• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

किन कमजोर भयो बार्सिलोना ?

64x64
नेपाल लाइभ बुधबार, असोज ८, २०७६  १७:४७
1140x725

काठमाडौं- युरोपियन फुटबलमा बलियो टिम बार्सिलोना जारी सिजन तालमेलविहीन देखिएको छ। गएको सिजन एथ्लेटिको मड्रिडसँग ११ अंक साथै रियल मड्रिडसँग १९ अंकको फरक पार्दै ला लिगाको उपाधि जितेको बार्सिलोना अहिले सुरुदेखि नै धरमराएको हो। 

नयाँ सिजन सुरु हुनुअघि नै घाइते रहेका कप्तान लियोनल मेस्सी मंगलबार राति भिलारियलविरुद्धको खेलमा पहिलोपटक सुरुवाती ११ मा परे पनि उनी पुनः घाइते हुन पुगे। यो सिजन अवे मैदानमा कुनै पनि खेल नजितेको मेस्सीको अभाव बार्सिलोनामा अझ केही समय हुने देखिएको छ। 

कोपा अमेरिकाको खेल सकाएर बिदापछि क्लब फर्किएका मेस्सी अभ्यासको पहिलो दिनमै घाइते भएका थिए। मेस्सीको दाहिने गोडाको पिडौंलामा चोट लागेको थियो। 

मेस्सीले ला लिगामा एथ्लेटिको बिल्बाओसँग १-० ले हारेको पहिलो खेल, रियल बेटिसलाई ५-२ ले हराउँदा, ओसासुनासँग २-२ को बराबरी हुँदा र भ्यालेन्सियालाई ५-२ ले हराएको खेल गुमाएका थिए।  

मेस्सीको पिडौंलामा लागेको चोट केही दिनमा ठिक हुने भनिए पनि उनी पूर्ण रुपमा ठिक नहुँदै मैदान फर्किएका थिए। च्याम्पियन्स लिगमा बोरुसिया डर्टमुन्ट र ला लिगामा ग्रानाडासँगको खेलमा उनी दोस्रो हाफको केही समय मैदानमा थिए। 

यो सिजन ला लिगामा बार्सिलोनाको सुरुवात २५ वर्ष यताकै खराब भइरहेको छ। ६ खेलमा ३ खेलमा जित, १ बराबरी र २ खेलमा हार खेलेको बार्सिलोना अंक तालिकामा चौथो स्थानमा छ। भिलारियललाई हराउनुअघि बार्सिलोना आठौँ स्थानमा थियो। बार्सिलोनाले जितेको तीनै खेल घरेलु मैदानमा हो। अवे मैदानमा एउटै खेल नजितेको बार्सिलोनाले अब गेटाफेसँग शनिबार राति पौने ८ बजे खेल्दैछ। 

अवे मैदानमा जित्न नसकेको बार्सिलोना घरेलु मैदानमा भिलारियलविरुद्ध पनि उत्कृष्ट हुन भने सकेन। मेस्सीको कर्नरमा एन्टोनियो ग्रिजम्यानले हानेको हेडर गोल र आर्थर मेलोको उत्कृष्ट प्रहारमा भएको दुई गोल बार्सिलोनाको खेलशैली भन्दा भिन्न थियो। बार्सिलोनाले तीब्र पासमा बल अगाडि बढाएर पोस्टमा गर्ने प्रहार भिलारियलविरुद्ध पनि देखिएन। 

Ncell 2
Ncell 2
nimb
nimb

भिलारियलविरुद्धको खेलका लागि यसअघि घाइते रहेका स्ट्राइकर उसमान डेम्बेले पनि टिममा फर्किएका थिए। दोस्रो हाफमा मेस्सीको स्थानमा आएका उनले केही अवसरहरु बनाए पनि सदुपयोग हुन सकेन। 

यसअघि मेस्सी घाइते रहेको अवस्थामा टिममा आएका १६ वर्षका अन्सु फाती पनि दोस्रो हाफको केही मिनेट मैदान देखिए। बार्सिलोना स्ट्राइकिङमा सबैभन्दा कमजोर लुइस स्वारेज देखिएका छन्। उनको बलमा नियन्त्रण गुम्नुका साथै सुस्त खेल भइरहेको थियो। 

