• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

किन कमजोर भयो बार्सिलोना ?

64x64
नेपाल लाइभ बुधबार, असोज ८, २०७६  १७:४७
1140x725

काठमाडौं- युरोपियन फुटबलमा बलियो टिम बार्सिलोना जारी सिजन तालमेलविहीन देखिएको छ। गएको सिजन एथ्लेटिको मड्रिडसँग ११ अंक साथै रियल मड्रिडसँग १९ अंकको फरक पार्दै ला लिगाको उपाधि जितेको बार्सिलोना अहिले सुरुदेखि नै धरमराएको हो। 

नयाँ सिजन सुरु हुनुअघि नै घाइते रहेका कप्तान लियोनल मेस्सी मंगलबार राति भिलारियलविरुद्धको खेलमा पहिलोपटक सुरुवाती ११ मा परे पनि उनी पुनः घाइते हुन पुगे। यो सिजन अवे मैदानमा कुनै पनि खेल नजितेको मेस्सीको अभाव बार्सिलोनामा अझ केही समय हुने देखिएको छ। 

कोपा अमेरिकाको खेल सकाएर बिदापछि क्लब फर्किएका मेस्सी अभ्यासको पहिलो दिनमै घाइते भएका थिए। मेस्सीको दाहिने गोडाको पिडौंलामा चोट लागेको थियो। 

मेस्सीले ला लिगामा एथ्लेटिको बिल्बाओसँग १-० ले हारेको पहिलो खेल, रियल बेटिसलाई ५-२ ले हराउँदा, ओसासुनासँग २-२ को बराबरी हुँदा र भ्यालेन्सियालाई ५-२ ले हराएको खेल गुमाएका थिए।  

मेस्सीको पिडौंलामा लागेको चोट केही दिनमा ठिक हुने भनिए पनि उनी पूर्ण रुपमा ठिक नहुँदै मैदान फर्किएका थिए। च्याम्पियन्स लिगमा बोरुसिया डर्टमुन्ट र ला लिगामा ग्रानाडासँगको खेलमा उनी दोस्रो हाफको केही समय मैदानमा थिए। 

यो सिजन ला लिगामा बार्सिलोनाको सुरुवात २५ वर्ष यताकै खराब भइरहेको छ। ६ खेलमा ३ खेलमा जित, १ बराबरी र २ खेलमा हार खेलेको बार्सिलोना अंक तालिकामा चौथो स्थानमा छ। भिलारियललाई हराउनुअघि बार्सिलोना आठौँ स्थानमा थियो। बार्सिलोनाले जितेको तीनै खेल घरेलु मैदानमा हो। अवे मैदानमा एउटै खेल नजितेको बार्सिलोनाले अब गेटाफेसँग शनिबार राति पौने ८ बजे खेल्दैछ। 

अवे मैदानमा जित्न नसकेको बार्सिलोना घरेलु मैदानमा भिलारियलविरुद्ध पनि उत्कृष्ट हुन भने सकेन। मेस्सीको कर्नरमा एन्टोनियो ग्रिजम्यानले हानेको हेडर गोल र आर्थर मेलोको उत्कृष्ट प्रहारमा भएको दुई गोल बार्सिलोनाको खेलशैली भन्दा भिन्न थियो। बार्सिलोनाले तीब्र पासमा बल अगाडि बढाएर पोस्टमा गर्ने प्रहार भिलारियलविरुद्ध पनि देखिएन। 

nimb
nimb
Ncell 2
Ncell 2

भिलारियलविरुद्धको खेलका लागि यसअघि घाइते रहेका स्ट्राइकर उसमान डेम्बेले पनि टिममा फर्किएका थिए। दोस्रो हाफमा मेस्सीको स्थानमा आएका उनले केही अवसरहरु बनाए पनि सदुपयोग हुन सकेन। 

यसअघि मेस्सी घाइते रहेको अवस्थामा टिममा आएका १६ वर्षका अन्सु फाती पनि दोस्रो हाफको केही मिनेट मैदान देखिए। बार्सिलोना स्ट्राइकिङमा सबैभन्दा कमजोर लुइस स्वारेज देखिएका छन्। उनको बलमा नियन्त्रण गुम्नुका साथै सुस्त खेल भइरहेको थियो। 

