काठमाडौं- राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश नम्बर ७ मा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले भोट हालेनन्।
दुई जना सांसद रहेको राजपाका सांसद बुधबार भएको मतदानमा सहभागी भएनन्। कैलालीबाट चुनाव जितेका कृष्णकुमार चौधरी र मालती राना थारुले मतदान नगरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
राष्ट्रियसभा निर्वाचनका लागि २ सय २९ जना मतदाता रहेको प्रदेश ७ को मतदान कार्य सम्पन्न भएको छ। यहाँ २ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको थियो। दलितततर्फ एमालेबाट चक्रप्रसाद स्नेही र कांग्रेसबाट शेरिराम कार्की र अपाङ, अल्पसंख्यकतर्फ माओवादीका महेशकुमार महरा र कांग्रेसबाट छत्रराज जोशी प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।