काठमाडौं– ऐतिहासिक जहाज ‘९ एन एबीबी ट्वीनअटर’ बिपी संग्रहालय, सुन्दरीजलमा राखिएको छ।
२०३० जेठ २८ मा गिरिजाप्रसाद कोइरालाको योजनामा तत्कालीन शाही नेपाल वायुसेवा निगमको उक्त विमान अपहरण भएको थियो।
नेपाल राष्ट्र बैंकका लागि ३० लाख भारतीय रुपैयाँ लिएर जहाज विराटनगरबाट काठमाडौं उड्न लागेको सूचना पाएपछि सो रकम 'क्रान्तिका लागि' चाहिने भन्दै अपहरणको योजना बन्यो। जुन कामको जिम्मा सुशील कोइरालाले पाएका थिए। अपहरणको योजनाकार थिए, गिरिजाप्रसाद कोइराला। उनको सहयोगीका रुपमा थिए चक्रप्रसाद बाँस्तोला। कांग्रेसले पञ्चायतविरूद्ध चलाएको सशस्त्र क्रान्तिका लागि विमान अपहरणमा परेको थियो।
अपहरण गरी भारतको फारबिसगन्ज पुर्याउने कार्यको नेतृत्व दुर्गा सुवेदीले गरेका थिए। अपहरणमा उनलाई वसन्त भट्टराई र नगेन्द्र ढुंगेलले साथ दिएका थिए।
सोही विमान २०७० फागुन ४ मा अर्घाखाँचीको मसिनेलेकमा दुर्घटना भयो। विमानको अवशेष संकलन गरेर मर्मत गरी जहाजको आकृति दिइएको संग्राहलयमा संस्थापक अध्यक्ष परशुराम पोखरेलले बताए।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले जेलजीवन बिताएको सुन्दरीजल बन्दीगृहलाई अहिले संग्रहालय बनाइएको हो। बिपीलाई फागुन २०१७ देखि २०२५ कात्तिक २५ सम्म यहीँ बन्दी बनाइएको थियो। 'इतिहासको संरक्षण होस् भन्नका लागि हामीले यो योजना बनाएका हौं,' अध्यक्ष पोखरेलले भने, 'अब सो विमान सर्वसाधारणले पनि सहज रुपमा हेर्न पाउनेछन्।'
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।