शनिबार राति ग्रानाडासँग हारेको खेललाई हेर्ने हो भने बार्सिलोनाको हरेक क्षेत्र कमजोर बनेको थियो। जित्ने टिम अंक तालिकाको शीर्षमा पुग्ने खेलमा ग्रानाडाले बार्सिलोनालाई हराउने सम्भावानबारे समेत कुरा भएको थिएन। तर, भखैरै ला लिगामा बढुवा भएर आइपुगेको टिमले डिफेन्डिङ च्याम्पियनलाई नै हराइदियो। 

एर्नेस्टो भालभर्दे २०१७ मा बार्सिलोना प्रशिक्षक बनेर आएपछि बार्सिलोनाले घरेलु मैदानमा दुई खेल मात्रै हारेको छ। तर घरेलु मैदानमा जुन शैली र स्तर बार्सिलोनाले देखाउँछ अवे मैदानमा भने किन त्यही हुन सकेको छैन त? 

‘हामीले अवे मैदानमा राम्रो खेल्न सकिरहेका छैनौँ। घरेलु मैदानमा जे भइरहेको छ त्यही लय अवे मैदानमा पनि हुनैपर्छ। पछिल्ला केही खेलहरु हेर्ने हो भने हाम्रो खेल बिग्रिएको छ’ ग्रानाडासँगको खेलका बेला यस्तो भनिरहेका भालभर्देले त्यसमा सुधार भने गर्न सकेनन्। 

डिफेन्डर जेरार्ड पिकेले भिलारियलसँगको खेलपछि आफूहरुको नयाँ सिजनको तयारी नै राम्ररी नभएको बताएका छन्। जापान र अमेरिकामा नयाँ सिजनको तयारी खेल खेलेको बार्सिलोनाले महत्वपूर्ण टिमहरुसँग खेल्न सकेन। त्यसले गर्दा नयाँ सिजनमा असर परिरहेको पिकेको भनाई छ। प्रि सिजनको बेला केही खेलाडी कोपा अमेरिकामा व्यस्त हुनुले पनि तयारी राम्रो हुन सकेन। 

कोपा अमेरिकापछि त कप्तान लियोनल मेस्सी, लुइस स्वारेज घाइते नै भए। पछिल्लो पटक त्यसमा उसमान डेम्बेले, स्यामुअल उमटिटी र जोर्डि अल्बासमेत थपिए। डेम्बेले र स्वारेज फर्किए पनि अरु अझै घाइते नै छन्। 

यसैले पनि प्रशिक्षक भालभर्देले स्ट्राइकरमा एन्टोनियो ग्रिजम्यान र मिडफिल्डमा फ्रान्की डि योङलाई मिल्नेसम्म सबै स्थानमा प्रयोग गरिसकेका छन्। 

नयाँ सिजनका लागि फ्रेन्च क्लब पिएसजीबाट नेमारलाई ल्याउने असफल कसरतले पनि टिमको मनोविज्ञानमा असर परेको देखिन्छ। नेमारलाई ल्याउन डेम्बेले, उमटिटी, सेमेडो र राकिटिक जस्ता खेलाडीसमेत त्याग्न तयार हुने बार्सिलोनाको योजनामा नेमार नआएपछिको अवस्थाले असर गरिरहेको छ। 

यसमा कप्तान लियोनल मेस्सीको भूमिका पनि देखिन्छ। नेमार ल्याउने कुरामा देखिने गरी संलग्न भएका मेस्सी उनलाई ल्याउन क्लबले सक्ने जति काम नगरेको बताउँछन्। साथै अहिले टिममा सुरुवाती ११ को हुने भन्नेमा समेत मेस्सीले भालभर्देमाथि प्रभाव पारिरहेका छन्। जसले गर्दा कमजोर खेलका बाबजुद पनि सुरुवाती ११ मा स्वारेज छुटेका छैनन्। 

