काठमाडौं– नेपालमा पहिलो पटक आयोजना गरिएको ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ सुरु भएको छ। मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको कन्फरेन्स उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले गरेका हुन्।
भट्टराईले कार्यक्रममा बोल्दै नेपाली चलचित्रमा थुप्रै परिवर्तन भएको बताए। ‘सिर्जनशील र व्यवसालाई मात्र चलचित्र हो? सिंगो सिर्जनशीलतमा सबै पर्छन कि पर्दैनन्? यो विषयमा बहस गरिदिनुहोला। साथै चलचित्र विधेयक सबैले अध्ययन गरी उचित राय दिन आग्रह छ’, उनले भने।
कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित कन्फरेन्समा राजनीतिशास्त्री हरि शर्माले सिनेमा संसारको सुख दुः ख, हर्ष र आनन्द एकै ठाउँमा पाइने बताए।
‘अहिले हात हातमा सिनेमा छ । कन्फाइन्ड स्टेटमा सिनेमा हेर्दा इमोसन ह्याप्पिनेस एंगरनेस, सबै कुरा महससु गर्न पाइन्छ’, शर्माले भने, ‘ब्ल्याक एन्ड हाइटबाट मल्टिकलर र स्टेरियो भ्वाइसदेखि डिजिटल भ्वइससम्म आउँदा टेक्नोलोजीमा धेरै विकास भएको छ।’
बिहीबारदेखि शनिबारसम्म चल्ने कन्फरेन्समा नेपालमा चलचित्र निर्माण, नेपाली चलचित्रको विभिन्न विषयको चित्रण, तिनको प्रभावबारे अध्येताहरूले लेखेका विभिन्न कार्यपत्रको प्रस्तुति, ती कार्यपत्रमाथि छलफल तथा फिल्म क्षेत्रका जल्दाबल्दा विषयमा छलफल हुने छ।
आजको तालिकाः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।