काठमाडौं– थाइल्याण्डमा हुने १४ औँ एसियन टग अफ वार इन्डोर च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी खेलाडीको बिदाइ गरिएको छ।
सहभागी खेलाडी र अफिसियललाई बिहीबार नेपाल टग अफ वार एशोसियसनले एक विषेश कार्यक्रम गरि बिदाइ गरेको हो।
यही २७ गतेदेखि ३० गतेसम्म हुने खेलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी हुने १५ जना खेलाडी तथा अफिसियललाई नेपाल टग अफ वार एशोसियसनका अध्यक्ष भवानीप्रसाद पौडेल, साउथ एसियन टग अफ वार फेडेरेसनका उपाध्यक्ष नरेन्द्रबहादुर अधिकारी तथा नेपाल टग अफ वार एशोसियसनका पदाधिकारी,सदस्य तथा विभिन्न जिल्लाका अध्यक्षहरुले बिदाइ गरेका हुन्।
बिदाइ कार्यक्रममा शुभकामना दिँदै एशोसियसनका अध्यक्ष पौडेलले नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुले नतिजा आफ्नो हातमा पार्ने विश्वास ब्यक्त गरे। नेपाल टग अफ वार एशोसियसले अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाएको यो पहिलो पटक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।