काठमाडौँ – महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले ‘हरेक दिन एक नयाँ काम’ अभियान शुरु गरेको छ।
प्रभागले प्रहरीले गर्दै आएको दैनिक कामलाई निरन्तरता दिँदै प्रत्येक दिन एक नयाँ काम गर्ने अभियान चलाएको प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।
प्रहरीले बसपार्क वरपरको सरसफाइ, प्रभाग वरपर गमलामा पुष्परोपण, पैदलमार्ग र आकाशेपुलमा रहेका पसल हटाउने, प्रहरी सचेतनासम्बन्धी माइकिङ गर्नेलगायत काम गर्दै आएको छ।
उनले बसपार्क क्षेत्रलाई पूर्ण शान्ति सुरक्षा प्रदान गर्न दैनिक एक एक नयाँ कार्यक्रम सञ्चालन गरिने बताए। माघ महिनाको शुरुआतदेखि सञ्चालन भएको उक्त अभियानलाई निरन्तरता दिइने प्रभागले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।