रोल्पा- पूर्वअर्थमन्त्री वर्षमान पुनले रोल्पा सुवर्णावती गाउँपालिका वडा नम्बर १ घोडागाउँका सात आगलागीपीडितलाई गाउँमै पुगी राहत वितरण गरेका छन्।
एक साताअघि भएको आगलागीबाट पीडित घोडागाउँका सात परिवारलाई पुनले राहत सामग्री वितरण गरेका हुन्। रोल्पा काठमाडौं सम्पर्क मञ्चद्वारा संकलित २५ बोरा चामल, २० थान कम्बल, ६ वटा गाग्री, ३५ लिटर तेल र १२ वटा थाल वितरण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री पुनले आगलागीमा जलेका सात वटा घरलाई टिनको छानासहित पुनःनिर्माण गरिदिने वचनबद्धता समेत प्रकट गरे।
जिल्लामा ५० वटा फुसको छाना विस्थापित गरी टिनको छाना निर्माणका लागि सहयोग गर्ने घोषणा पनि उनले गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।