काठमाडौं– दुर्घटनामा परी मृत्यु भएका सिचाँई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादवको शव निकाल्ने क्रममा एक प्रहरी घाइते भएका छन्।
उद्धार कार्यमा खटिएका गोताखोरहरु मध्ये सशस्त्र प्रहरी हवल्दार तारानाथ चपाँई घाइते भएका हुन्। मृतकको शव नदीबाट बाहिर निकाली पुनः पानीभित्र पस्ने क्रममा घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ।
उनलाई उपचारका लागि तत्कालै नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं ल्याइएको छ । छाउनीस्थित सैनिक अस्पतालमा उपचारपछि निज घाइतेलाई नेपाल एपीएफ अस्पताल बलम्बुमा लगिएको छ । उनको अवस्था हाल सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको जीप नदीभित्र करीव ३० फिट पानीको गहिराईमा पुरै डुबेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका गोताखोरले फेलापारी जीपभित्रबाट मृतकहरुको शव नदी बाहिर निकालेका थिए ।
काठमाडौं आउने क्रममा सचिव यादबले चलाएको जीप त्रिशुलीमा खसेके थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।