• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सवारी प्रदूषण मापदण्ड स्तरोन्नतिमा व्यवसायी तात्दा सरकार मौन, २०७२ मै लागू हुनुपर्ने मापदण्ड अझै अनिश्चित

64x64
नेपाल लाइभ बिहीबार, भदौ २६, २०७६  ०८:३०
1140x725

काठमाडौं- चालू आर्थिक वर्षको सुरुवातदेखि नै सावरीसाधनको प्रदूषण मापदण्ड स्तरोन्नति गर्ने बताएको सरकारले हालसम्म लागू गर्न सकेको छैन। वायु प्रदूषणमा सवारीसाधन सबैभन्दा धेरै जिम्मेवार रहेको विभिन्न अध्ययनले निष्कर्ष निकालेको भए पनि यसमा सरकार भने मौन देखिएको छ।

व्यवसायीहरुले सरकारले 'नेपाल सवारी प्रदूषण मापदण्ड २०६९' स्तरोन्नति गरे आफूहरु कार्यान्वयन गर्न तयार रहेको बताएका छन्। तर, धेरै छलफल गरी मापदण्ड तयार गरिसकेको भए पनि वातावरण मन्त्रायलले त्यसलाई थन्क्याएर राखेको छ।

नाडा अटो शोको उद्घाटनका क्रममा नाडा अटोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले सरकारले नयाँ प्रदूषण मापदण्ड कार्यान्वयन गरे व्यवसायीहरु तयारी अवस्थामा रहेका बताएका थिए। तर, सरकारले भने यस विषयमा मुख खोलेको छैन।

सवारीसाधनको प्रदूषण मापदण्ड युरोपेली मुलुकले विकास गरेकाले युरो वान, टू लगायतमा मापन गरिन्छ, जुन विश्वभर मान्य हुने गरेको छ। यद्यपि विभिन्न देशहरुले यही मापदण्ड सरह हुने गरी आफ्नै मापदण्डसमेत बनाएका छन्। २०५६ देखि नेपालमा आयात हुने सवारीमा प्रदूषण मापदण्ड युरो वान लागू भएको थियो भने २०६९ देखि युरो वानबाट सिधै 'नेपाल प्रदूषण मापदण्ड २०६९' (युरो थ्री) लागू गरिएको थियो।

प्रदूषण मापदण्ड लागू गर्दा व्यवसायी र सरकारबीच २०७२ सम्ममा मापदण्ड स्तरोन्नति गर्ने लिखित सहमति भएको थियो। तर, हालसम्म पनि मापदण्ड परिवर्तन हुन सकेको छैन। व्यवसायीसँग छलफल गरी मापदण्डलाई यातायात व्यवस्था विभागलगायत निकायले अन्तिम रुप दिइसकेको भए पनि वातावरण मन्त्रालयले भने यसबारे चासो दिएको छैन।

यातायात व्यवस्था विभाग वैज्ञानिक आधार सहितको मापदण्ड बनाउने योजनामा रहेको विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन्। ‘यो वर्ष हामीलाई केही वैज्ञानिक आधार सहितको प्रदूषण मापदण्ड बनाउने गरी बजेट प्राप्त भएको छ,’ उनले भने, ‘अब अझै प्रभावकारी मापदण्ड बनाएर कार्यान्वयन गर्ने पक्षमा विभाग रहेको छ।’ 

भारत सरकारले सन् २०१७ को अप्रिल १ देखि सबै प्रकारका सवारीमा 'बिएस-४' (भारत स्ट्यान्डर्ड–४) कार्यान्वयनमा ल्याइसकेको छ। बिएस-४ युरो-४ सरह हो। भारतले सन् २००० देखि नै युरो स्ट्यान्डर्डको आफ्नै मापदण्ड लागू गरेको थियो। सन् २०१० देखि भने भारतका मुख्य १३ सहरमा बिएस-४ लागू भएको थियो।

सवारीसाधनले प्रदूषण बढाएपछि भारतको सर्वोच्च अदालतले देशभर बिएस-४ स्ट्यान्डर्डको सवारीमात्र दर्ता गर्ने व्यवस्था मिलाउन आदेश दिएको थियो। त्यहीअनुरूप भारतमा सन् २०१७ अप्रिल १ देखि बिएस-४ मापदण्डका सवारीमात्र दर्ता गर्न पाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालसँग सवारी प्रदूषण स्तर जाँच्ने आफ्नो मापदण्ड छैन। नेपालले युरो स्ट्यान्डर्डलाई नै मान्यता दिँदै आएको छ। नेपालमा आयात हुने पेट्रोलियम पदार्थ करिब दुई वर्ष अघिदेखि नै युरो-४ स्तरको भए पनि सवारीसाधन भने युरो-३ स्तरका नै भित्रिरहेका छन्।

