• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डेंगु नियन्त्रणमा स्वास्थ्य मन्त्रालयकै बेवास्ता, तालिमप्राप्त जनशक्ति फाजिलमा [भिडियोसहित]

‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ इपिडिमियोलोजी महाशाखा
64x64
नेपाल लाइभ मंगलबार, भदौ २४, २०७६  २०:२१
1140x725

काठमाडौं- देशभर डेंगुको महामारी फैलिएको छ। प्रि-मनसुनमा नै प्रकोपको रूप लिएको डेंगु अहिले देशभरका ५६ जिल्लामा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखापरेको छ।

नियन्त्रणका लागि बेलैमा प्रभावकारी कदम नचालेको र महामारी रोक्न स्वास्थ्य मन्त्रालय चुकेको भन्दै सर्वत्र आलोचना सुरु भएको छ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएअनुसार साउनयता करिब ४ हजार व्यक्तिमा डेंगुको संक्रमण भएको छ।

हालसम्म डेंगुबाट ६ जनाको मृत्यु भइसकेको छ। यद्यपि महाशाखाले २ जनाको मृत्यु डेंगुकै कारणले भएको भन्ने पृष्टि नभएको दावी गरेको छ।

बिरामीले भरियो सरुवा रोग अस्पताल


टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल आजकल बिहानैदेखि बिरामी र उनका आफन्तले भरिन्छ। 

काठमाडौं तारकेश्वर नगरपालिकाबाट उपचारका लागि आएका एक बिरामी बिहान ६ बजेदेखि लाइन बसिरहेका थिए। हामीले उनलाई भेट्दा ११ बजिसकेको थियो। उनी लाइनमै थिए। केही दिनअघि ज्वरो आएपछि उनले नजिकैको औषधि पसलमा उपचार गराई औषधि खाएको सुनाए।

‘मेडिकलबाट औषधि किनेर खाएँ। दुई दिन सन्चो भएजस्तो भएको थियो। फेरि ज्वरो आउन थाल्यो। डेंगुको यस्तो डर छ, त्यसै भएर यहाँ उपचार गराउन आएको हुँ,’ उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा वासुदेव पाण्डे पछिल्लो १५ दिनयता अस्पतालमा डेंगुको उपचार गराउनेको भीड लागेको बताउँछन्।

अस्पतालमा भीड बढेपछि अस्पतालले स्वास्थ्य सेवा विभागसँग अनुरोध गरी करिब ३५ जना चिकित्सकलाई उपचारका लागि खटाएको छ।

अस्पतालभित्र ठाउँ नभएपछि बाहिर ग्यारेज क्षेत्रमा समेत क्लिनिक सञ्चालन गरिएको छ।

निर्देशक पाण्डे भन्छन्, ‘चिकित्सक त पर्याप्त हुनुहुन्छ तर हामीलाई समस्या ल्याबमा छ। ल्याबमा जनशक्ति निकै कम छ। परीक्षण गर्ने उपकरण पनि एउटै भएकाले रिर्पोट आउन समय लाग्छ। सेवाग्राहीमा सेवा ढिलो भएको भन्दै आक्रोसमा उत्रिनुहुन्छ।’

डेंगुमै पिएचडी गरेका डा पाण्डे हल्ला भएजस्तो आत्तिनुपर्ने अवस्था नभएको बताउँछन्। धेरै जना शंकाकै भरमा अस्पताल आएको उनको भनाइ छ। यद्यपि अस्पतालमा आई जाँच गराएकामध्ये ७० प्रतिशतमा डेंगु पोजेटिभ देखिएको छ।

ज्वरो आएको र जिउ दुखेको छ भने आत्तिएर चिकित्सकलाई देखाउनु नपर्ने उनको भनाइ छ। 

‘ज्वरो आउँदा सिटामोलबाहेक अन्य कुनै पनि औषधि किनेर नखानु होला, घरमै आराम गर्ने, प्रशस्त झोल कुरा खाने गर्दा निको हुन्छ। समस्या बढी भयो भने मात्र अस्पताल आउनुहोस्। तर अन्य औषधि खाँदै नखानुहोला।’

उनका अनुसार अस्पतालमा २३ जना बिरामीले भर्ना भई उपचार गराइरहेका छन्।  अस्पतालमै उपचारमा खटिएका २ चिकित्सकसहित अन्य ९ कर्मचारीलाई पनि डेंगु संक्रमण भएको अस्पतालको भनाइ छ।

