काठमाडौं– गैंडाको दुई वटा खागसहित प्रहरीले प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले आइतबार दुई सैनिक र एक सर्वसाधरणलाई पक्राउ गरेको हो।
सिआईबीले गोरखा घर भएका हरिबहादुर ढकाल, कृष्णबहादुर मगर र डिलबहादुर ढकाललाई पक्राउ गरेको हो। हरिबहादुर र कृष्णबहादुर सैनिक भएको र उनीहरुमाथि थप कारबाहीका लागि सैनिक प्रहरीलाई बुझाइएको सिआइबीका एसपी जीवन कुमार श्रेष्ठले बताए। उनीहरुबाट प्रहरीले एउटा १ किलो १ सय ८० ग्राम तथा अर्काे ६ सुय ४० ग्रामको खाग बरामद भएको प्रहरीले पक्राउ नाएको छ।
डिलबहादुरलाई भने प्रहरीले जिल्ला वन कार्यालयमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।