• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

केन्द्र र नाम परिवर्तन गर्ने निर्णयले दुई स्थानीय तहमा विवाद, कार्यालयमा तालाबन्दी र धर्ना

64x64
नेपाल लाइभ बिहीबार, माघ २५, २०७४  २०:०१
1140x725

राजविराज- स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय विरुद्ध सप्तरीको तिलाठी–कोइलाडी र बेल्ही–चपेना गाउँपालिकामा विवाद चर्किएको छ।

एक हप्ताअघि गाउँसभाले नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेपछि विवाद सुरु भएको हो। दुवै स्थानीय तहको कार्यालयमा तालाबन्दी गरिएको छ। नाम र केन्द्र परिवर्तन गर्ने/नगर्ने दुवै पक्ष आन्दोलनमा उत्रेका छन्।

तिलाठी–कोइलाडी गाउँसभाले नाम परिवर्तन गरी ‘खाँडो–जिता’ बनाउने र वडा नम्बर १ मा रहेको केन्द्र वडा नम्बर ४, कोइलाडीस्थित जिरिया हाटमा सार्ने निर्णय गरेको छ। निर्णय लगत्तै असन्तुष्ट वडा नम्बर १ का बासिन्दाले स्थानीय तहको कार्यालयमा गत आइतबार तालाबन्दी गरेका छन् भने मंगलबारदेखि अनिश्चितकालीन धर्ना जारी राखेका छन्।

गाउँ परिषद्का निर्णयहरु खारेज, चालु आर्थिक वर्ष २०७४/०७५ को आयव्यय सार्वजनिक, गाउँपालिकाका प्रशासकीय अधिकृत सरोजकुमार झा उपर छानबिन र कारबाहीका लागि उनीहरुले माग गरेका छन्। उपाध्यक्ष सुचिता यादव आन्दोलनको पक्षमा देखिएकी छिन्। उनले अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले सुरुदेखि नै एकलौटीपूर्ण र हेपाहा प्रवृत्ति सुरु गरेको बताइन्। निर्णयको प्रतिलिपि तथा बैंक स्टेटमेन्ट माग्दा पनि नदिएको उनको आरोप छ। बहुमतको दम्भमा भएका निर्णय फिर्ता हुनुपर्ने उनले माग गरेकी छिन्।

गाउँपालिकाका अध्यक्ष सतिश सिंहले गाउँसभाको निर्णयले नै नाम र केन्द्र परिवर्तन गरेको जानकारी दिँदै ८ वटा वडामध्ये ७ वटा वडाको पक्षमा भएको उक्त निर्णय कुनै पनि हिसाबले गलत नभएको दाबी गरेका छन्। अधिकांश गाउँवासीको सुविधालाई ध्यानमा राखी प्रक्रिया अनुसार नै नाम र केन्द्र परिवर्तनको निर्णय गरिएको उनले बताए।

आन्दोलनरत पक्षले भने गाउँसभा नै अवैधानिक भएको आरोप लगाएका छन्। लुकिछिपी सदरमुकाममा गरेको गाउँसभाको निर्णय सम्पूर्ण गाउँपालिकावासीलाई मान्य नहुने आन्दोलनकारीमध्येका देवनारायण यादवले बताए। यादव सीमारक्षाका लागि भारतीय नागरिकसँग लडाइँ गरेर चर्चा कमाएका व्यक्ति हुन्।

वडा नम्बर १ मा अनसन सुरु भएपछि गाउँसभाको निर्णय कार्यान्वयन गर्न माग गर्दै वडा नम्बर २ देखि ८ सम्मका वडा अध्यक्ष र अन्य पदाधिकारीसहित स्थानीयवासीले समेत बुधबार राजविराजमा प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा ज्ञापनपत्र पनि बुझाइएको छ।

गाउँसभाको निर्णय स्वागतयोग्य र अधिकांश गाउँपालिकावासीको हितमा रहेको उनीहरुले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

यसैगरी, गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गरेको विवाद बढ्दै गएपछि बेल्ही–चपेना गाउँपालिकामा तालाबन्दी गरिएको छ। अध्यक्ष परमानन्द यादवले आफ्नो अनुकूल केन्द्र छनोट गरेको बेल्हीचपेना र मलेकपुरका बासिन्दाले आरोप लगाएका छन्।

गाउँसभाले वडा नम्बर–४ मा रहेको केन्द्र वडा नम्बर –३ मा सार्ने निर्णय गरेको छ। निर्णय विरुद्ध जिल्ला अदालत राजविराजमा मुद्दा दर्ता भएको स्थानीवासीले जानकारी दिए।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद २, दफा ४ मा स्थानीय तहको नाम तथा केन्द्र परिवर्तन सम्बन्धी व्यवस्था छ।

दफा ४ को उपदफा ५ अनुसार गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गरी एक पटकको लागि गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिस बमोजिम नाम वा केन्द्र हेरफेर गर्नुपर्नेछ। 

तर, केन्द्रको सिफारिस गर्दा गाउँपालिका तथा नगरपालिकाको केन्द्रको लागि आवश्यक पर्ने जग्गाको क्षेत्रफल, भौतिक पूर्वाधार र अन्य विषयको न्यूनतम मापदण्ड नेपाल सरकारले निर्धारण गरे बमोजिम हुने उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४  २०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक सर्‍यो
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति
अझै सुरु भएन रास्वपाको मतदान, केही समयमा हुने महामन्त्रीको दाबी
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक सर्‍यो बुधबार, असार १०, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
अझै सुरु भएन रास्वपाको मतदान, केही समयमा हुने महामन्त्रीको दाबी बुधबार, असार १०, २०८३
होर्मुजमा फसेका ११ हजार नाविकको उद्धार सुरु बुधबार, असार १०, २०८३
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्