काठमाडौं– राजधानीमा चोरीका घटना बढ्दै गएका छन्। बुधबार पनि दुई घरमा चोरी भएको छ।
तारकेश्वर नगरपालिका–६ बस्नेतटार बस्ने राजाराम खड्काको घरबाट बुधबार कोही नभएको अबस्थामा नगद ३० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करीव ३ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
कागेश्वरी मनोहरा नगरपालिका–७ पुरानो बिष्ट गाउँ बस्ने पुरुषोत्तम बिष्टको घरमा पनि चोरी भएको छ। कोही नभएको अबस्थामा नगद २० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करीब ३ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
केही दिनयता दैनिकजसो राजधानीमा ३÷४ वटा चोरी हुने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।