सिन्धुपाल्चोक– पुल निर्माणको क्रममा एक कामदारको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्।
बलेफी गाउँपालिका–७ अरनिको राजमार्गस्थित सुनकोशी नदीमा खाडीचौर–चरिकोट पुल निर्माण गर्न रड बाध्ने क्रममा माथिबाट रड खसेर च्याप्दा भारत घर भएका २५ वर्षीय रबिराम बसन्तारीको शुक्रबार घटनास्थलमै मृत्यु भएको हो। भारत घर भएका २२ वर्षीय सखुल बसन्तारी र १९ वर्षीय नन्दकिशोर यादब घाइते भएकोले उपचारको लागि सदाभार अस्पताल लगिएको छ। घाइतेमध्ये सखुलको अबस्था गम्भीर र नन्दकिशोरको सामान्य रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।