काठमाडौं- प्रथम इन्डो नेपाल पिकलबल च्याम्पियनसिपको सबै बिधामा स्वर्ण भारतले जितेको छ। पाँच स्वर्णका लागि भएको प्रतियोगिताको सबै स्वर्ण जित्दै भारतको टिमले च्यम्पियनसिपको उपाधी उचालेको हो।
प्रतियोगितामा नेपालकी निरा कायस्थ उत्कृष्ट खेलाडी घोषित भइन्।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको पुरुष एकलमा तीनै पदक भारतले जित्यो। जसमा विकास चौधरी प्रथम, गौरव कुमार द्वितीय र मोहम्मद साहिद तृतीय भए। महिला एकलमा भारतकी पुजा वागले स्वर्ण प्राप्त गर्दा नेपालकी निरा कायस्थले रजत पाइन्। यस्तै नेपालकै मन्दिरा श्रेष्ठले कास्य पाइन्।
पुरुष युगलतर्फ भारत पिकबल संघका अध्यक्ष डा. भरत राज शर्मा र विकास चौधरीको जोडीले स्वर्ण जित्यो। भारतकै गौरव कुमार र मोहम्मद साहिद तथा भुपेन्द्र पल र मुख्तार अलीको जोडीले रजत र कास्य पाए। महिलातर्फ भारतका पुजा वाग र इन्दिरा पाटिलले नेपालका उर्मिला तामाङ र नवदुर्गा राईलाई पराजित गर्दै स्वर्ण हात पारे। नेपालकै खुस्बु तिवारी र प्राची मादेनले कास्य पाए।
नेपाल पिकलबल संघको आयोजनामा भएको प्रतियोगिताको मिश्रीत युगल तर्फको खेलमा भारतका डा. भरत राज शर्मा र नेपालकी निरा कायस्थको जोडीलाई पराजित गर्दै भारतका भुपेन्द्र पोल र इन्दिरा पाटिलको जोडीले स्वर्ण जिते । तेश्रो स्थानमा भारतका निशान्त र रिश्माको जोडी रहे।
नेपाल पिकल बलका अध्यक्ष उमेश कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका महासचिव रणविर सिंह क्षेत्रीले सबै उमेरका खेलाडीहरुका लागि योग्य यस खेल नेपालमा प्रिय खेलको रुपमा विकसित हुने भन्दै नेपालमा यस खेलको विकास र विस्तारमा सहयोग पु¥याएकोमा एशियन पिकलबल र भारतीय पिकलबल महासंघलाई धन्यवाद प्रदान गरे।
विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, प्रदेश ३ का साँसद दिपेन श्रेष्ठ, एशियनल पिकलबल संघका महासचिव अमित कुमार राणा, नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाह, वडा नं. ९ का अध्यक्ष राम कृष्ण श्रेष्ठ, खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश नेवा लगायतले पुरस्कार वितरण गरेका थिए।
दुई दिन सम्म चलेको प्रतियोगितामा नेपाल र भारतका २०÷२० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।