रियो डि जेनेरियो- ब्राजिलको उत्तरी राज्य पारामा बुधबार एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा रहेका तीन व्यक्तिको मृत्यु भएको छ।
ब्राजिलको वायुसेवा बलले बिहीबार सो जानकारी दिएको हो।
यस दुर्घटनामा उक्त विमानमा रहेका चालक दलका दुई जना सदस्य र अर्का एक यात्रुको मृत्यु भएको हो। एउटा इञ्जिनले चल्ने सो सानो विमान दुर्घटना भएको समाचारमा जनाइएको छ।
गएको चार महिनायता योसहित एक इञ्जिनले चल्ने दुई वटा साना विमान दुर्घटना भएका छन्। गत अक्टोबरमा पनि यस्तै एक विमान दुर्घटनाग्रस्त भएको थियो।
सो दुर्घटनामा परी विमान चालकको मृत्यु भएको थियो भने अन्य एक व्यक्ति घाइते भएका थिए। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।