• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

‘नेपाली क्रिकेटलाई माथि लैजान आइसिसी तयार छ’

64x64
नेपाल लाइभ सोमबार, भदौ ३०, २०७६  १६:१६
1140x725

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रिय निर्वाचन असोज १० र ११ गते गर्ने सहमति भएसँगै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश सिलवालले नेपाली क्रिकेटले यसै वर्ष खुसीको खबर थाहा पाउने र त्यसले नेपाली क्रिकेटलाई माथि लैजान सहयोग गर्ने बताएका छन्। 

आइसिसीसँग नेपाली क्रिकेटलाई माथि लैजाने कुन योजना तय भएको हो र कस्तो सहमति भएको छ भन्ने नखुलाई उनले भने- ‘केही दिनपछि नेपाली क्रिकेटका लागि अर्को एउटा खुसीको कुरा आउनेछ। त्यो के हो भनेर अहिल्यै नै भन्न हतारो होला। तर, नेपाली क्रिकेटको विकासका लागि केही राम्रै कुरा हुँदै छ।’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी), राखेप र स्वतन्त्र कमिटीका प्रतिनिधिसहित भएको छलफलबाट क्यान निर्वाचनको नयाँ मिति तय भएको हो। क्यानको केन्द्रिय निर्वाचन यसअघि असोज ३ र ४ गते गर्ने भनिए पनि छलफल बिना तय भएको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले असन्तुष्टि जनाएको थियो। 

केन्द्रिय निर्वाचनमा प्रक्रियागत समस्या देखिएको भन्दै राखेपकै पहलमा विवाद समाधानका लागि आइसिसीका प्रतिनिधि नेपाल बोलाइएको थियो।

आइसिसीका इमरान ख्वाजा र अमर शेखसहितको टोलीले सोमबार बिहान राखेप सदस्य सचिव सिलवाल र स्वतन्त्र कमिटिका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठसँग झण्डै दुई घण्टा छलफल गरेका थिए। छलफलमा क्यानको केन्द्रिय निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादीत तरिकाले सम्पन्न हुने गरी अगाडि बढ्ने कुरा गरिएको र सबै पक्षको सहमतिमा निर्वाचनको मिति तय भएको सदस्य सचिव सिलवालले बताएका छन्। 

आइसिसीले नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भन्दै २०७३ साल वैशाखदेखि क्यानलाई निलम्बनमा राखेको छ । क्यानको निर्वाचन भए अक्टोबर १२ र १३ तारेखमा हुने आइसिसीको वार्षिक बैठकमार्फत नेपाली क्रिकेटमाथिको प्रतिबन्ध फुकुवा हुने विश्वास गरिएको छ।

आइसिसी प्रतिनिधिसहितको बैठकमा विभिन्न चार वटा कुरामा सहमति भएको सदस्य सचिव सिलवालले बताएका छन्। क्यान निर्वाचनको मिति तय, निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्ने, क्यानमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने साथै नेपाली क्रिकेटको विकासका लागि अन्य सहमतिहरु भएको उनले बताएका छन्। 

बीचमा राखेप सदस्य सचिव रमेश सिलवाल 

बैठक सकिएपछि राखेप सदस्य सचिवले यसो भने 
आइसिसी प्रतिनिधिसहित बसेर साढे १० बजेदेखि साढे १२ बजेसम्म हामीले दुई घण्टा बढो सौहार्दपूर्ण वातावरणमा कुराकानी ग¥यौँ। त्यसमा हामीले विशेष त चार वटा कुरामा सहमति गरेका छौँ। जसमा पहिलो १० र ११ गते क्यानको निर्वाचन हुने तय भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो कुरा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगले अगाडि बढाउने एकआपसको समझदारीमा दुवै पक्षबाट प्रतिबद्धता जाहेर भएको छ। 

तेस्रो कुरा यही अक्टोवर १२ र १३ तारेखमा आइसिसीको बोर्ड मिटिङमा नेपालको प्रतिबन्ध फुकुवा गरिदिनको निम्ति अनुरोध गरेका छौँ। त्यसमा उहाँहरु अत्यन्तै सकारात्मक हुनुहुन्छ। मलाई आशा एवं विश्वास छ, अबको आइसिसीको बैठकबाट नेपालको प्रतिबन्ध फुकुवा हुनेछ। 

चौथो कुरा नेपाली क्रिकेटको विकासका लागि के गर्न सकिन्छ भनेर मैले उहाँहरुसँग कुराहरु राखेको थिएँ। 

तल्लो तहबाट क्रिकेटलाई कसरी विकास गर्न सकिन्छ, घरेलु प्रतियोगिताहरुलाई कसरी बलियो बनाउन सकिन्छ, हाम्रो खेलाडीहरुलाई प्रशिक्षणको व्यवस्था कसरी गर्न सकिन्छ, हाम्रो अफिसियल, अम्पायर प्यानललाई कसरी मजबुत बनाउन सकिन्छ भन्नेका साथै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा बढीभन्दा बढी हाम्रो सहभागिता र नेपालमा नै प्रतियोगिता गर्न सकिने विषयमा पनि छलफल गरेको छु। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आइसिसी प्रतिनिधिहरुले सकारात्मक रुपमा हेरेर नेपाली क्रिकेटलाई अगाडि बढेको हेर्न चाहेको बताउनुभएको छ। त्यसमा मैले आइसिसीलाई धन्यबाद पनि दिएको छु। नेपाली क्रिकेटमा लागेका सबै व्यक्ति र समर्थकहरुको इच्छा बम्मोजिम, हाम्रो सदभाव बम्मोजिम मैले राखेका कुराहरु सकारात्मक भएका छन्। 

साथै केही दिनपछि नेपाली क्रिकेटका लागि अर्को एउटा खुसीको कुरा पनि आउनेछ। त्यो के हो भनेर अहिल्यै नै भन्न हतारो गरेजस्तो होला। निर्णय नभई भन्नु पनि भएन। तर यही वर्षभित्र नेपाली क्रिकेटको विकासका लागि केही राम्रै कुरा हुँदै छ। सायद त्यसले हाम्रो क्रिकेटले फड्को मार्छ भन्ने विश्वास गरेको छु। 

नेपालले अहिलेको भन्दा अझै माथिल्ला प्रतियोगितामा खेल्ने, अझै माथिको अवसर प्राप्त गर्ने कुरा भएको छ। 

सारमा अब नेपाली क्रिकेटले भोगिरहेको प्रतिबन्ध फुकुवा हुने देखिएको छ। नेपालको क्रिकेट एउटा प्रक्रिया र सिस्टममा जाओस् र गुड गभर्नेन्स होस भन्ने आइसिसीको चाहना छ, त्यसमा मैले राष्ट्रिय खेलकुद परिषदको तर्फबाट प्रतिबद्धता जाहेर गरेको छु। 

अब क्यानमा जो आए पनि त्यसैअनुरुप अगाडि बढ्न म आग्रह गर्नेछु। मलाई विश्वास छ, अब हामीले विगतको जस्तो केही समयको लागि होइन सधैँका लागि नेपाली क्रिकेटलाई सकारात्मक बनाएर अगाडि बढाउनु छ। विगतको जस्तो रडाको नमच्चाइ क्रिकेटले एउटा बाटो समाउँछ भन्ने विश्वास लिएको छु।   

(पहिलो तस्बिर- इएसपिएन क्रिकइन्फो)

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्