• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

च्याम्पियन्स लिगका ह्याट्रिक हिरो : जसले पहिलो खेलमै चकित पारे

64x64
नेपाल लाइभ बुधबार, असोज १, २०७६  १७:३८
1140x725

काठमाडौं- च्याम्पियन्स लिगमा पहिलो खेलमा रेडबुल साल्जबर्गले जेन्कलाई ६-२ ले हरायो। जसमा साल्जबर्गका एरलिङ ब्रउट हल्यान्डले च्याम्पियन्स लिग डेब्यू खेलमा ह्याट्रिक नै गरे। खेलको दोस्रो मिनेटमा नै गोल गरेका उनले ३४ औँ र ४५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। 

समूह ‘इ’ अन्तर्गत अस्ट्रियाको क्लब रेडबुल साल्जबर्ग र बेल्जियमको क्लब जेन्कबीच साल्जबर्गको मैदानमा भएको खेलपछि ह्याट्रिक हिरो हल्यान्डको चर्चा भइरहेको छ। तीन गोलका कारण मात्रै होइन खेलभर नै जेन्कलाई दबाबमा राख्न उनको भूमिका प्रमुख रह्यो। 

पहिलो खेलपछि नै साल्जबर्गको खेल क्षमतामा सबै खेलाडीको तारिफ भइरहेको छ। कतिपयले त साल्जबर्गले गएको सिजनको च्याम्पियन्स लिगमा आयाक्सले देखाएको जस्तै क्षमता देखाइरहेको बताएका छन्। 

गएको सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको नेदरल्याण्ड्सको क्लब आयाक्सले अन्तिम १६ को खेलमा रियल मड्रिड र क्वाटरफाइनलमा युभेन्टसलाई समेत हराएको थियो। यो सिजन साल्जबर्गले उस्तै खेल देखाउने विश्लेषण भइरहँदा ह्याट्रिक गरेका हल्यान्डले आफूहरु राम्रो गर्ने विश्वासमा रहेको बताएका छन्।

मंगलबार च्याम्पियन्स लिगको पहिलो ह्याट्रिकपछि १९ वर्षका हल्यान्डले भने- ‘सानोदेखिको सपना साकार भएको छ।’

‘गएको वर्ष आयाक्सले के गरेको थियो त्यो हामी सबैले देख्यौँ, त्यसैले यो सिजन हामी नयाँ आयाक्सका रुपमा देखिन पाए खुसी नै हुनेछौँ। हामीलाई थाहा छ च्याम्पियन्स लिगमा निकै राम्रा टिमहरु हुन्छन्, त्यसैले सहज त छैन तर असम्भव कुरा केही हुँदैन’ उनले भने। 

च्याम्पियन्स लिगमा मात्रै होइन हल्यान्डले नर्वेको क्लब मोल्डेबाट यो सिजन साल्जबर्ग आएदेखि नै आफ्नो उत्कृष्ट खेल देखाइरहेका छन्। च्याम्पियन्स लिगको ह्याट्रिकसहित उनले यो सिजनका नौ खेलमा चार ह्याट्रिक गरिसकेका छन्। उनले सबै गरेर यो सिजन ९ खेलमा १७ गोल गरेका छन्। साथै च्याम्पियन्स लिगको पहिलो हाफमा नै ह्याट्रिक पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बनेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

‘हल्यान्ड जसरी अघि बढिरहेका छन् त्यो अविश्वसनीय छ। मानिसहरुले अस्ट्रियामा गोल गर्न उनका लागि सजिलो छ भनिरहेका थिए, तर उनले फुटबलको ठूलो मैदानमा पनि आफूलाई प्रमाणित गरिदिए’ उनकै टिमका साथी जुनुजोभिचले युइएफएसँग भनेका छन्। 

