काठमाडौं– महिलाको शौचालयमा छिरेर भिडियो खिचेको आरोपमा बुधबार बिहान सुन्धाराको सिटिसी मलबाट एक युवक पक्राउ परेका छन्। प्रहरीले काभ्रेको पनौती घर भएका रमेश श्रेष्ठलाई पक्राउ गरेको हो।
नेपाल सरकारको एक अधिकृत तहमा कार्यरत महिलाको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। शौचालयभित्र छिरेर श्रेष्ठले भिडियो खिचेको देखेपछि महिलाले प्रहरीमा उजुरी गरेकी थिइन्। पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक अपराध ऐनअनुसार कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी मोहनकुमार थापाले बताए।
पक्राउ परेपछि श्रेष्ठले ‘बुद्धि बिग्रिएर यस्तो काम’ गरेको बताएका छन्। प्रहरीले उनको मोबाइलबाट महिलाको भिडियो डिलिट गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।