मंगलबारे, इलाम- जिल्ला प्रशासन कार्यालय इलामे नयाँ भवनबाट कामकाज सुरु गरेको छ।
भवनको निर्माण कार्य पूरा भएसँगै बुधबारदेखि नयाँ भवनबाट कामकाज सुरु गरिएको हो।
दुई वर्षअघिको भूकम्पबाट पुरानो भवनमा क्षति भएपछि तीन करोड ३० लाख रुपैयाँको लागतमा नयाँ भवन बनाइएको हो। भवनमा निर्माणका केही काम भने अझै बाँकी रहे पनि बस्न र काम गर्न मिल्ने भएपछि नयाँ भवनबाट काम थालिएको बताइएको छ।
दुईतले यो भवनमा ११ कोठा र सुरक्षा गार्ड बस्ने घरसमेत छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।