काठमाडौं- नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित भएका छन्। उनी यसअघि पनि अध्यक्षमा निर्वाचित भएका थिए।
शनिबार ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा भएको विशेष साधारणसभाबाट जीवनराम दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
चार वर्षे कार्यकालको लागि भएको निर्वाचनमा जीवनरामले अध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठलाई ७ भोटले हराएका हुन्। कुल २७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरे।
यस्तै एनओसीको उपाध्यक्षमा ज्योति राणा, तेज बहादुर गुरुङ, अशोक राज बज्राचार्य, सुनिल श्रेष्ठर चतुरानन्द वैद्य विजयी भएका छन्।
पुष्प दास श्रेष्ठ, राजिब श्रेष्ठ र समिम मिया अन्सारी भने पराजित भए। ५ उपाध्यक्षका लागि ८ जनाले प्रतिस्पर्धा गरेका थिए।
महासचिवमा निलेन्द्र राज श्रेष्ठ निर्वाचित भए। श्रेष्ठले पुरेन्द्र विक्रम लाखेलाई ३ मतले पछि बनाएका हुन्। लाखेले १२ मत ल्याए।
उप-महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन कुमार टन्डन निर्विरोध भएका छन्।
सदस्यमा रमेश प्रसाद सिवाकोटी, राम अवाले, प्रकाश शमशेर राणा, गोपाल सुन्दर लाल कक्षपति, टाँसी घले, होम बहादुर दोङ र दिर्ग बहादुर केसी निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।