• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १, २०८३ Tue, Apr 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

संगीनाको चोटग्रस्त खुट्टाले दिलाएका दुई स्वर्ण

64x64
नेपाल लाइभ बुधबार, माघ २४, २०७४  २०:१६
1140x725

हामी धेरैले हात वा खुट्टाको औंला मर्किंदा अशक्त महसुस गरिरहेका हुन्छौँ। शरीरको कुनै हिस्साको सानो चोटले पनि हाम्रो मनोबलमा ठूलो असर पुर्‍याइदिन्छ। कल्पना गर्नुहोस्, खुट्टाको हड्डी भाँचिएर स्टिल राखेको अवस्थामा के गर्न सकिन्थ्यो? धेरैले त यो अवस्थामा जीवनशैलीलाई समेत निस्क्रिय राख्ने गरेका होलान्। तर, संगीना वैद्य त्यस्ती खेलाडी हुन्, जो खुट्टाको हड्डी भाँचिएर स्टिल राखेको अवस्थामा पनि अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा उत्रिइन्। उत्रिएकी मात्रै होइनन्, खरो उत्रिइन्।

नेपाली खेलकुदमा आफ्नै इतिहास बनाएकी ताइक्वान्दो खेलाडी वैद्यले खेल जीवनमा भोगेका सानातिना चोटपटकको हिसाबकिताब राखेकी छैनन्। उनले हरेक चोटलाई सिकाइका रुपमा लिएर बिर्सेकै कारण यो उचाइ हासिल गरेकी हुन्।

धेरैलाई अवगतै छ, छनौट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडीका रुपमा नाम दर्ज गराएकी खेलाडी हुन् संगीना। सन् १९९१ देखि ताइक्वान्दो खेल्न सुरु गरेकी उनले राष्ट्रिय प्रतियोगितामा १० स्वर्ण जितेकी छन् भने अन्तर्राष्ट्रिय प्रतियोगितामा १० स्वर्ण एक रजत र दुई कास्य उनको पोल्टामा छ। यिनै पदकमार्फत उनले नेपाल गौरव बढाइदिएकी छिन्।

मार्सल आर्टका खेलाडीलाई सामान्य चोटकपटक त लागिरहन्छ। तिनको गन्ती गरेर मनोबलमा धक्का दिनु थिएन उनलाई। त्यसैले धेरै चोटपटक मस्तिष्कको हार्ड ड्राइभबाट निको हुनेबित्तिकै डिलिट गरिदिइन् उनले। तीमध्ये दुई वटा चोट छन्, जुन उनले चाहेर पनि भुलेकी छैनन्। उनले ती चोट लागेपछि रेस्ट गर्न पाइनन्। घाइते अवस्थामै प्रतिस्पर्धामा उत्रनुपर्यो उनले।

चोट–१
सन् १९९६ मा अस्ट्रेलियामा भएको एसियन च्याम्पियनसिपको समयमा लागेको चोटको कुरा हो यो। जुन खेल उनको खेलजीवनकै नबिर्सिने खेल बन्यो। प्रतिस्पर्धीलाई धुलो चटाउँदै सेमिफाइनलको यात्रा तय गरिसकेकी थिइन्। अब उनका अगाडि जगमगाउँदो स्वर्ण पदक थियो। सेमिफाइनल खेल्ने क्रममा उनको बायाँ खुट्टामा नराम्रोसँग चोट लाग्यो। उनी त्यो दुःख र दुखाइ सम्झिन्छिन्, ‘दुखाइको त कुरै छाडौँ, चार वटा त टाँका लगाउनुपर्‍यो।’

खेलको बिचमै चारवटा टाँका लगाएकी घाइते खेलाडीलाई खेल्न कसले उक्साउँथ्यो र? ‘प्रशिक्षक मात्रै होइन, रेफ्रीले समेत नखेल्न सुझाए,’ उनले त्यो क्षण स्मरण गरिन्, ‘एकातिर चोट, अर्कातिर प्रतिस्पर्धी आयोजक राष्ट्रकै भएकाले निरुत्साहित गर्ने हुटिङ।’ जितमा मनोबल महत्वपूर्ण कुरा हो, दुवैतर्फबाट मनोबल गिरिरहेको थियो संगीनाको। त्यसमाथि खुट्टाले विपक्षीलाई हानेर जित्नुपर्ने खेलमा खुट्टामै चोट लागेपछि सहज अवश्य थिएन। उनको त स्थिति के थियो भने घाउ लागेको ठाउँमा छोएपछि दुख्ने मात्रै होइन, रगत नै बग्थ्यो।

