• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मुखर्जी अनुभव मनन गर्ने कि!

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २७, २०७६  ११:२२
1140x725

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीले केही दिनअघि कानुनको कार्यान्वयन सफल बनाउन विधेयकको मस्यौदामाथि सार्वजनिक परामर्श तथा बहस आवश्यक हुने बताए। कानुनको मस्यौदा तयार गर्ने जिम्मेवारी जनप्रतिनिधिलाई मात्र नरहेको उनको अभिव्यक्तिको निहितार्थ थियो। 

‘भारत करिब सवा अर्ब जनसंख्या भएको देश हो। सांसद्को विचार/विवेक पर्याप्त हुन्थ्यो भने हामीले आरटिआई कानुन त्यस्तो पाउनुपर्ने थिएन,’ उनले भनेका थिए, ‘संसद्ले पारित गर्ने सबै विधेयक नागरिकलाई मान्य हुन्छन् भन्ने छैन।’ मुखर्जीको टिप्पणी भारतको माथिल्लो सदन राज्यसभाद्वारा केही दिनअघि मात्र पारित भएको सूचनाको अधिकारसम्बन्धी विधेयक(संशोधन) २०१९ प्रति लक्षित थियो। 

आरटिआई विधेयकले केन्द्रीय र राज्यस्तरका सूचना अधिकारीको तलब र सेवासुविधालगायतका सर्तका बारेमा व्याख्या गरेको छ। भारतीय संसद्को विपक्षी दलले उक्त विषयमा सरकारको तीव्र आलोचना गरेको थियो। नेपालमा नेकपाको जस्तै भारतमा पनि भाजपाको करिब दुई तिहाइ मतसहितको बलियो सरकार छ। केन्द्र सरकारले पर्याप्त विचारविमर्श नगरी हचुवाका भरमा विधेयक पारित गर्दै आएको छ। त्यसको मूल्य समग्र राज्यले चुकाउनु परिरहेको छ।

पूर्वराष्ट्रपति मुखर्जीले एउटा अनुभव सुनाउँदै विगतसमेत स्मरण गरेका थिए। ‘संयुक्त प्रगतिशील सरकारको कार्यकालमा म विदेशमन्त्री थिएँ। विदेशमै रहँदा एक पत्रकारले अन्तर्वार्ताका क्रममा सोधे– संसदीय लोकतन्त्रमा कानुन बनाउन संसद् र विधानसभाको विशेष अधिकार हुन्छ तर तपाईंले कसरी आम नागरिकसँग कुराकानी गर्न सक्नुहुन्छ, जो संसद् वा विधानसभाका सदस्य पनि छैनन्?’ मुखर्जीले त्यति बेला दिएको जवाफ उद्धृत गर्दै भने, ‘कानुन सफल बनाउने हो भने त्यसलाई संसद्का करिब ७ सय ८० जना र २९ विधानसभाका करिब ४२ सय सदस्यको विवेक र ज्ञानमा मात्र सीमित राख्नु हुँदैन।’ 

मुखर्जी भारतको सत्ता इतिहासमा करिब ३ दशक सांसद र मन्त्री बनेका संसदीय अभ्यासमा परिपक्क व्यक्ति मानिन्छन्। उनले भारतीय सन्दर्भमा व्यक्त गरेको धारणा भारतका लागि मात्र नभई नेपालका लागि पनि सान्दर्भिक बन्न पुगेको छ अहिले। 

नेपालको संघीय संसदमा प्रस्तुत गरिएको भूमिसुधार आठौ संशोधन विधेयकलाई भाद्र ३ गते मंगलबार सत्तापक्षकै सांसदले परिमार्जन गरेर मात्रअघि बढ्न आवश्यक औँल्याए। जग्गा कारोबार गर्ने दलालका हकमा विधेयक सचेत नरहेको सांसदहरूको गुनासो मिश्रित सुझाव थियो। उनीहरूले 'व्यापारी र दलाललाई मात्र फाइदा हुने गरी विधेयक आएको भन्दै सरकार सचेत बनोस्' भनी आग्रह गरेका थिए।

