काठमाडौं- दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी २० क्रिकेट प्रतियोगिता कार्तिक २६ देखि मंसिर ७ गतेसम्म गरिने आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले जनाएको छ।
पोखरामा फ्रेन्चाइज टी २० क्रिकेट लिग भित्र्याएर पहिलो सिजन सफल रुपमा आयोजना गरेको क्विन्स इभेन्टले दोस्रो सिजनमा पनि ६ सहरका ६ फेन्चाइज टिको सहभागिता रहने जनाएको छ।
जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल बाल्स्टर, चितवन राइनोज, काठमाडौं रोयल्स र धनगढी ब्लुज रहेका छन्। टिममा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुसँगै विदेशी खेलाडीहरु पनि सहभागी हुने बताइएको छ।
गएको पहिलो सिजन पोखरा पल्टनले उपाधि जितेको थियो।
क्विन्स इभेन्टका कार्यकारी निर्देशक छुम्बी लामाले नेपालमा पर्यटन विकासका लागि पनि पोखरामा गरिएको क्रिकेट प्रतियोगिताले सहयोग गर्ने विश्वास लिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।