एसियन च्याम्पिएनसिपमा स्वर्ण जित्ने पहिलो नेपाली बन्ने लालसाले उक्सायो उनलाई। दुखाइलाई दबाएर उत्रिइन् रिङमा। ‘मैले मैदान छाड्न चाहिनँ, आँखा चिम्लेर देशलाई सम्झेँ। देशका लागि मैले केही योगदान गर्ने बेला हो यो, मैले मैदान छाड्नु हुँदैन भन्ने लाग्यो,’ दुखद् क्षणलाई जीवनकै सुखद् पल बनाउने प्रण गरेको सम्झिँदै भनिन्, ‘त्यसपछि मैले सेमिफाइनल मात्र होइन फाइनल पनि जितेँ। चोटले हराउन खोजे पनि मेरो दृढ इच्छाशक्ति र आत्मविश्वासले जित्यो।’

ती दुवै खेल उनले रोएर खेलेकी थिइन्। चोट प्रतिस्पर्धीका लागि ठूलो फाइदाको कुरा हो भने खेलाडी स्वयंका लागि कमजोरी। प्रतिस्पर्धीले सकेसम्म उनको चोट लागेकै ठाउँ ताकेर प्रहार गर्थे। उनलाई दुख्थ्यो आँखाभरि आँशु हुन्थ्यो तर उनी त्योभन्दा गतिलो प्रहार गरेर बदला लिन्थिन्। यही हिम्मतले इतिहास लेखायो। नेपाललाई एसियन च्याम्पियनसिपमा पहिलो स्वर्ण दिलाउने खेलाडी बनिन् संगीना।

nimb
nimb
Ncell 2
Ncell 2

चोट–२
सन् १९९८ को बैंकक एसियाडमा छनोट भइन् उनी। छनोट भएपछि बन्द प्रशिक्षणमा रहँदा दशरथ रंगशाला अगाडि उनी सडक दुर्घटनामा परिन्। दाहिने खुट्टामा गम्भीर चोट लाग्यो। तीन महिना त अस्पतालकै बेडमा बिताउनुपर्‍यो। यसपल्ट भने उनको शारीरिक चोटले मन पनि बेस्सरी दुखायो। उनले त्यो क्षण सम्झिइन्, ‘त्यो बेला त मैले खेलजीवन नै सकियो भन्ठानेकी थिएँ। खेलमा फर्किने आशा लगभग मरिसकेको थियो।’ चोटकै कारण उनले बैंकक एसियाड गुमाइन्।

दाँया खुट्टाको शल्यक्रिया गर्दा बसेको दाग देखाउँदै भनिन्, ‘बसले ठक्कर दिँदा हड्डी भाँचिनुका साथै लिगामेन्ट च्यात्तियो।’ शल्याक्रिया गरेर उनको खुट्टामा रड राख्नुपर्ने अवस्था आयो। त्यसपछि लामो समय उनलाई हिँडडुल गर्न पनि अरुको साहारा चाहिन्थ्यो।

उनी निको हुँदै थिइन्। सन् १९९९ मा काठमाडौँमा पहिलो साफ गेम्स सुरु हुँदै थियो। उनका प्रशिक्षकले खेलमा फर्किन हौस्याए। उनको परिवारले पनि उनलाई भरपूर साथ र हौसला दियो। उनलाई भने खेलमा फर्किन सकिन्छ भन्ने आशै थिएन।

खेलमा फर्के पनि नफर्के पनि आफूलाई फिट त राख्नु थियो। त्यसैले उनले जिम ज्वाइन गरिन्। त्यसपछि शारीरिक र मानसिक रुपमै केही सकारात्मक परिवर्तन महसुस गरिन् उनले। जति घाउ निको हुँदै थियो, त्यति खेलमा फर्किने मनोबल बढ्दै थियो। साफ गेम्स सुरु हुनुभन्दा दुई महिनाअघि मात्रै उनी खेल्न सक्छु भन्नेमा विश्वस्त भइन्।

एसियन च्याम्पियनको शिखर चुमेकी संगीनाले लामो समय विश्राम गर्नुपरेकाले प्रशिक्षण लगभग शून्यबाटै सुरु गर्नुपर्ने अवस्था थियो। उनको दायाँ खुट्टा सुकेर केही सानो भएको थियो। खुट्टाको रड झिकिएको थिएन। तर, उनले साफमा सहभागिता जनाउने साहस बटुलिन्। प्रशिक्षणमा होमिइन्।

घरेलु मैदानमै भएको साफको फाइनलमा भारतीय खेलाडीसँग खेल्नुपर्ने भयो। खुट्टामा स्टिल भए पनि प्रतिद्वन्द्वीले चाल नपाओस् भनेर लुकाउने प्रयास गरिरहन्। उनले खुट्टामा स्टिल रहेको कुरा सकेसम्म बाहिर नआओस् भनेर अति गोप्य राखेकी थिइन्।

