कैलाली- पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी–बाणी सडकखण्डमा जिपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
कृष्णपुर नगरपालिका वडा नम्बर २ मा पर्ने बनहरा पुलमा बिहीबार बिहान धनगढीबाट महेन्द्रनगर आउँदै गरेको जिपको ठक्करबाट शुक्लाफाँटा नगरपालिका १ की ३० वर्षीया हजारी विश्वकर्माको मृत्यु भएको हो।
बा १३ च ३९०४ नम्बरको जिपको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणि भट्टले बताए। जिपसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवलाई पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।