाडीमध्ये १२ जना रित्तो हात फर्किनुपरेको उनले गुनासो गरे।

यसैगरी, मंसिर १५ देखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पनि प्रभावित हुन लागेकाले थप चिन्ता बढेको खेलाडीहरु बताउँछन्। सागमा सप्तरीबाट भारत्तोलनका मात्रै ३ जना खेलाडी सहभागि हुँदैछन्।

ताला तोड्ने र लगाउनेको होडबाजी
चार महिनादेखि लगातार कार्यालयमा तालाबन्दी भएर अभ्यास गर्न नपाएका खेलाडीहरुले बिहीबार मुल गेटको ताला तोडेका छन्। भारोत्तोलनका खेलाडी मनोजकुमार यादव, जिमका कमल साह, कबड्डीका शम्भु यादव, क्रिकेटका मो. मस्तकिम र हरिओम यादव लगायतको नेतृत्वमा ताला तोडिएको हो।

खेलकुद विकास समितिका पदाधिकारी र कार्यालय प्रमुखले खेलकुदका सामग्री माग्दासमेत नदिएपछि ताला तोड्न परेको उनीहरुले बताए। मुल गेटको ताला तोडेर आफूहरुले कर्मचारीलाई कामकाज गर्न सहज वातावरण बनाइदिएको बताउँदै तीन दिनभित्र कार्यालय सञ्चालनमा आए सबै कार्यालयका ताला पनि तोड्ने उनीहरुले चेतावनी दिएका छन्।

अर्कोतर्फ खेलाडीले गेटको ताला तोडेको जानकारी पाउनासाथ समितिका उपाध्यक्ष धीरु बर्माले पुनः गेटमा तालाबन्दी गरेका छन्। कार्यालयमा लागेको ताला आफूहरुको आन्तरिक समस्या भएकाले हस्तक्षेप नगर्न उनले खेलाडीलाई चेतावनीसमेत दिए।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्