काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना ९ जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ। २७ औं स्थापना दिवसको अवसरमा आयोगले राष्ट्रपतिबाट पुरस्कार वितरण गरेको हो।
उत्कृष्ट हुने कर्मचारीहरुमा सहसचिव बालकृष्ण घिमिरे, सहन्यायधीवक्ता शंकर खत्री, डिआईजी उत्तम कार्की, उपसचिव ज्ञानेन्द्र ढकाल, हिमकला पाण्डे, एसपी हृदय थापा, विमल बस्नेत तथा शाखाअधिकृतद्धय बालकृष्ण कोइराला र लक्ष्मण बाँस्तोला छन्।
उनीहरुलाई २० हजार नगद र ताम्रपत्रसहित पुरस्कृत गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।