काठमाडौं -नेकपा(एमाले) बलेफी काठमाडौं सम्पर्क मञ्च गठन भएको छ। सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा स्थायी घर भई काठमाडौंमा बसोबास गर्नेहरुलाई समेटेर शनिबार रामचन्द्र सापकोटाको अध्यक्षतामा सम्पर्क मञ्च गठन गरिएको हो।
मञ्चको उपाध्यक्षमा कृष्ण नेपाल,सचिवमा मदन चालिसे,सह सचिवमा गोपाल थापा,कोषाध्यक्षमा रामनुज नेपाल चयन भएका छन्।
मञ्च गठन कार्यक्रममा एमाले नेता सुवास कर्माचार्य तथा बलेफी गाउँपालिकाका प्रमुख केदार क्षेत्री अतिथिका रुपमा उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।