उनी भन्छिन्, ‘कतै बाहिर आयो र प्रतिद्वन्द्वीले थाहा पायो भने त्यहीँ प्रहार गरेर सिध्याइदिन्छन्।’ तर, उनको प्रतिस्पर्धीले खेलकै क्रममा चाल पाइहालिन् उनको कमजोरी। फाइनलमा उनको चोटग्रस्त खुट्टामै प्रतिद्वन्द्वीले प्रहार गरिन्। ‘यति नराम्रोसँग दुख्यो कि, खेल छाड्ने मनस्थिति बनाइसकेको थिएँ,’ संगीनाले साफ गेम्स सम्झिइन्, ‘तर, दुखाइ भुलेर भिडेँ। चोट लागेको दायाँ खुट्टा सक्दो लुकाएर प्रतिस्पर्धीमाथि जाइलाग्ने रणनीति थियो मेरो।’ उनले एसियन गेममा चाहिँ यसैगरी बायाँ खुट्टा लुकाएकी थिइन्। अन्ततः घरमै भएको साफ गेम्सको स्वर्ण पदक संगीनाले अरुलाई लान दिइनन्।

यही बेला देखाएको साहसले उनको खेलजीवन फेरि बौरियो। त्यसपछि सन् २००३ मा पाकिस्तानमा भएको साफ गेम्समा पनि उनले स्वर्ण नै जितिन्। सन् २००४ मा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बनिन् उनी। ओलम्पिकमा पदक त जितिनन् तर संसारका १६ ओलम्पिक खेलाडीमध्ये सातौं स्थान हासिल गरिन् उनले।

चोटमाथिका चोटले उनलाई शारीरिक रुपमा कमजोर बनाउँदै लगेको थियो। नयाँ खेलाडीलाई अवसर दिँदा नयाँ इतिहास बन्ने कुरालाई मध्यनजर गर्दै उनले ओलम्पिकमा सहभागिता जनाइसकेपछि सन् २००७ मा सक्रिय खेलजीवनबाट सन्यास लिइन्।

खेलका क्रममा उनले नेपाली खेलाडीले बलियो मेडिकल टिम नपाएको महसुस सधैँ भइरह्यो। अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी खेलाडीले मेडिकल टिमको ठूलो सहयोग पाउने भएकाले उनीहरु ‘स्मार्ट’ देखिने गरेको उनको अनुभव छ। भन्छिन्, ‘हामीले उनीहरु भन्दा बढी मिहिनेत गरे पनि वा बढी फिट भए पनि खेलाडीको मनोबलका लागि यस्ता कुराले धेरै अर्थ राख्छ। जसमा हामी सधैँ चुकिरहेका हुन्छौँ।’

संगीनाले २० वर्ष ताइक्वान्दो खेलिन्। सन्यासपछि उनी राष्ट्रिय खेलकुद परिषदको सहायक मुख्य प्रशिक्षकका भएर काम गरिरहेकी छिन्। उनको बुझाइमा खेलाडीले स्वस्थ रहुन्जेल र शक्ति हुन्जेल देशका लागि खेल्छ। तर, खेलाडी अस्वस्थ्य भएपछि वा चोटका कारण थला परेपछि राज्यले ध्यान नदिँदा भने उनको मन हुँडलिएर आउँछ। खेलाडीको उपचारको व्यवस्था राज्यले गरिदियोस् भन्ने चाहना छ उनको।

उनी भन्छिन्, ‘राष्ट्रका लागि योगदान गरेका खेलाडीको कदर गर्दै राज्यले स्वास्थ्य बिमा गरिदिने र उपचारमा सहुलियत दिने व्यवस्था गर्नुपर्छ।’ यसो गर्न सकियो भने नयाँ खेलाडीको मनोबल बढ्ने उनको धारणा छ। उनले आफ्नो खेलजीवनको सूत्र सुनाइन्, ‘खेलाडीका लागि खेल जित्ने सबैभन्दा ठूलो हतियार त मनोबल नै हो।’

संगीना स्वस्थ रहनुका ८ सूत्र
१. प्रत्येक बिहान दुई घण्टा जिममा बिताउँछु।
२. दिउँसो दुई घण्टा नेपाल आर्मी टिमलाई ताइक्वान्दो प्रशिक्षण गराउँछु।
३. धूमपानको सेवन अहिलेसम्म गरेकी छैन।
४. पानी प्रसस्तै पिउँछु।
५. खानामा सलाद नियमित लिन्छु।
७. बेलुकीको खाना समयमै खान्छु र प्रायः रोटी खान्छु।
८. सुत्ने र उठ्ने समय नियमित छ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०७४  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन
यस्तो छ नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको सन्देशको पूर्णपाठ
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिनः राष्ट्रपति मंगलबार, वैशाख १, २०८३
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै मंगलबार, वैशाख १, २०८३
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, वैशाख १, २०८३
सभामुख अर्यालसँग युएनडिपी प्रतिनिधिको भेट सोमबार, चैत ३०, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
अमेरिकाद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी सोमबार, चैत ३०, २०८२
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्