रियो दी जेनेरियो- ब्राजिलका न्याय मन्त्री टोरक्वाटो जार्डीमले भेनेजुयलाबाट ब्राजिलमा आएकाहरुलाई रोजगारी दिने घोषणा गरेका छन्।
उनले ब्राजिलको उत्तरी क्षेत्रबाट सीमा पार गरेर आउनेहरूलाई लक्षित गरेर रोजगारीको घोषणा गरिएको बताए। भेनेजुयलासँगको सिमानामा पर्ने रोराइमा राज्यको राजधानी बोआको भ्रमणका क्रममा मन्त्री जार्डीमले यस्तो घोषणा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
गत केही महिना अगाडि प्राप्त तथ्यांक अनुसार आफ्नो देश भेनेजुयलामा रोजगारी नपाएको र गरिबी भएकाले ब्राजिलमा आएका आप्रवासीहरु धेरै रहेका छन्।
भेनेजुयलाका झन्डै ४० हजार नागरिक ब्राजिलको विभिन्न सहरमा बस्ने गरेका विश्वास गरिएको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।