काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनमा ९९ सय दशमलब ५२ प्रतिशत मतदान भएको बताएको छ।
मतदान सकिए लगत्तै आयोग मुख्यालय कान्तिपथमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले कुल १ हजार ६ सय ७७ मतदातामा ८ जना अनुपस्थित रहेको बताए। निर्वाचनमा १ हजार ६ सय ६८ जनाले मतदान गरेको आयोगले जनाएको छ।
मतदानका लागि आयोगले प्रदेशसभाका सदस्य र स्थानीय तहका मतदातालाई अलग-अलग मतदान केन्द्रको व्यवस्था गरेको थियो।
आयोगले मतपत्रको माध्यमबाट व्यक्त भएको मतादेशलाई सहजरुपमा स्विकार्न समेत सबै राजनीतिक दल तथा उम्मेदवारलाई अपिल गरेको छ।
कुल ५६ पदका लागि भएको निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भएका थिए भने ३२ पदका लागि ५२ जनाले प्रतिस्पर्धा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।