• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

च्याम्पियन्स लिगका ह्याट्रिक हिरो : जसले पहिलो खेलमै चकित पारे

64x64
नेपाल लाइभ बुधबार, असोज १, २०७६  १७:३८
1140x725

काठमाडौं- च्याम्पियन्स लिगमा पहिलो खेलमा रेडबुल साल्जबर्गले जेन्कलाई ६-२ ले हरायो। जसमा साल्जबर्गका एरलिङ ब्रउट हल्यान्डले च्याम्पियन्स लिग डेब्यू खेलमा ह्याट्रिक नै गरे। खेलको दोस्रो मिनेटमा नै गोल गरेका उनले ३४ औँ र ४५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। 

समूह ‘इ’ अन्तर्गत अस्ट्रियाको क्लब रेडबुल साल्जबर्ग र बेल्जियमको क्लब जेन्कबीच साल्जबर्गको मैदानमा भएको खेलपछि ह्याट्रिक हिरो हल्यान्डको चर्चा भइरहेको छ। तीन गोलका कारण मात्रै होइन खेलभर नै जेन्कलाई दबाबमा राख्न उनको भूमिका प्रमुख रह्यो। 

पहिलो खेलपछि नै साल्जबर्गको खेल क्षमतामा सबै खेलाडीको तारिफ भइरहेको छ। कतिपयले त साल्जबर्गले गएको सिजनको च्याम्पियन्स लिगमा आयाक्सले देखाएको जस्तै क्षमता देखाइरहेको बताएका छन्। 

गएको सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको नेदरल्याण्ड्सको क्लब आयाक्सले अन्तिम १६ को खेलमा रियल मड्रिड र क्वाटरफाइनलमा युभेन्टसलाई समेत हराएको थियो। यो सिजन साल्जबर्गले उस्तै खेल देखाउने विश्लेषण भइरहँदा ह्याट्रिक गरेका हल्यान्डले आफूहरु राम्रो गर्ने विश्वासमा रहेको बताएका छन्।

मंगलबार च्याम्पियन्स लिगको पहिलो ह्याट्रिकपछि १९ वर्षका हल्यान्डले भने- ‘सानोदेखिको सपना साकार भएको छ।’

‘गएको वर्ष आयाक्सले के गरेको थियो त्यो हामी सबैले देख्यौँ, त्यसैले यो सिजन हामी नयाँ आयाक्सका रुपमा देखिन पाए खुसी नै हुनेछौँ। हामीलाई थाहा छ च्याम्पियन्स लिगमा निकै राम्रा टिमहरु हुन्छन्, त्यसैले सहज त छैन तर असम्भव कुरा केही हुँदैन’ उनले भने। 

च्याम्पियन्स लिगमा मात्रै होइन हल्यान्डले नर्वेको क्लब मोल्डेबाट यो सिजन साल्जबर्ग आएदेखि नै आफ्नो उत्कृष्ट खेल देखाइरहेका छन्। च्याम्पियन्स लिगको ह्याट्रिकसहित उनले यो सिजनका नौ खेलमा चार ह्याट्रिक गरिसकेका छन्। उनले सबै गरेर यो सिजन ९ खेलमा १७ गोल गरेका छन्। साथै च्याम्पियन्स लिगको पहिलो हाफमा नै ह्याट्रिक पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बनेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘हल्यान्ड जसरी अघि बढिरहेका छन् त्यो अविश्वसनीय छ। मानिसहरुले अस्ट्रियामा गोल गर्न उनका लागि सजिलो छ भनिरहेका थिए, तर उनले फुटबलको ठूलो मैदानमा पनि आफूलाई प्रमाणित गरिदिए’ उनकै टिमका साथी जुनुजोभिचले युइएफएसँग भनेका छन्। 

