काठमाडौं- विश्वकप फुटबल छनोटको दोस्रो चरण चाइनिज ताइपेइसँग खेलिरहेको नेपालका लागि अन्जन बिस्टले खेलको तेस्रो मिनेटमा नै गोल गरेर अग्रता दिलाएका छन्।
ताइपेइ एथ्लेटिक स्टेडियममा ४–५–१ को फर्मेसनमा मैदान उत्रिएको नेपालले सुरुवाती अग्रता बनाएको हो।
छनोटको पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपाल ताइपेइसँग सम्मानजनक नतिजाको खोजिमा छ। ताइपेइ पनि पहिलो खेलमा जोर्डनसँग २–१ ले पराजित भएको थियो।
फिफा वरियतामा नेपाल १६६ औँ स्थानमा छ भने चाइनिज ताइपेइ १२५ औँ स्थानमा छ। यसअघि नेपालले ताइपेइसँग खेलेको एकमात्र मैत्रीपूर्ण खेल बराबरीमा टुंगिएको थियो। गएको जेठमा भएको मैत्रीपूर्ण खेलमा नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए।
कुवेतसँगको लज्जास्पद हारपछि आफूहरु सम्हालिएर खेल्ने योजनामा रहेको नेपाली टिमका प्रशिक्षक योहान कालिनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।