रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका ५ सिस्नेरीमा आगलागीमा तीन बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनबहादुर मोक्तानकी छोरी वर्ष ६ की अस्मिता मोक्तान, वीरबहादुर मोक्तानकी छोरी ७ वर्षीया रिपोला मोक्तान र ३ वर्षीया मंगलीमाया मोक्तान रहेको प्रहरीले जनाएको छ।
घरका परिवार गाउँमा घेवामा गएको बेला शनिबार दिउँसो वीरबहादुर मोक्तानको अस्थायी टहरामा लागेको आगोका कारण उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक शरदकुमार थापा क्षेत्रीले बताए। घरमा कोही नभएको समयमा ती बालिकाहरूले खेल्ने क्रममा अचानक आगो लागेको क्षेत्रीले बताए।
आगलागीबाट घरमा भएका अन्नपात तथा लत्ताकपडा जलेर नष्ट हुँदा करिब ३ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
दुई वर्षअघिको भूकम्पले घर भत्काएपछि मोक्तान परिवार अस्थायी टहरामा बस्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।