यसैगरी २००४ को च्याम्पियन्स लिगमा डेब्यू गर्दा म्यानचेस्टर युनाइटेडका वायन रुनीले पनि टर्कीको क्लब फेनारबाचेविरुद्ध ह्याट्रिक गरेका थिए। र अहिले साल्जबर्गका हल्यान्डले पनि त्यसबेला रुनीले गरेको जस्तै अनुभव गरिहेका छन्। ‘उनी विश्वका उत्कृष्ट स्ट्राइकरमध्ये एक हुनेछन्। उनी असाध्यै अभूतपूर्व छन्’ उनका टिमका साथी म्याक्सिमिलियन रुबरले भने। 

साल्जबर्गका प्रशिक्षक जेसी मार्स हल्यान्डको खेललाई सकारात्मक, उर्जावान र रोमाञ्चकारी रहेको बताउँछन्। ‘उनको खेल उत्कृष्ट छ। उनको खेलसँगै व्यक्तित्वलाई पनि जोडेर हेर्ने हो भने त उनी असाध्यै भिन्न देखिन्छन्। अब उनी योभन्दा अझ राम्रो हुँदै जानेछन्’ प्रशिक्षक जेसीले भने। 

हल्यान्डमा अद्वितीय खेल कलाको विकास यसै भएको होइन। उनका बुबा अल्फ इन्गे हल्यान्ड पनि पूर्वफुटबल खेलाडी नै हुन्। फुटबल जगतमा डिफेन्सिभ मिडफिल्डर अल्फ इन्गेको नाम कुनै समय निकै चर्चामा थियो। १९९० ताका नर्वेकै ब्राइन फुटबल क्लबमा खेल्ने अल्फ इन्गे १९९३ मा इंग्लिस क्लब नटिङहम फरेस्ट, १९९७ मा लिड्स युनाइटेड हुँदै २००० देखि २००३ सम्म म्यानचेस्टर युनाइटेडमा थिए। उनले १९९४ देखि २००१ सम्म नर्वेको राष्ट्रिय टिमबाट समेत खेलेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैले अल्फ इन्गे हल्यान्डका छोरा एरलिङ ब्रउट हल्यान्डले पनि आफ्नो बुबाको बाटो पछ्याउँदै त्योभन्दा स्तरीय खेलाडी बन्ने देखाइसकेका छन्। मंगलबार राति च्याम्पियन्स लिग खेलमा पनि उनले तीन सट प्रहार गर्दा तीनै सट गोलमा परिणत गरेका थिए। 

यसअघि गएको मे महिनामा भएको यु२० विश्वकपमा पनि ६ फिट ३ इन्च अग्ला खेलाडी हल्यान्डले नर्वेको टिमबाट होन्डुरसविरुद्ध एकै खेलमा ९ गोल गरेर कीर्तिमान बनाएका थिए। १२–० ले नर्वेले जितेको उक्त खेलपछि हल्यान्डको चर्चा चलिरहेको थियो। च्याम्पियन्स लिगको ह्याट्रिकपछि त्यसमा थप बल पुगेको छ। 

आफ्नो बुबाले जस्तै नर्वेकै ब्राइन फुटबल क्लबबाट २०१६ मा खेल जीवन सुरु गरेका हल्यान्ड २०१७ मा नर्वेको मोल्ड फुटबल क्लबमा पुगेका थिए। त्यहाँ एक सिजन बसेका उनी यही सिजन अस्ट्रियाको क्लब साल्जबर्ग आएका हुन्। जहाँ आउनेवित्तिकै उनले फुटबलमा तहल्का मच्चाइरहेका छन्। नर्वेमा पनि उनले यु १५, यु १६, यु १७, यु १९, यु २० हुँदै यु २१ र राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन्। 

हल्यान्डको उत्कृष्ट खेलशैली देखेर नै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओल गुनार सोल्सकेएरले उनलाई युनाइटेड भित्र्याउने इच्छा देखाइसकेका छन्। ‘कुनै समयका लुकाकु जस्तै खेल हल्यान्डले देखाएका छन्, उनी विश्वस्तरीय स्ट्राइकरका रुपमा अगाडि आइसकेका छन्’ सोल्सकेएरले भने। 

