नवलपरासी- सुस्ता गाउँपालिकाअन्तर्गत गण्डक नदीमा डुबेर बुधबार बाबुको मृत्यु भएको छ भने छोरा बेपत्ता भएका छन्।
सुस्ता गाउँपालिका–२, फेनहरा बस्ने ५५ वर्षीय छोटई बनिया महलबारीको गण्डक नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। बुबा डुबेर बचाउन खोज्दा १९ वर्षीय छोरा व्रिजेश बनिया समेत डुबेर बेपत्ता भएका छन्। गण्डक नदीको पानी घटाएर शवको खोजी कार्य भइरहेको महलबारी प्रहरी चौकी इन्चार्ज डम्बर क्षेत्रीले जानकारी दिए।
बाबुछोरा मदारबाबा मेला जानका लागि घरबाट हिँडेका थिए।
नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीबाट ९ किलोमिटर उत्तरतर्फ पहाडी डाँडामा रहेको मदारबाबाको मुख्य धार्मिकस्थलमा माघ २२ गतेदेखि मेला चलिरहेको छ। मेलामा नेपालभित्र तथा भारतबाट लाखौँ दर्शनार्थी मेला अवलोकन गर्न आउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।