यसैगरी २००४ को च्याम्पियन्स लिगमा डेब्यू गर्दा म्यानचेस्टर युनाइटेडका वायन रुनीले पनि टर्कीको क्लब फेनारबाचेविरुद्ध ह्याट्रिक गरेका थिए। र अहिले साल्जबर्गका हल्यान्डले पनि त्यसबेला रुनीले गरेको जस्तै अनुभव गरिहेका छन्। ‘उनी विश्वका उत्कृष्ट स्ट्राइकरमध्ये एक हुनेछन्। उनी असाध्यै अभूतपूर्व छन्’ उनका टिमका साथी म्याक्सिमिलियन रुबरले भने। 

साल्जबर्गका प्रशिक्षक जेसी मार्स हल्यान्डको खेललाई सकारात्मक, उर्जावान र रोमाञ्चकारी रहेको बताउँछन्। ‘उनको खेल उत्कृष्ट छ। उनको खेलसँगै व्यक्तित्वलाई पनि जोडेर हेर्ने हो भने त उनी असाध्यै भिन्न देखिन्छन्। अब उनी योभन्दा अझ राम्रो हुँदै जानेछन्’ प्रशिक्षक जेसीले भने। 

हल्यान्डमा अद्वितीय खेल कलाको विकास यसै भएको होइन। उनका बुबा अल्फ इन्गे हल्यान्ड पनि पूर्वफुटबल खेलाडी नै हुन्। फुटबल जगतमा डिफेन्सिभ मिडफिल्डर अल्फ इन्गेको नाम कुनै समय निकै चर्चामा थियो। १९९० ताका नर्वेकै ब्राइन फुटबल क्लबमा खेल्ने अल्फ इन्गे १९९३ मा इंग्लिस क्लब नटिङहम फरेस्ट, १९९७ मा लिड्स युनाइटेड हुँदै २००० देखि २००३ सम्म म्यानचेस्टर युनाइटेडमा थिए। उनले १९९४ देखि २००१ सम्म नर्वेको राष्ट्रिय टिमबाट समेत खेलेका थिए। 

यसैले अल्फ इन्गे हल्यान्डका छोरा एरलिङ ब्रउट हल्यान्डले पनि आफ्नो बुबाको बाटो पछ्याउँदै त्योभन्दा स्तरीय खेलाडी बन्ने देखाइसकेका छन्। मंगलबार राति च्याम्पियन्स लिग खेलमा पनि उनले तीन सट प्रहार गर्दा तीनै सट गोलमा परिणत गरेका थिए। 

यसअघि गएको मे महिनामा भएको यु२० विश्वकपमा पनि ६ फिट ३ इन्च अग्ला खेलाडी हल्यान्डले नर्वेको टिमबाट होन्डुरसविरुद्ध एकै खेलमा ९ गोल गरेर कीर्तिमान बनाएका थिए। १२–० ले नर्वेले जितेको उक्त खेलपछि हल्यान्डको चर्चा चलिरहेको थियो। च्याम्पियन्स लिगको ह्याट्रिकपछि त्यसमा थप बल पुगेको छ। 

आफ्नो बुबाले जस्तै नर्वेकै ब्राइन फुटबल क्लबबाट २०१६ मा खेल जीवन सुरु गरेका हल्यान्ड २०१७ मा नर्वेको मोल्ड फुटबल क्लबमा पुगेका थिए। त्यहाँ एक सिजन बसेका उनी यही सिजन अस्ट्रियाको क्लब साल्जबर्ग आएका हुन्। जहाँ आउनेवित्तिकै उनले फुटबलमा तहल्का मच्चाइरहेका छन्। नर्वेमा पनि उनले यु १५, यु १६, यु १७, यु १९, यु २० हुँदै यु २१ र राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन्। 

हल्यान्डको उत्कृष्ट खेलशैली देखेर नै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओल गुनार सोल्सकेएरले उनलाई युनाइटेड भित्र्याउने इच्छा देखाइसकेका छन्। ‘कुनै समयका लुकाकु जस्तै खेल हल्यान्डले देखाएका छन्, उनी विश्वस्तरीय स्ट्राइकरका रुपमा अगाडि आइसकेका छन्’ सोल्सकेएरले भने। 

