• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

एक दशकदेखि निरन्तर दुर्व्यवहार गर्ने चिकित्सक, जसलाई सुनाइयो ३ सय ६० वर्षको जेल सजाय

64x64
नेपाल लाइभ बुधबार, माघ २४, २०७४  ०७:३८
1140x725

मिचिगन– अमेरिकी जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासारलाई थप ४० देखि १ सय २५ वर्षको जेल सजाय सुनाइएको छ। 

पछिल्लो एक दशकमा आफ्नै टोलीका महिला जिम्न्यास्टसँगै अन्य महिला, युवती तथा बालबालिका गरी करिब २ सय ६५ जनालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई १ सय २५ वर्षसम्मको जेल सजाय सुनाइएको हो। 

यसअघि १ सय ५६ जनालाई दुर्व्यवहार गरेको आरोप पुष्टि भएपछि मिचिगनस्थित इन्घाम काउन्टी अदालतकी न्यायाधिश रोजमेरी एक्वेलिनाले ४० देखि १ सय ७५ वर्षसम्मको जेल सजायको फैसला सुनाएकी थिइन्। 

५४ वर्षीय नासार बालबालिकामाथि गरिएका यौन दुर्व्यवहारसँग सम्बन्धित फोटोहरु कम्प्युटरमा संग्रह गरेको आरोपमा हाल ६० वर्ष लामो जेल सजाय भोगिरहेका छन्। 

अहिलेसम्म भएको फैसलालाई आधार मान्ने हो अब नासारले ३ सय ६० वर्षको जेल सजाय भुक्तान गर्नुपर्नेछ।  

बयानका क्रममा सोमबार नासारले माफी माग्दै भने, ‘तपाईंहरुको भनाइको आशय जिन्दगीभर मेरो सोचमा रहनेछ।’

तर इटन काउन्टी अदालतकी न्यायाधीश जानिस कुनिनघमका अनुसार नासारले पेश गरेको पुनरावेदनमा हालसम्म सही चिकित्सकीय उपचार प्रदान गरेको उल्लेख गरेका छन्। 
‘मलाई विश्वास छैन कि तपाईं वास्तवमै आफूले गरेका कार्यहरु गलत थिए भनेर सोच्नुहुन्छ। साथै पीडित तथा उनका परिवारलाई कस्तो असर परिरहेको छ भन्ने बारेमा पनि तपाईंलाई चिन्ता छैन,' फैसला सुनाउँदै न्यायाधीश कुनिनघमले भनिन्, ‘तपाईं स्पष्ट रुपमा इन्कार गर्नुहुन्छ कि तपाईं यी घटनाहरुमा सामेल हुनुहुन्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

यसअघिको फैसलापछि मात्रै ६५ जनामाथि दुर्व्यवहारको पुष्टि भएको तथा ५४ जनाले गतसाता मात्रै अदालतमा उपस्थित भई बयान दिएको अदालतले जनाएको छ। सोमबार फैसला हुनुअघि मुद्दाको सुनुवाइ तीन दिनसम्म चलेको थियो। यस क्रममा थप पीडितहरुको बयानसमेत लिइएको थियो। 

बयानका क्रममा नासारमाथि पीडित र तिनका आफन्तले आक्रमणको प्रयास पनि गरेका थिए।

पीडितहरुले इन्घाम तथा इटन काउन्टी दुवै अदालतमा नासारले आफूहरुलाई कुन हदसम्मको दुर्व्यवहार गरेका थिए भन्ने निकै निर्भिक ढंगबाट बयान दिएका अदालतले जनाएको छ। 

उनीहरुले कतिपय अवस्थामा आफ्ना परिवारका सदस्यले पनि घटनाको बारेमा बताउँदा वास्ता नगरेको तथा बयान दिन पनि नमानेको बताएका थिए। कतिपयले भने धेरै पीडितहरु नासारको विपक्षमा उभिएपछि मात्रै बयान दिन उभिएको दुखेसो पोखे। 

पछिल्लो सुनुवाइका क्रममा एक १७ वर्षीया बालिकाले नासारलाई सैतानको संज्ञा दिएकी थिइन्। 

यसअघि सिमोन बाइल्स, ग्याबी डोग्लाससहित, अलि रइसम्यान तथा जोर्डन वाइबर गरी ४ ओलम्पिक स्वर्ण पदक विजेता खेलाडीहरुले आफूहरु पनि नासारको सिकार भएको बताएका थिए।

सोमबार नासारलाई फैसला सुनाएपछि हतकडी लगाएर बाहिर निकालिँदै गर्दा पहिलो पटक उनीविरुद्ध मुद्दा दायर गर्ने रचेल डेनहोलन्डर निकै खुसी देखिन्थिन्।  

फैसलापछि निकै हर्षित मुद्रामा देखिएकी उनले नजिकै रहेका आफ्ना श्रीमान्‌लाई बलियोसँग अँगालो मारेकी थिइन्। 

नासारलाई जेल लगिएपछि अन्य पीडितहरुले डेनहोलन्डरलाई अँगालो मार्दै धन्यवाद दिएका थिए। 

अमेरिकाको स्पोर्ट्स नेसनल गभर्निङ बडीले नासारलाई आफ्नो टोलीमा १९८० को दशकमा सामेल गराएको थियो। उनी सन् २०१५ को जुलाइसम्म टिममा आबद्ध भए। नासारमाथि आरोप लागेपछि अमेरिकी जिम्न्यास्टिक टोलीका प्रमुख स्टिभ पेनीले सन् २०१६ मा राजीनामा दिइसकेका छन्।

एक साताअघि मात्रै अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने घोषणा गरेका थिए। ल्यारी नासार यौन दुर्व्यवहार प्रकरणलाई सही ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटीले कारबाही गर्ने तयारी गरेपछि राजीनामा गर्ने निर्णयमा उनीहरु पुगेका थिए। 

जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक नासारलाई किशोरी खेलाडीलाई यौन दुर्व्यवहार गरेकोमा ४० देखि १७५ वर्षको सजाय सुनाइएपछि अमेरिकी ओलिम्पिक कमिटीले बोर्डका पदाधिकारीलाई राजीनामा दिन अल्टिमेटम दिएको थियो।

प्रकाशित मिति: बुधबार, माघ २४, २०७४  ०७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्