शनिबार राति ग्रानाडासँग हारेको खेललाई हेर्ने हो भने बार्सिलोनाको हरेक क्षेत्र कमजोर बनेको थियो। जित्ने टिम अंक तालिकाको शीर्षमा पुग्ने खेलमा ग्रानाडाले बार्सिलोनालाई हराउने सम्भावानबारे समेत कुरा भएको थिएन। तर, भखैरै ला लिगामा बढुवा भएर आइपुगेको टिमले डिफेन्डिङ च्याम्पियनलाई नै हराइदियो। 

एर्नेस्टो भालभर्दे २०१७ मा बार्सिलोना प्रशिक्षक बनेर आएपछि बार्सिलोनाले घरेलु मैदानमा दुई खेल मात्रै हारेको छ। तर घरेलु मैदानमा जुन शैली र स्तर बार्सिलोनाले देखाउँछ अवे मैदानमा भने किन त्यही हुन सकेको छैन त? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘हामीले अवे मैदानमा राम्रो खेल्न सकिरहेका छैनौँ। घरेलु मैदानमा जे भइरहेको छ त्यही लय अवे मैदानमा पनि हुनैपर्छ। पछिल्ला केही खेलहरु हेर्ने हो भने हाम्रो खेल बिग्रिएको छ’ ग्रानाडासँगको खेलका बेला यस्तो भनिरहेका भालभर्देले त्यसमा सुधार भने गर्न सकेनन्। 

डिफेन्डर जेरार्ड पिकेले भिलारियलसँगको खेलपछि आफूहरुको नयाँ सिजनको तयारी नै राम्ररी नभएको बताएका छन्। जापान र अमेरिकामा नयाँ सिजनको तयारी खेल खेलेको बार्सिलोनाले महत्वपूर्ण टिमहरुसँग खेल्न सकेन। त्यसले गर्दा नयाँ सिजनमा असर परिरहेको पिकेको भनाई छ। प्रि सिजनको बेला केही खेलाडी कोपा अमेरिकामा व्यस्त हुनुले पनि तयारी राम्रो हुन सकेन। 

कोपा अमेरिकापछि त कप्तान लियोनल मेस्सी, लुइस स्वारेज घाइते नै भए। पछिल्लो पटक त्यसमा उसमान डेम्बेले, स्यामुअल उमटिटी र जोर्डि अल्बासमेत थपिए। डेम्बेले र स्वारेज फर्किए पनि अरु अझै घाइते नै छन्। 

यसैले पनि प्रशिक्षक भालभर्देले स्ट्राइकरमा एन्टोनियो ग्रिजम्यान र मिडफिल्डमा फ्रान्की डि योङलाई मिल्नेसम्म सबै स्थानमा प्रयोग गरिसकेका छन्। 

नयाँ सिजनका लागि फ्रेन्च क्लब पिएसजीबाट नेमारलाई ल्याउने असफल कसरतले पनि टिमको मनोविज्ञानमा असर परेको देखिन्छ। नेमारलाई ल्याउन डेम्बेले, उमटिटी, सेमेडो र राकिटिक जस्ता खेलाडीसमेत त्याग्न तयार हुने बार्सिलोनाको योजनामा नेमार नआएपछिको अवस्थाले असर गरिरहेको छ। 

यसमा कप्तान लियोनल मेस्सीको भूमिका पनि देखिन्छ। नेमार ल्याउने कुरामा देखिने गरी संलग्न भएका मेस्सी उनलाई ल्याउन क्लबले सक्ने जति काम नगरेको बताउँछन्। साथै अहिले टिममा सुरुवाती ११ को हुने भन्नेमा समेत मेस्सीले भालभर्देमाथि प्रभाव पारिरहेका छन्। जसले गर्दा कमजोर खेलका बाबजुद पनि सुरुवाती ११ मा स्वारेज छुटेका छैनन्। 

