बाबियाचौर, म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे १४ किलोग्राम तौल भएको काउली फलाएका छन्।
साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले १४ किलो ५०० ग्राम तौल भएको काउली फलाएका हुन्। कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलिँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताए।
कार्कीले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। उनले उत्पादन गरेको तरकारी भगवतीमै खपत हुने गरेको छ।
भगवतीका कृषकलाई समेटेर व्यावसायिक बनाउन र उत्पादनको बजारीकरणका लागि वडाले सहयोग गर्ने सोच बनाएको वडा अध्यक्ष रिम कटुवालको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।