• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

‘नेपाली क्रिकेटलाई माथि लैजान आइसिसी तयार छ’

64x64
नेपाल लाइभ सोमबार, भदौ ३०, २०७६  १६:१६
1140x725

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रिय निर्वाचन असोज १० र ११ गते गर्ने सहमति भएसँगै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश सिलवालले नेपाली क्रिकेटले यसै वर्ष खुसीको खबर थाहा पाउने र त्यसले नेपाली क्रिकेटलाई माथि लैजान सहयोग गर्ने बताएका छन्। 

आइसिसीसँग नेपाली क्रिकेटलाई माथि लैजाने कुन योजना तय भएको हो र कस्तो सहमति भएको छ भन्ने नखुलाई उनले भने- ‘केही दिनपछि नेपाली क्रिकेटका लागि अर्को एउटा खुसीको कुरा आउनेछ। त्यो के हो भनेर अहिल्यै नै भन्न हतारो होला। तर, नेपाली क्रिकेटको विकासका लागि केही राम्रै कुरा हुँदै छ।’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी), राखेप र स्वतन्त्र कमिटीका प्रतिनिधिसहित भएको छलफलबाट क्यान निर्वाचनको नयाँ मिति तय भएको हो। क्यानको केन्द्रिय निर्वाचन यसअघि असोज ३ र ४ गते गर्ने भनिए पनि छलफल बिना तय भएको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले असन्तुष्टि जनाएको थियो। 

केन्द्रिय निर्वाचनमा प्रक्रियागत समस्या देखिएको भन्दै राखेपकै पहलमा विवाद समाधानका लागि आइसिसीका प्रतिनिधि नेपाल बोलाइएको थियो।

आइसिसीका इमरान ख्वाजा र अमर शेखसहितको टोलीले सोमबार बिहान राखेप सदस्य सचिव सिलवाल र स्वतन्त्र कमिटिका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठसँग झण्डै दुई घण्टा छलफल गरेका थिए। छलफलमा क्यानको केन्द्रिय निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादीत तरिकाले सम्पन्न हुने गरी अगाडि बढ्ने कुरा गरिएको र सबै पक्षको सहमतिमा निर्वाचनको मिति तय भएको सदस्य सचिव सिलवालले बताएका छन्। 

आइसिसीले नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भन्दै २०७३ साल वैशाखदेखि क्यानलाई निलम्बनमा राखेको छ । क्यानको निर्वाचन भए अक्टोबर १२ र १३ तारेखमा हुने आइसिसीको वार्षिक बैठकमार्फत नेपाली क्रिकेटमाथिको प्रतिबन्ध फुकुवा हुने विश्वास गरिएको छ।

आइसिसी प्रतिनिधिसहितको बैठकमा विभिन्न चार वटा कुरामा सहमति भएको सदस्य सचिव सिलवालले बताएका छन्। क्यान निर्वाचनको मिति तय, निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्ने, क्यानमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने साथै नेपाली क्रिकेटको विकासका लागि अन्य सहमतिहरु भएको उनले बताएका छन्। 

बीचमा राखेप सदस्य सचिव रमेश सिलवाल 

बैठक सकिएपछि राखेप सदस्य सचिवले यसो भने 
आइसिसी प्रतिनिधिसहित बसेर साढे १० बजेदेखि साढे १२ बजेसम्म हामीले दुई घण्टा बढो सौहार्दपूर्ण वातावरणमा कुराकानी ग¥यौँ। त्यसमा हामीले विशेष त चार वटा कुरामा सहमति गरेका छौँ। जसमा पहिलो १० र ११ गते क्यानको निर्वाचन हुने तय भएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

दोस्रो कुरा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगले अगाडि बढाउने एकआपसको समझदारीमा दुवै पक्षबाट प्रतिबद्धता जाहेर भएको छ। 

तेस्रो कुरा यही अक्टोवर १२ र १३ तारेखमा आइसिसीको बोर्ड मिटिङमा नेपालको प्रतिबन्ध फुकुवा गरिदिनको निम्ति अनुरोध गरेका छौँ। त्यसमा उहाँहरु अत्यन्तै सकारात्मक हुनुहुन्छ। मलाई आशा एवं विश्वास छ, अबको आइसिसीको बैठकबाट नेपालको प्रतिबन्ध फुकुवा हुनेछ। 

चौथो कुरा नेपाली क्रिकेटको विकासका लागि के गर्न सकिन्छ भनेर मैले उहाँहरुसँग कुराहरु राखेको थिएँ। 

तल्लो तहबाट क्रिकेटलाई कसरी विकास गर्न सकिन्छ, घरेलु प्रतियोगिताहरुलाई कसरी बलियो बनाउन सकिन्छ, हाम्रो खेलाडीहरुलाई प्रशिक्षणको व्यवस्था कसरी गर्न सकिन्छ, हाम्रो अफिसियल, अम्पायर प्यानललाई कसरी मजबुत बनाउन सकिन्छ भन्नेका साथै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा बढीभन्दा बढी हाम्रो सहभागिता र नेपालमा नै प्रतियोगिता गर्न सकिने विषयमा पनि छलफल गरेको छु। 

आइसिसी प्रतिनिधिहरुले सकारात्मक रुपमा हेरेर नेपाली क्रिकेटलाई अगाडि बढेको हेर्न चाहेको बताउनुभएको छ। त्यसमा मैले आइसिसीलाई धन्यबाद पनि दिएको छु। नेपाली क्रिकेटमा लागेका सबै व्यक्ति र समर्थकहरुको इच्छा बम्मोजिम, हाम्रो सदभाव बम्मोजिम मैले राखेका कुराहरु सकारात्मक भएका छन्। 

साथै केही दिनपछि नेपाली क्रिकेटका लागि अर्को एउटा खुसीको कुरा पनि आउनेछ। त्यो के हो भनेर अहिल्यै नै भन्न हतारो गरेजस्तो होला। निर्णय नभई भन्नु पनि भएन। तर यही वर्षभित्र नेपाली क्रिकेटको विकासका लागि केही राम्रै कुरा हुँदै छ। सायद त्यसले हाम्रो क्रिकेटले फड्को मार्छ भन्ने विश्वास गरेको छु। 

नेपालले अहिलेको भन्दा अझै माथिल्ला प्रतियोगितामा खेल्ने, अझै माथिको अवसर प्राप्त गर्ने कुरा भएको छ। 

सारमा अब नेपाली क्रिकेटले भोगिरहेको प्रतिबन्ध फुकुवा हुने देखिएको छ। नेपालको क्रिकेट एउटा प्रक्रिया र सिस्टममा जाओस् र गुड गभर्नेन्स होस भन्ने आइसिसीको चाहना छ, त्यसमा मैले राष्ट्रिय खेलकुद परिषदको तर्फबाट प्रतिबद्धता जाहेर गरेको छु। 

अब क्यानमा जो आए पनि त्यसैअनुरुप अगाडि बढ्न म आग्रह गर्नेछु। मलाई विश्वास छ, अब हामीले विगतको जस्तो केही समयको लागि होइन सधैँका लागि नेपाली क्रिकेटलाई सकारात्मक बनाएर अगाडि बढाउनु छ। विगतको जस्तो रडाको नमच्चाइ क्रिकेटले एउटा बाटो समाउँछ भन्ने विश्वास लिएको छु।   

(पहिलो तस्बिर- इएसपिएन क्रिकइन्फो)

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्