चितवन- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र अन्त्यका लागि विदेशी खुफिया एजेन्सीको योजनामा पूर्वप्रधानमन्त्री समेत प्रयोग भएको बताएका छन्।
पूर्व प्रधानमन्त्री भइसकेको व्यक्तिले धार्मिक वितृष्णा फैलाउने खालका अभिव्यक्ति दिएको भन्दै राप्रपाले आपत्तिसमेत जनाएको छ।
केही दिनअघि दलित समुदायको एक कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष दलित समुदायले किन हिन्दू धर्म मानेको भन्दै प्रश्न गरेका थिए।
पूर्वप्रधानमन्त्री र भविष्यमा समेत प्रधानमन्त्री हुने संभावना बोकेको व्यक्तिले त्यस्ता अभिव्यक्ति दिनु सुरक्षा र प्रजातन्त्रको भविष्यको सन्दर्भमा गम्भीर र संवेदनशील भएको हुँदा संसदले छानबिन समिति गठन गर्न माग गरेका छन्।
बिहीबार भरतपुर विमानस्थलमा मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र , धर्म निरपेक्षता र संघीयता लाद्नको निमित्त बाह्य शक्तिको भुमिका पुष्टि हुँदै आएको अध्यक्ष थापाको दाबी थियो।
'राजनीतिक दल र नेताहरु प्रयोग गरेको विषय साधारण होइन, यसबारे अब निराकरण हुनुपर्छ,' उनले थपे, 'जसरी अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसको भुमिका रहेको भन्ने बारे अहिले त्यहाँको संसदले छानबिन गरिरहेको छ, यहाँ पनि छानबिन गर्नुपर्दछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।