काठमाडौं- तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष बुधबारदेखि सुरु भएको छ। सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा भइरहेको कोर्ष २९ गतेसम्म चल्नेछ।
कोर्षमा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक, जिल्लाहरुमा डोजाङ संचालन गदै आएका तेक्वान्दो प्रशिक्षकले सहभागिता जनाएका छन्। कोर्षको संचालक कोरियन प्रशिक्षक प्रा.डा. इन सिक ह्वाङ रहेका छन्। नवौं डान लिएका ह्वाङलाई नेपालका छौटौं डान लिएका प्रशिक्षक श्रीमान थापा र पुर्ण योञ्जनले प्रशिक्षणमा सहयोग गर्ने छन्।
कोर्षमा छैटौं डान प्राप्त गरेका प्रशिक्षक १ जना, पाँचौं डान हासिल गरेका प्रशिक्षक ३१ जना, चौथो डान हासिल गरेका प्रशिक्षक २४ जना, तेश्रो डान हासिल गरेका प्रशिक्षक २५ जना र दोश्रो डान हासिल गरेका प्रशिक्षक ८ जनाले प्रशिक्षण लिइरहेका छन्।
साथै प्रशिक्षणमा १३ औं दक्षिण एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका पुन्से बिद्याका १८ जना खेलाडीले पनि सहभागिता जनाएको तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठले जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।