वीरगंज– आफ्नै घरमा आगो ताप्ने क्रममा सारीमा आगो सल्कदा एक महिलाको मृत्यु भएको छ। सोमबार जलेर गम्भीर घाइते भएकी बीरगंज महानगरपालिका–६ आदर्शनगर बस्ने ६५ बर्षीया मालती देवीको उपचारको लागि नेशनल मेडिकल कलेज पठाइएकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ।
आगो ताप्ने क्रममा सारीमा आगो सल्किएको र निभाउन खोज्दाखोज्दै उनको जीउ जलेको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।