नुवाकोट- रसुवाको बेत्रावतीबाट पानी भर्न मैलुङतर्फ जान लागेको ट्याङ्कर उत्तरगया–५ खाल्टेमा दुर्घटना हुँदा चालक नवराज श्रेष्ठको मृत्यु भएको छ।
बा२ख ७४१६ नं को ट्याङकर खाल्टेस्थित सडकमा दुर्घटना भएर त्रिशूली नदीमा पुग्दा चालक विदुर नगरपालिका– ३ का २५ वर्षीय श्रेष्ठको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ।
बिहान करिब ११ बजे ट्याङ्कर त्रिशूली नदीमा खसेकोमा श्रेष्ठको शव अपराह्न साढे २ बजे मात्र स्थानीयवासीको सहयोगमा नदीबाट बाहिर निकालिएको इलाका प्रहरी कार्यालय कालिकास्थानका प्रहरी निरीक्षक सानुबाबु भण्डारीले जानकारी दिए।
शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूली नुवाकोटमा ल्याइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।