काठमाडौं– यु १८ साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल भुटानसँग ३-० ले पराजित भएको छ। हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ।
पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप दुई गोल खाएको हो।
सेमिफाइनलका लागि नेपालले अब भुटान र माल्दिभ्सबीच मंगलबार हुने खेलको नतिजा कुर्नुपर्ने हुन्छ। भुटानले माल्दिभ्सलाई बढी गोल अन्तरले हराएमा नेपाल सेमिफाइनल पुग्ने छ।
यसअघि नेपालले मल्दिभ्ससँग १-१ को बराबरी खेलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।