संखुवासभा- अज्ञात समूहले अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसको निर्माणाधीन भवनमा शनिबार राति बम विस्फोट गराएका छन्।
संखुवासभाको चिचिला गाउँपालिका–३ को दिदिङमा रहेको पुखुवा पावर हाउसमा कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ। विस्फोटपछि निर्माणाधीन भवनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताए।
बम विस्फोट गर्ने समूहको खोजी तीव्र पारिएको छ। विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। दुई वर्षअघि पनि उक्त स्थानमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आगजनी गरेका थिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।