हल्यान्ड नर्वेको मोल्ड फुबटल क्लबमा रहँदा प्रशिक्षक उनै सोल्सकेएर थिए। जसले उतिबेलै हल्यान्डको खुबी नियालिसकेका हुन्। 

‘पहिलोपटक उनलाई मोल्डमा देख्दा उनी यस्तो स्तरीय होलान् भन्ने लागेकै थिएन। तर त्यसपछि उनले आफूलाई जसरी विकास गर्दै लगे त्यस्तो मैले आफ्नो पूरा जीवनमा देखेको छैन। उनी देखिने भन्दा धेरै बलिया छन्, देखिने भन्दा धेरै नै तीब्र पनि छन्। उनी उत्कृष्ट हुन्’ कुनै समय उनीसँगै खेलेका रुबेन गाब्रिएलसेनले भने। 

हुन त अहिले हल्यान्डबारे तारिफ गरिहाल्नु हतारो जस्तो पनि लाग्ला तर उनले देखाएको खेल मैदानमा निल्याने हो भने तारिफ नगरी बस्न सकिने अवस्था रहँदैन। अग्लो कद र बलियो शरीरका उनले जब बल अगाडि बढाउँछन् तब कतिपय डिफेन्डरसँग उनलाई फोउल गरेर रोक्नुको विकल्प हुँदैन। 

एक समय ब्राइन फुटबल क्लबमा उनको दोस्रो सिजन चलिरहँदा १६ खेल खेलिसक्दा पनि गोलविहीन थिए। त्यसपछि उनले आफूले मेहनत बढाउनुपर्ने सोचे र बढाए पनि। शारीरिक उचाइ र तौल बढेसँगै उनको खेलशैली पनि राम्रो हुँदै गयो। मोल्डमा आएपछि उनको खेल राम्रो हुन थालेको हो। २०१७ को पहिलो सिजन २० खेलमा ४ गोल गरेका उनले अर्को सिजन त २५ खेलमा नै १२ गोल हानेका थिए। 

यस्ता हल्यान्ड २०१९ को जनवरीमा साल्जबर्ग जाने कुराले धेरैले आश्चर्य मानिरहेका थिए। किनभने उनका लागि युभेन्टस र बायर लिभरकुसन जस्ता क्लबबाट पनि बोलावट आइरहेको थियो। 

‘युभेन्टसबाट समेत अफर आउँदा म असाध्यै खुसी भएको थिए्ँ। तर त्यहाँ अहिले नै गइहाल्नु हतारो हुन्छ जस्तो लाग्यो। साल्जवर्ग नै आफ्ना लागि उपयुक्त लाग्यो र त्यहीँ गएँ, मलाई धेरै चाहने क्लबमा नै थियो साल्जबर्ग पनि, यहाँ खेल्ने समय धेरै पाउँछु भनेर पनि आएँ’ जनवरीमा नै हल्यान्डले एक अन्तर्वार्तामा भनेका थिए।

१९ वर्षका हरेक राम्रा खेलाडी जस्तै हल्यान्डको पनि सपना विश्वकै स्तरीय खेलाडी बन्ने रहेको छ। तर उनी त्यसमा हतारो गर्दैनन्। हरेक पटक पाएको अवसरमा राम्रो गर्दै जाने उनको लक्ष्य रहेको छ। ‘पहिले त म आफ्नो बुबाभन्दा राम्रो गरेर देखाउने योजनामा छु। उहाँले प्रिमियर लिगमा १८१ खेल खेल्नुभएको थियो, उदाहरणका लागि उहाँले खेल्नुभए भन्दा धेरै खेल खेल्नु पनि मेरो एउटा लक्ष्य हो’ उनले भनेका छन्। 
 

प्रकाशित मिति: बुधबार, असोज १, २०७६  १७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्