भारतमा सवारी उत्पादक कम्पनीहरूसँग धेरै सवारी स्टक हुँदा पनि त्यहाँको सर्वोच्च अदालतले सवारी उत्पादक कम्पनीको नाफाभन्दा आम मानिसको स्वास्थ्य महत्वपूर्ण हुने भन्दै बिएस-४ लागू गर्न आदेश दिएको थियो। तर, नेपालमा व्यापारिक स्वार्थ बढी हाबी हुँदा युरो-४ लागू हुन नसकेको हो। भारतीय सवारी उत्पादक कम्पनीहरूले भारतमा बिएस-थ्री सवारी दर्ता गर्न नपाएपछि नेपाललगायत बंगालादेश, श्रीलंकालगायतका मुलुकमा युरो-४ लागू गर्नबाट रोक्न व्यावसायिक 'लबिङ' गरिरहेको व्यवसायीहरू नै स्वीकार्छन्।

युरो स्ट्यान्डर्ड जति माथि गयो सवारीले गर्ने प्रदूषण त्यति नै कम हुन्छ। डिजेल/पेट्रोलबाट चल्ने सवारीबाट कार्वनमोनोअक्साइड, हाइड्रोकार्बनजस्ता हानिकारक धुवाँ निस्कन्छ। यसले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ। युरो-३ बाट युरो-४ मा जाँदा यसरी निस्कने हानिकारक तत्व निक्कै कम हुन्छ।

युरो-३ बाट युरो-४ मा स्तरोन्नति हुँदा प्रदूषणको मात्रा ज्यादै कम हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिडिई गोविन्दप्रसाद खरेलले बताए। ‘युरो-३ इन्जिनयुक्त सवारीले गर्ने प्रदूषणभन्दा युरो-४ इन्जिनयुक्त सवारीले गर्ने प्रदूषण केही गुणा कम हुन्छ,’ उनले भने, ‘त्यसैले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा कार्यान्वयनमा ढिलो गर्नु हुँदैन।’

Xtrem

Xtrem

युरोपेली लगायत विकसित मुलुकहरूमा युरो-६ मापदण्डसमेत लागू भइसकेका छन्। त्यस्तै भारतले २०२० अप्रिलदेखि बिएस-६ नै कार्यान्वयन गर्ने घोषणा गरिसकेको छ।

नेपालमा युरो-४ स्तरको कानुन बनिसकेको भए पनि त्यो कार्यान्वयनमा नेतृत्वले अग्रसरता नदेखाएको वातावरण मन्त्रालयका अधिकारी बताउँछन्। ‘नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ लाई परिमार्जन गरी २०७४ मै नयाँ मपदन्ड बनाइसकिएको थियो,’ ती अधिकारीले भने, ‘तर, व्यावसायिक प्रेसर, नयाँ मन्त्रीको आगमनलगायतले हालसम्म कार्यान्वनमा आउन सकेको छैन। यो दुःखद कुरा हो।’

आर्थिक वर्ष २०७३/०७४ मा मात्र नेपालमा ४ लाख ४४ हजार २ सय ५९ सवारीसाधन दर्ता भएका थिए। नेपालमा आउन मोटरसाइकल तथा प्यासेन्जर कार युरो-४ सरह नै भए पनि बस, ट्रकलगायत ठूला सवारी भने युरो-३ सरहको आइरहेको छ। यस्ता सवारीले गर्ने प्रदूषण पनि उल्लेख्य रुपमा बढिरहेको छ। यसको नियन्त्रणका लागि सरकारले प्रदूषण मापदण्ड स्तरोन्नति गर्न ढिलाइ गर्न नहुने सरोकारवालाहरूको भनाइ छ। (तस्बिर- टिएचटी)

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी?
लोककल्याणकारी विज्ञापनको विवादमा प्रेस काउन्सिल र पत्रकार महासंघबीच तनाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको विवादमा प्रेस काउन्सिल र पत्रकार महासंघबीच तनाव मंगलबार, असोज १३, २०८३
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक मंगलबार, असोज १३, २०८३
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप, विवाहपञ्चमी प्रभावित हुने चिन्ता मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्