• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

महिला दर्शकलाई फुटबल हेर्नै बन्देज : अदालतबाहिर जलिन् एक युवती

64x64
नेपाल लाइभ शुक्रबार, असोज ३, २०७६  १३:५६
1140x725

काठमाडौं- १० दिनअघि इरानमा एक महिला फुटबल समर्थकले आत्महत्या गरिन्। फुटबल हेर्नका लागि स्टेडियम पस्न केटाको जस्तै लुगा लगाएर गएकी उनी पक्राउ परेकी थिइन्। त्यसैमा मुद्दा चलिरहँदा आफूमाथि आगो लगाएकी उनको ज्यान गयो। 

गएको मार्चमा साहर खोदयारी नामकी ती युवती फुटबल हेर्न जानु इरानमा कानूनको उल्लघंन पनि होइन, तर पनि सरकारीस्तरबाट नै महिलालाई रंगशालामा जान लगाइएको बन्देजका कारण उनलाई पक्राउ गरिएको थियो। 

एएफसी च्याम्पियनसिपमा इरानकै एस्तेगलाल एफसी र युएइको अल एनबीचको खेल हेर्न साहर आजादी रंगाशालामा जाने प्रयासमा थिइन्। तर त्यही आजादी रंंगशाला बाहिर उनको ‘आजादी’ (स्वतन्त्रता) खोसियो। आफ्नो शीर राम्ररी नछोपेको भन्दै उनलाई इस्लामिक हिजाब कानूनअनुसार सजाय सुनाउने तयारी भइरहेको थियो। 

उनलाई तेहरानमा अदालतमा उपस्थित गराउँदा दुई वर्षको जेल सजाय हुने बुझेपछि उनले आफैमाथि आगो लगाएकी थिइन्। तुरुन्तै अस्पताल लगिए पनि शरीरको ९० प्रतिशत भाग जलेकी उनी बाँच्न सकिनन्। 

आफ्नो मनपर्ने टिम एस्तेगलाल एफसीको निलो जर्सी लगाएर रंगशाला जाँदा पक्राउ परेकी साहरको अहिले सामाजिक सञ्जालमा ‘ब्लु गर्ल’का रुपमा चर्चा भइरहेको छ। हजारौँले महिलालाई रंगशाला जान रोक्नु मानव अधिकारविरुद्धको काम भइरहेको बताएका छन्। 

‘एक दिन सहरकै सबैभन्दा ठूलो रंगशालाको नाम नै ब्लु गर्ल हुनेछ’ इरानका पत्रकार मोहम्मद मोसाइदले ट्वीटमा लेखेका छन्, ‘त्यो दिन हामीमध्ये कोही भएनौँ भने पनि हाम्रा सन्ततीहरुले बुझ्ने छन् कि उनका पुर्खाले सामान्य मानव अधिकार पाउन पनि कति संघर्ष गर्नुपरेको थियो।’

इरानमा महिलालाई रंगशालामा पुगेर फुटबल हेर्न प्रतिबन्ध लागेको १९८० को दशकको सुरुतिर नै हो। त्यसमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि विभिन्न समय महिला दर्शकमाथि प्रतिबन्ध नलगाउन भने पनि सुनुवाई भएको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

इरान १९९८ को विश्वकपमा छनोट भएको खुसीयालीमा १९९७ मा महिला पुरुष दर्शकहरु प्रहरीको रोकावट तोडेर रंगशाला प्रवेश गर्न सफल भएका थिए। यस्तै संघर्ष चलिरहँदा २००६ मा तत्कालिन राष्ट्रपति महमुद अहमदिनेजादले महिला दर्शकलाई रंगशाला प्रवेश खुला गरिदिएका थिए। तर त्यो एक महिना पनि रहन सकेन। 

फिफाको लगातारको दबाबपछि केही वर्ष यता राष्ट्रिय टिमका केही खेलहरुमा भने छानिएका केही महिला दर्शकलाई रंगशाला जान दिइने गरिएको छ। यसमा केही महिला दर्शकलाई छानेर भित्र लैजाने र प्रतिबन्ध नरहेको देखाउने इरानको शैली फिफाबाट प्रतिबन्धमा पर्ने डरका कारण मात्रै भएको धेरैले बताउँछन्। 

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बिहीबार मात्रै इरानमा महिला दर्शकलाई रंगशाला प्रवेशमा रोक नलगाउन भनेका छन्। ‘इरान फुटबल संघ र सरकारी निकायहरुले पनि यसमा विचार गरुन्, फिफाबाट हामीले धेरै पटक महिला दर्शकलाई रंगशाला प्रवेशमा रोक नलगाउन भनिसकेका छौँ, अब त्यो प्रतिबन्ध हटेको सुन्न पाउने आशमा छौँ’ फिफा अध्यक्षले भनेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले सिधा रुपमा भनेका छन्- ‘महिलालाई रंगशाला प्रवेश सहज हुनुपर्छ र त्यसमाथिको प्रतिबन्ध हट्नुपर्छ। यसलाई सुरक्षित रुपमा गर्न केही प्रक्रियाहरु होलान् तर यसमा धेरै समय लगाउनु हुँदैन।’ 

इरानभित्र महिलालाई रंगशालामा जान प्रतिबन्ध लागेका कारण विश्वकपका बेला र राष्ट्रिय टिमका अन्य खेल विदेशमा हुँदा इरानी महिलाहरु ठूलो संख्यामा फुटबल हेर्न पुगिरेहका हुन्छन्। त्यसबाट फुटबलप्रतिको उनीहरुको लगाव देख्न सकिन्छ। 

अब अक्टोवर १० मा विश्वकप छनोट अन्तर्गत कम्बोडियासँग घरेलु मैदानमा हुने खेलमा इरानले महिला दर्शकमाथि प्रतिबन्ध नलगाउने विश्वासमा फिफा देखिन्छ। इरानमा रहेका अधिकारकर्मीहरु पनि महिला दर्शकले रंगशाला प्रवेश पाउनुपर्ने आवाज निरन्तर उठाइरहेका छन्। तर प्रतिबन्ध किन लगाइएको थियो भन्ने एकीन कारण नै नहुँदा पनि प्रतिबन्ध फुकुवा हुन भने सकेको छैन। 
 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्