काठमाडौं- पूर्वी रुकुमस्थित पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकसेराका हिक्मत घर्ती मगरले न्यूयोर्कको क्वीन्स कोरोनामा भएको करात कपका दुई बिधामा स्वर्ण पदक जितेका छन्।
सेप्टेम्बर २१ देखि २४ सम्म भएको ६७ केजी तौल समूह कुमेती र एकल कातातर्फ दुबैमा उनले स्वर्ण पदक प्राप्त गरेका हुन्। काता र कुमेती दुबै विधातर्फ उनले अमेरिकाका खेलाडीलाई हराए।
काता र कुमेतीमा अमेरिकी खेलाडी क्रमशः अउइ एजायुई र एलेक्स नेल्सनलाई हराएका हराएका हुन्। प्रतियोगितामा अमेरिकासहित ४० देशका खेलाडी सहभागी भएका थिए।
हिक्मतले सन २०१४ जर्मनीमा सम्पन्न अन्तर्राष्ट्रिय जर्मन वादो कपमा ५५ केजी तौल समूह कुमेतीमा नेपालीलाई रजत पदक दिलाएका थिए। सन २०१४ मै बेल्जियमा सम्पन्न भएको प्रथम गेन्त सिटी अन्तर्रा्ष्ट्रिय बुदो कराते कपमा ६० केजी तौल समूहमा क्यूबाका खेलाडीलाई फाइनलमा हराउँदै नेपाललाई स्वर्ग पदक दिलाएका थिए।
फ्रान्सको चाल्र्स डे गौल्ली शहरमा सम्पन्न भएको केड्लु एफ अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगीतामा ५५ केजी देखि ६२ केजी तौल समूह कुमेटीमा रजत पदक तथा व्यतिगत ६७ केजी कातातर्फ स्वर्ण पदक दिलाएका घर्तीमगरले जर्मनको हम्बुर्ग शहरमा सम्पन्न भएको एल्बी कप अन्तर्रा्ष्ट्रिय कराते कपमा काता तर्फमा पनि कास्य पदक पाएका हुन्।
कराते ओपन लिस्बोन २०१८ मा कुमुटी ६१ केजी तौल समूहमा कास्य पदक प्राप्त गरेर नेपालको गौरव बढाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।