हरेक वर्ष बढ्दो डेंगुको प्रकोप
डेंगु संक्रमितको पछिल्लो साढे एक दशकको तथ्यांक हेर्ने हो भने हरेक वर्ष प्रकोप बढिरहेको छ।

इडिसिडीको तथ्यांक अनुसार आर्थिक वर्ष २०६०/६१ मा एक जनामा मात्र डेंगु संक्रमण भेटिएको थियो।

आर्थिक वर्ष २०६६/६७ मा डेंगु संक्रमण हुने व्यक्तिको  संख्या ९१५ पुग्यो। यो वर्ष पाँच जना डेंगु संक्रमितले ज्यान गुमाएका थिए। आव २०७÷७३ मा एक हजार ५२९ र २०७५ र ७६ मा तीन हजार ४२५ जनामा संक्रमण भएको इडिसिडीको तंथ्याक छ।

इडिसिडीका भेक्टर कन्ट्रोल निरीक्षक उत्तम प्याकुरेल प्रत्येक तीन वर्षको अन्तरमा डेंगुको प्रकोप देखिंदै आएको बताउँछन्। तर, सरकारले बढ्दो जोखिम अनुसारको पूर्वतयारी नगर्दा हरेक वर्ष समस्या भयावह बन्दै गएको छ। 

प्याकुरेलका अनुसार एडिस एजेप्टाई र एई अल्बोपिक्टस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु भाइरसको संक्रमण हुन्छ। 

सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि विकास हुन्छ। यो समय डेंगुको लामखुट्टेको वृद्धि विकासका लागि उपयुक्त समय भएको उनको भनाइ छ।

डेंगुको भाइरस फैलाउने लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ। प्याकुरेल वर्षा उपयुक्त तापक्रम र ह्युमिडिटी भएकाले डेंगुको प्रकोप बढ्न मद्दत गरेको बताउँछन्।

डेंगु नियन्त्रणमा चुक्यो स्वास्थ्य मन्त्रालय, फाजिलमा जनशक्ति
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो गल्ती नै कर्मचारी समयोजन र स्वास्थ्य मन्त्रालयको सांगठनिक संरचना बनाउँदा गरेको सरोकारवालाको आरोप छ।

साउन र भदौमा डे‌ंगु प्रमाणित भएकाको संख्या


नेपालमा किटजन्य रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै किटजन्य रोग नियन्त्रणमा काम गर्ने जनशक्ति बढाउनुपर्ने आवश्यकता छ। तर, स्वास्थ्य मन्त्रालयले दरबन्दी समयोजन गर्ने नाममा भएका सीमित भेक्टर कन्ट्रोल निरीक्षक, सहायकको दरबन्दी नै हटायो।

सीमित दरबन्दीका जनशक्तिलाई पनि जगेडामा राखेर जनस्वास्थ्यमै खेलवाड गरेको छ। मन्त्रालयले जनस्वास्थ्यका ८ जना सुपरिवेक्षकबाट घटाएर ३ जनामा सीमित गरेको छ। औलो निरीक्षक ३५ बाहेक अन्य फाजिलमा छन्।  

स्वास्थ्य मन्त्रालय अन्तर्गत भेक्टर कन्ट्रोल सहायकदेखि अधिकृतसम्म ३५ जना ४० जिल्लामा मात्र छन्। तर यी सबै कर्मचारी फाजिलमा छन्। किटजन्य रोगको नियन्त्रणमा काम गर्ने जिम्मवारी पाएका कर्मचारी नै फाजिलमा परेकाले रोग नियन्त्रणमा समस्या भएको हो। 

स्वास्थ्यखबरसँग कुरा गर्दै एक भेक्टर कन्ट्रोल निरीक्षकले भने, ‘सरकारले राष्ट्रिय–अन्तर्राष्ट्रिय तालिम दिलाएर सीमित जनशक्ति उत्पादन गरेको थियो। तर उनीहरूलाई कामबिहीन बनाएर राखेको छ। त्यसैले पनि तीन महिनादेखि महामारीको रूपमा फैलिएको डेंगु नियन्त्रणमा आउन नसकेको हो।’