एथ्लेटिको बिल्बाओ र ग्रानाडासँग हारेको खेल होस् या ओसासुनासँग बराबरी खेल्दा बार्सिलोन विपक्षी टिमभन्दा हरेक कुरामा बलियो क्लब हो। त्यसैले त्यो हारमा सबैभन्दा महत्वपूर्ण कुरा प्रशिक्षक भालभर्देको कमजोर योजनामाथि दोष लागिरहेको छ। च्याम्पियन्स लिगको पछिल्लो दुई सिजन रोमा र लिभरपुलसँगको हारमा भालभर्देले जुन गल्ती गरेका थिए, त्यो अहिले सुरुदेखि नै देखिन्छ। 

त्यसमा मेस्सीमाथि टिम धेरै भर पर्नु मात्रै होइन मेस्सी नहुँदा कुन योजनामा अघि बढ्ने भन्ने स्पष्ट खाका भालभर्देसँग देखिँदैन। नयाँ सिजनका लागि ल्याइएका स्ट्राइकर ग्रिजम्यानले क्लबको चार अवे खेलमा एउटै सट पोस्टमा प्रहार गर्न नसक्नुले पनि उनको प्रयोग उपयुक्त स्थानमा नभएको देखिन्छ। 

राइट ब्याकका सर्जि रोबर्टोलाई मिडफिल्डमा ल्याइरहेका भालभर्देलाई मिडफिल्डमै रहेका खेलाडीबीच सन्तुलन मिलाउन समस्या देखिएको छ। इभान राकिटिक, सर्जिंयो बुस्केट्स, आर्थर मेलो, कार्लेस एलेना, फ्रान्की डि योङ, आर्टुरो भिडाल जस्ता खेलाडीलाई मिडफिल्डमा कसरी प्रयोग गर्ने भन्ने भालभर्देसँग स्पष्ट योजना छैन। 

बार्सिलोनाका लागि अझ दुखद कुरा त ला लिगामा सबैभन्दा धेरै गोल खाने टिममा अहिले बार्सिलोना रहेको छ। ६ खेलमा १४ गोल गरेको बार्सिलोनाले १० गोल खाइसकेको छ। जुन ला लिगा टिममा अहिले सबैभन्दा बढी हो। घरेलु मैदानमा रियल बेटिस र भ्यालेन्सियाविरुद्ध ५/५ गोल हान्दासमेत बार्सिलोनाले २/२ गोल खाएको थियो। 

यसको सबैभन्दा ठूलो असर प्रशिक्षक भालभर्देमाथि नै परिरहेको छ। च्याम्पियन्स लिगको हारपछि समर्थकबाट आइरहेको भालभर्दे हटाउनुपर्ने आवाज अहिले केही फुटबल विश्लेषकहरुले समेत निकालिरहेका छन्। कतिपयले त उनको स्थानमा आउने प्रशिक्षकको नामसमेत दिन थालिसकेका छन्। 

भिलारियलविरुद्धको जितले ‘भालभर्दे आउट’ को नारा सामाजिक सञ्जालमा केही कम भए पनि फुटबल जानकारहरु समेत मिसिएको आवाजमा अबको अवे खेलले ठूलो भूमिका खेल्नेछ। शनिबार गेटाफेविरुद्धको खेलमा पनि बार्सिलोना उसैगरी कमजोर देखिए भालभर्देको स्थानमा को भन्ने बहस बार्सिलोना व्यवस्थापनमा नै सुरु हुने देखिन्छ।

गएको सिजन भालभर्देलाई मेस्सीले जोगाएको तर्कमा विश्वास गर्ने हो भने त अहिले घाइते रहेका मेस्सी मैदानमा उत्कृष्ट खेल देखाउँदै उनलाई जोगाउने अवस्थामा पनि छैनन्। त्यसमा १६ वर्षका अन्सु फातीले देखाएको चमक भालभर्देका लागि जित हारको गणनामा प्रभाव पार्ने भइसकेको छैन। 
 

प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  १७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्