अव्यवस्थित बसोबासका लागि जग्गा प्रयोग गर्न अनुमति दिँदा तत्कालका लागि समस्याको समाधान भए पनि दीर्घकालीन हुँदैन।

सत्तापक्षकी सांसद यशोदा गुरुङ सुवेदी र कृष्णप्रसाद दाहाललगायतले बुँदागत रुपमा परिमार्जनका लागि सुझाव पेस गरेका थिए। तर उनीहरुले सुझाव राखेको केही क्षणमा विधेयक बहुमतले पारित गर्‍यो। समितिमा राखिएका केही संशोधनका बुँदालाई समेटेर विधेयक पारित भएको घोषणा गरिएको जानकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले संसदलाई जानकारी गराइन्। त्यस क्रममा उनले सांसदका सुझावलाई भनाइ र गराइमा अन्तर हुने जवाफसमेत दिइन्। उनले भनिन्, ‘सरकारले सुझावलाई मनन गर्नेछ। संविधानमा उल्लेख भएका तीन तहका सरकारको जिम्मेवारीलाई विश्वास गरेर अघि बढिनेछ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

सो विधेयक पारित हुनुभन्दा केही समयअघि मात्र सत्तापक्षका सांसदले राखेका धारणाअनुसार अव्यवस्थित बसोबासका लागि जग्गा प्रयोग गर्न अनुमति दिँदा तत्कालका लागि समस्याको समाधान भए पनि दीर्घकालीन हुँदैन। यसबाट के बुझ्न सकिन्छ भने सर्वपक्षीय छलफल बिना नै विधेयक पारित भएको थियो।

यो विधेयकले त्यही संसदले बनाएको वन तथा वातावरण ऐनलाई समेत बेवास्ता गरेको देखिएको छ। हचुवाका भरमा जग्गा वितरण गर्ने गरी विधेयक आउनुले समस्याको समाधान नहुने सत्तापक्षकै सासंदको सुझाव थियो। नेकपा सांसद छक्कबहादुर लामाले समाजको अध्ययन, अनुसन्धान बिना नै विधेयक पारित गर्नु उचित नहुने राय राखेका थिए। तर कुनै सुनुवाई भएन। विधेयक पारित भयो। 

नेपाली कांग्रेसकी सासंद पुष्पा भुसालले अव्यवस्थित बसोबास रहेका जग्गा १० वर्षमा बिक्री गर्न पाउने गरी वितरण गर्नु आपत्तिजनक भएको बताइन्। सत्तापक्षकै सासंदको सुझाव सुनुवाई नभएका बेला प्रतिपक्षको सुझाव ग्रहण गर्ने धैर्य सरकारसँग थिएन। सासंद सरिता गिरीले त झन् संविधानको मूल मर्मलाई विधेयकले खिल्ली उडाएको विचार संसदमा राखेकी थिइन्। सुकुम्बासीलाई जग्गा वितरण गरेर भोटको राजनीति नगर्न दुई तिहाईको सरकारलाई उनले सुझाइन्। उनको सुझाव सभामुखले पनि नबुझेजस्तै गरी पूर्व निर्धारित तालिका अनुसार विधेयक पारित गराउने प्रक्रिया अघि बढाए।

सत्तापक्षको कार्यशैलीबाट निराश जनतालाई विपक्षले आशाको संचार गर्न ध्यान दिनुपर्ने हो। तर यहाँ त जनताप्रति न सत्तापक्ष जिम्मेवार देखिन्छ न त प्रतिपक्ष नै। 

यसरी जनमतको भावनालाई कुल्चिएर शासन गर्ने नै हो भने देशमा लोकतन्त्रको अभ्यास भइरहेको छ, भनेर कसरी विश्वास गर्ने? सत्तापक्षले आफ्ना कार्यक्रम बहुमतका आधारमा संसदबाट पारित गरिरहँदा विपक्षले जनतामा जाने चेतावानी दिनु पर्ने हो। सत्तापक्षको कार्यशैलीबाट निराश जनतालाई विपक्षले आशाको संचार गर्न ध्यान दिनुपर्ने हो। तर यहाँ त जनताप्रति न सत्तापक्ष जिम्मेवार देखिन्छ न त प्रतिपक्ष नै।

संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट उपसिमिति बनाएर चिकित्सा शिक्षा विधेयकको तयारी गरिरहेको सरकारले  उक्त विधेयक पनि बहुमतका आधारमा पारित गर्ने संकेत देखा परिसकेको छ। विधेयकका बारेमा कांग्रेसले जनस्तरमा छलफल चलाउन सकोस् भन्ने अपेक्षा आम जनसमुदायको छ। अन्यथा भूमि विधेयकजस्तै सरकारले तालिकामा राखेर आफूले चाहे जसरी पारित गराई छाड्नेछ। संविधानमै समाजवाद उन्मुख भनेर लेखिएको छ। तर संविधान र आफैले चुनावमा जाँदा बनाएको घोषणापत्रका विषय सम्बोधन र अभ्यास गर्ने सरकार चुक्दै गएको छ। 

संसदीय अभ्यासमा सरकारलाई विपक्षले काबुमा राख्ने भनेको संसदका कामकारबाहीबाट मात्र हो। तर संसदमा विपक्षी कांग्रेस औपचारिक भूमिका निर्वाह गर्न मात्र सीमित छ।

संसदमा विपक्षी नेपाली कांग्रेसको भूमिका सन्तेषाजनक छैन। भूमिसम्बन्धी विधेयक मात्र नभएर  पारित हुने तयारी अवस्थामा रहेका मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक, विज्ञापन विधेयकलगायतका एकतर्फी बलका आधारमा ल्याएका विधेयकमा विपक्षी कांग्रेसको भूमिका संसदीय मर्यादा अनुरुप शसक्त बन्न सकेको देखिँदैन। 

विधेयक पारित हुने दिन संसदमा कांग्रेस सासंसदको उपस्थिति नगण्य देखिने गरेको छ। संसदीय अभ्यासमा सरकारलाई विपक्षले काबुमा राख्ने भनेको संसदका कामकारबाहीबाट मात्र हो। तर संसदमा विपक्षी कांग्रेस औपचारिक भूमिका निर्वाह गर्न मात्र सीमित छ।

कांग्रेसले आफ्ना सुझावलाई बहुमतको सरकारले बेवास्ता गरे जनता समक्ष ल्याएर प्रस्तुत गर्नु पर्ने हो, तर चुकिरहेको छ। संसदीय अभ्यासमा विवेकको मत प्रयोग गर्न कमजोर कांग्रेसले जनमतको भरोसालाई नजरअन्दाज गरेको भान हुन थालेको छ। दलमा गुटगत संरचनाको भागबण्डामा अल्झिएको कांग्रेस विपक्षको भूमिकामा समेत मुर्झाएको देखिन थालेको छ।

संसदीय अभ्यासमा विवेकको मत प्रयोग गर्न कमजोर कांग्रेसले जनमतको भरोसालाई नजरअन्दाज गरेको भान हुन थालेको छ।

भारतका पूर्वराष्ट्रपति मुखर्जीको अनुभव र सुझाव मनन गर्ने हो भने हामीकहाँ अझै लोकतान्त्रिक अभ्यास हुन सकिरहेको छैन। एकपटक मतदान गरेपछि जनता 'रैती' बन्न बाध्य छन्। सत्तापक्ष नियतले चल्नु स्वाभिवक होला। तर प्रतिपक्षले नीतिलाई बेवास्ता गरेर नियतले चले लोकतन्त्र पनि शिशु प्रजातन्त्रकैं गतिमा नपुग्ला भन्न सकिन्न। यस्तो अवस्थामा जनताले वैकल्पिक शक्ति वा व्यवस्थाका लागि संगठित हुनु अन्यथा नहोला। संसदीय अभ्यासमा अभ्यस्त दाबी गर्ने कांग्रेसले आफ्नो भूमिका किन भुलेको?

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६  ११:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्