उनले यसरी दरबन्दी कटौती हुनुमा नीतिनिर्माण गर्ने ठाउँमा किटजन्य रोगबारे बुझेको, यो समयमा काम गर्ने जनशक्तिबारे जानकार भएको व्यक्ति नभएकोले पनि समस्या आएको बताए। 

किटजन्य रोग विशेषज्ञ केन्द्रमा २ र क्षेत्रगत ५ जना गरी जम्मा सात जना दरबन्दी काटिएको छ। डेंगुको महामारी फैलदासमेत मन्त्रालयले जगेडामा रहेका कर्मचारीलाई परिचालन गर्न चासो देखाएको छैन। बरु स्वास्थ्य मन्त्रालय एक्लैले डेंगु नियन्त्रण गर्न नसक्ने भन्दै पत्रकार सम्मेलन गरी हात उठाएको छ।

मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘डेंगु नियन्त्रणका लागि अहिलेसम्म रणनीति र योजनातिर नसोच्नुले गैरजिम्मेवारीपन देखाउँछ। हामी आत्तिएर हुँदैन। माथिल्लो तह नतातेसम्म केही हुँदैन।’

‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ इपिडिमियोलोजी महाशाखा
महामारी र किटजन्य रोगको नियन्त्रण गर्ने जिम्मेवारी पाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा भने यतिबेला औलो रोग नियन्त्रण कार्यशाला, आत्महत्या रोकथाम लगायतका कार्यशाला, पत्रकार सम्मेलनका काममा व्यस्त छ।

महाशाखामा जाँदा सबै यस्तैयस्तै कार्यशालाका लागि बाहिर गएको जवाफ दिइन्छ। अन्य शीर्षकमा राखिएको बजेट भ्याउन भ्याइनभ्याई छ यो समयमा।

‘काम कुरो एकातिर कुम्लो बोकि ठिमीतिर’ भन्ने उखानझैँ यो समय इडिसिडीको कार्यशैली देखिएको छ।

‘अहिले हामीले केही गर्न सक्दैनौँ। यसको शीर्षकको बजेट सबै प्रदेश र स्थानीय तहमा गएको छ,’ इडिसिडीका जिम्मेवार व्यक्ति भन्छन्।

तर, स्वास्थ्य मन्त्रालय अन्र्तगतका स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरिएपछि यस्ता जनस्वास्थ्य समस्या पर्ने जटिल समयमा महाशाखा हात बाँधेर बसेको स्थिति छ।

बजेट र काम सबै स्थानीय तहमा गएको छ भनेर महामारीको भयावह स्थितिबाट भाग्न खोज्नुले पनि स्वास्थ्य मन्त्रालयको कमजोर नेतृत्वबारे दर्शाउँछ।

‘हामी डेंगु नियन्त्रणमा गम्भीर छौँ पनि भन्ने, त्यसका लागि सिन्को पनि नभाँच्ने शैली देखियो,’ स्वास्थ्य मन्त्रालयका एक कर्मचारी भन्छन्।

मन्त्रालयले पनि डेंगु नियन्त्रणका नाममा कार्यशाला, गोष्ठी जस्ता कार्यक्रमका लागि सीमित मात्रामा बजेट छुट्याउँदै आएको छ। 

इडिसिडीले चालू आर्थिक वर्षमा डेंगु नियन्त्रणका लागि स्थानीय तहलाई कूल रु.६ करोड बजेट विनियोजन गरेको छ।

त्यो बजेट कसरी, कहाँ खर्च गर्ने, यस्ता समस्या आउँदा कसरी सामना गर्ने भन्नेतर्फ संघीय सरकारले प्रदेश र स्थानीय तहसँग समन्वयकारी भूमिका खेल्न सकेन।

तर, भएका सीमित जनशक्तिलाई कसरी उपयोग गर्ने भन्नेतिर मन्त्री वा अन्य मन्त्रालयका जिम्मेवार महाशाखा प्रमुख कसैले पनि आवाज उठाएका छैनन्।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन भरतपुर पुगे
रास्वपाको महाधिवेशनमा गगन थापा जाने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, असार ७, २०८३
रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन भरतपुर पुगे आइतबार, असार ७, २०८३
रास्वपाको महाधिवेशनमा गगन थापा जाने आइतबार, असार ७, २०८३
ब्राउन सुगरसहित बाँकेबाट एक जना पक्राउ आइतबार, असार ७, २०८३
रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
संस्थापक सबै सदस्यलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने रास्वपाको निर्णय आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्