काठमाडौं -सरकारले राष्ट्रिय सभामा तीन जनाको मनोनयन प्रक्रिया अघि बढाएको छ। मनोयनमा साना दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्ना मान्छे नियुक्ति गर्न दबाब दिएका छन्।
केही दिनभित्रै ३ सदस्य मनोनयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नाम सिफारिस गर्ने तयारी प्रधानमन्त्री देउवाको छ। कानुनमन्त्री यज्ञबहादुर थापाका अनुसार ३ जना सदस्यको नाम सिफारिस गर्ने जिम्मेवारी मन्त्रिपरिषद्ले प्रधानमन्त्रीलाई दिएको छ।
संविधानको धारा ८६ को २ (ख) मा सरकारले राष्ट्रिय सभामा ३ जना सदस्य मनोनीत गर्ने प्रावधान छ । स्रोतका अनुसार देउवाले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम मनोनयनका लागि राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेका छन् । राप्रपाले बन्दना राणाको नाम राख्न प्रधानमन्त्रीलाई दबाब दिएको छ।
उनीहरुमध्ये जोशी राप्रपा प्रजातान्त्रिकको सिफारीसमा परेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।