एजेन्सी– अमेरिकासमेत विश्व समुदायको प्रतिबन्धलाई वेवास्था गर्दै परमाणु मिसाइल परीक्षण गरिरहेको उत्तर कोरिया विश्वस्तरीय सैन्य महाशक्ति बन्न पुगेको छ। यदी उसँग कुनै देशले टक्कर लिन खोजे उसले नराम्रो नतिजा भोग्नु पर्ने उत्तर कोरियाली नेता किम जोङ–उनले बताएका छन्।
दक्षिण कोरियामा सुरु हुने शीतकालीन ओलम्पिकको उद्घाटनभन्दा एक दिनअगाडि किमले उत्तर कोरिया विश्वस्तरीय सैन्य महाशक्ति भएको दावी गरे। शीतकालीन ओलम्पिकमा किमकी बहिनीले दक्षिण कोरियाको भ्रमण गर्दैछिन्। विहिबार उत्तर कोरियामा आफ्नो बाबुको सम्झनामा बनेको किम इल सुङ–दोस्रो स्क्वायरमा दर्शकलाई सम्बोधन गर्दै उनले भने, ‘हामी विश्वसँग प्रतिस्पर्धा गर्न समथ्र्य छौं। हामी विश्व स्तरीय सैन्य महाशक्ति हौं।’
हालै उत्तर कोरियाले अमेरिकालगायत अन्य विश्व समुदायको चेतावनीलाई वेवास्था गर्दै लगातार परमाणु र मिसाइल परीक्षण गरेको थियो। किमको पछिल्लो हर्कतले अमेरिका, जापान र दक्षिण कोरियालगायत विश्व समुदायको चिन्ता बढाएको थियो। केही समयअघि मात्र उत्तर कोरिया र अमेरिकाबीच शीतयुद्ध नै चलेको थियो। केही महिनाअघि अमेरिकाको संघीय सुरक्षा एजेन्सी (सिआइए) का निर्देशक माइकल पोम्पियोले उत्तर कोरियाले कुनै पनि बेला आफ्नो देशमा आक्रमण गर्न सक्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।