हल्यान्ड नर्वेको मोल्ड फुबटल क्लबमा रहँदा प्रशिक्षक उनै सोल्सकेएर थिए। जसले उतिबेलै हल्यान्डको खुबी नियालिसकेका हुन्। 

‘पहिलोपटक उनलाई मोल्डमा देख्दा उनी यस्तो स्तरीय होलान् भन्ने लागेकै थिएन। तर त्यसपछि उनले आफूलाई जसरी विकास गर्दै लगे त्यस्तो मैले आफ्नो पूरा जीवनमा देखेको छैन। उनी देखिने भन्दा धेरै बलिया छन्, देखिने भन्दा धेरै नै तीब्र पनि छन्। उनी उत्कृष्ट हुन्’ कुनै समय उनीसँगै खेलेका रुबेन गाब्रिएलसेनले भने। 

हुन त अहिले हल्यान्डबारे तारिफ गरिहाल्नु हतारो जस्तो पनि लाग्ला तर उनले देखाएको खेल मैदानमा निल्याने हो भने तारिफ नगरी बस्न सकिने अवस्था रहँदैन। अग्लो कद र बलियो शरीरका उनले जब बल अगाडि बढाउँछन् तब कतिपय डिफेन्डरसँग उनलाई फोउल गरेर रोक्नुको विकल्प हुँदैन। 

एक समय ब्राइन फुटबल क्लबमा उनको दोस्रो सिजन चलिरहँदा १६ खेल खेलिसक्दा पनि गोलविहीन थिए। त्यसपछि उनले आफूले मेहनत बढाउनुपर्ने सोचे र बढाए पनि। शारीरिक उचाइ र तौल बढेसँगै उनको खेलशैली पनि राम्रो हुँदै गयो। मोल्डमा आएपछि उनको खेल राम्रो हुन थालेको हो। २०१७ को पहिलो सिजन २० खेलमा ४ गोल गरेका उनले अर्को सिजन त २५ खेलमा नै १२ गोल हानेका थिए। 

यस्ता हल्यान्ड २०१९ को जनवरीमा साल्जबर्ग जाने कुराले धेरैले आश्चर्य मानिरहेका थिए। किनभने उनका लागि युभेन्टस र बायर लिभरकुसन जस्ता क्लबबाट पनि बोलावट आइरहेको थियो। 

‘युभेन्टसबाट समेत अफर आउँदा म असाध्यै खुसी भएको थिए्ँ। तर त्यहाँ अहिले नै गइहाल्नु हतारो हुन्छ जस्तो लाग्यो। साल्जवर्ग नै आफ्ना लागि उपयुक्त लाग्यो र त्यहीँ गएँ, मलाई धेरै चाहने क्लबमा नै थियो साल्जबर्ग पनि, यहाँ खेल्ने समय धेरै पाउँछु भनेर पनि आएँ’ जनवरीमा नै हल्यान्डले एक अन्तर्वार्तामा भनेका थिए।

१९ वर्षका हरेक राम्रा खेलाडी जस्तै हल्यान्डको पनि सपना विश्वकै स्तरीय खेलाडी बन्ने रहेको छ। तर उनी त्यसमा हतारो गर्दैनन्। हरेक पटक पाएको अवसरमा राम्रो गर्दै जाने उनको लक्ष्य रहेको छ। ‘पहिले त म आफ्नो बुबाभन्दा राम्रो गरेर देखाउने योजनामा छु। उहाँले प्रिमियर लिगमा १८१ खेल खेल्नुभएको थियो, उदाहरणका लागि उहाँले खेल्नुभए भन्दा धेरै खेल खेल्नु पनि मेरो एउटा लक्ष्य हो’ उनले भनेका छन्। 
 

प्रकाशित मिति: बुधबार, असोज १, २०७६  १७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्