एथ्लेटिको बिल्बाओ र ग्रानाडासँग हारेको खेल होस् या ओसासुनासँग बराबरी खेल्दा बार्सिलोन विपक्षी टिमभन्दा हरेक कुरामा बलियो क्लब हो। त्यसैले त्यो हारमा सबैभन्दा महत्वपूर्ण कुरा प्रशिक्षक भालभर्देको कमजोर योजनामाथि दोष लागिरहेको छ। च्याम्पियन्स लिगको पछिल्लो दुई सिजन रोमा र लिभरपुलसँगको हारमा भालभर्देले जुन गल्ती गरेका थिए, त्यो अहिले सुरुदेखि नै देखिन्छ। 

त्यसमा मेस्सीमाथि टिम धेरै भर पर्नु मात्रै होइन मेस्सी नहुँदा कुन योजनामा अघि बढ्ने भन्ने स्पष्ट खाका भालभर्देसँग देखिँदैन। नयाँ सिजनका लागि ल्याइएका स्ट्राइकर ग्रिजम्यानले क्लबको चार अवे खेलमा एउटै सट पोस्टमा प्रहार गर्न नसक्नुले पनि उनको प्रयोग उपयुक्त स्थानमा नभएको देखिन्छ। 

राइट ब्याकका सर्जि रोबर्टोलाई मिडफिल्डमा ल्याइरहेका भालभर्देलाई मिडफिल्डमै रहेका खेलाडीबीच सन्तुलन मिलाउन समस्या देखिएको छ। इभान राकिटिक, सर्जिंयो बुस्केट्स, आर्थर मेलो, कार्लेस एलेना, फ्रान्की डि योङ, आर्टुरो भिडाल जस्ता खेलाडीलाई मिडफिल्डमा कसरी प्रयोग गर्ने भन्ने भालभर्देसँग स्पष्ट योजना छैन। 

बार्सिलोनाका लागि अझ दुखद कुरा त ला लिगामा सबैभन्दा धेरै गोल खाने टिममा अहिले बार्सिलोना रहेको छ। ६ खेलमा १४ गोल गरेको बार्सिलोनाले १० गोल खाइसकेको छ। जुन ला लिगा टिममा अहिले सबैभन्दा बढी हो। घरेलु मैदानमा रियल बेटिस र भ्यालेन्सियाविरुद्ध ५/५ गोल हान्दासमेत बार्सिलोनाले २/२ गोल खाएको थियो। 

यसको सबैभन्दा ठूलो असर प्रशिक्षक भालभर्देमाथि नै परिरहेको छ। च्याम्पियन्स लिगको हारपछि समर्थकबाट आइरहेको भालभर्दे हटाउनुपर्ने आवाज अहिले केही फुटबल विश्लेषकहरुले समेत निकालिरहेका छन्। कतिपयले त उनको स्थानमा आउने प्रशिक्षकको नामसमेत दिन थालिसकेका छन्। 

भिलारियलविरुद्धको जितले ‘भालभर्दे आउट’ को नारा सामाजिक सञ्जालमा केही कम भए पनि फुटबल जानकारहरु समेत मिसिएको आवाजमा अबको अवे खेलले ठूलो भूमिका खेल्नेछ। शनिबार गेटाफेविरुद्धको खेलमा पनि बार्सिलोना उसैगरी कमजोर देखिए भालभर्देको स्थानमा को भन्ने बहस बार्सिलोना व्यवस्थापनमा नै सुरु हुने देखिन्छ।

गएको सिजन भालभर्देलाई मेस्सीले जोगाएको तर्कमा विश्वास गर्ने हो भने त अहिले घाइते रहेका मेस्सी मैदानमा उत्कृष्ट खेल देखाउँदै उनलाई जोगाउने अवस्थामा पनि छैनन्। त्यसमा १६ वर्षका अन्सु फातीले देखाएको चमक भालभर्देका लागि जित हारको गणनामा प्रभाव पार्ने भइसकेको छैन। 
 

प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  १७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्