एजेन्सी– ला–लिगामा गए राति भएको खेलमा रियल सोसिडाडले प्रभावशाली जित निकालेको छ। अलाभेसलाई ३–० को फराकिलो अन्तरले हराउँदै सोसिडाडले उत्कृष्ठ जित जित निकालेको हो।
सोसिडाडले आफ्नो घरेलु मैदानमा भएको खेलमा ३ गोल नै पहिलो हाफमा गरेको थियो। सोसिडाडलाई जिताउने क्रममा माइकल ओयर्जाबालले २ गोल गरे। उनले १९ औं मिनेटमा ओजर्याबालको गोलमा सोसिडाडले अग्रता लिएको थियो।
३२ औं मिनेटमा विलियन जोसेले सोसिडाडका लागि दोस्रो गोल गरेका थिए। ४४ औं मिनेटमा सोसिडाडले पाएको पेनाल्टीलाई ओयर्जाबलले गोल गर्दै ३–० को अवस्थामा ल्याएका थिए। बाँकी समय दुवै पक्षबाट गोल हुन नसकेपछि सोसिडाड ३–० गोल अन्त्रले विजयी भयो। जितसँगै सोसिडाड १३ अंकसहित दोस्रो स्थानमा छ। अलाभेस ५ अंकसहित १७ औं स्थानमा छ।
ला–लिगाकै अर्को खेलमा सेल्टा भिगो र स्यानियोलले १–१ को बराबरी खेलेका छन्। खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा दुवै टिमले १–१ गोल गर्दै बराबरी खेलेका थिए।
बराबरीसँगै सेल्टा भिगो ६ अंकसहित १५औं स्थानमा र स्पानियोल ५ अंकसहित १८औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।